२०८१ वैशाख १२ गते | 24th of April 2024

एक भोट सत्यताका लागी : एनआरएनए सदस्य पदका उम्मेद्वार सत्य चौधरी

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत २३ गते १२:२५

शिकागो – गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदमा सत्य नारायण चौधरीले उम्मेदवारी घोषणा गरेका छन् । अमेरिकाको इलिनोई राज्य कमिटीको बर्तमान च्याप्टर अध्यक्ष रहेका चौधरीले २०१९–२०२१ का लागि संघको बोर्ड अफ डाइरेक्टरमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

बिगत ४ वर्षदेखि इलिनोइ च्याप्टरमा महत्वपूर्ण योगदान गर्दै आएका चौधरीको समितिले गैरआवासीय नेपालीका लागि दुई दर्जन भन्दा बढी काम गर्दै आएको बताउंछन, चौधरी । उनले एनआरएनएको बोर्ड अफ डाइरेक्टर रहेर नेपालीका लागि अझ सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् । निर्वाचनका बेला उम्मेदवारले घोषणापत्रमा उल्लेख गरेका कुरामा भन्दा पनि उसले नेपाली समाजका लागि विगतमा गरेका कामहरुको मूल्यांकन गर्नुपर्ने बताउने चौधरीले संस्थाको सुदृढिकरणका लागि च्याप्टरहरुलाई सशक्त बनाउने बताउंछन ।

अमेरिकीका प्रतिष्ठित विश्वविद्यालयबाट तीनवटा विषयमा मास्टर्स डिग्री गरेका चौधरी हाल विश्वविख्यात नर्थ वेस्टर्न विश्वविद्यालयको फाइन्वर्ग स्कूल अफ मेडिसिनमा क्लिनिकल रिर्सच एसोसिएटको रुपमा कार्यरत छन् । चौधरीले हेल्थकेयर म्यानेजमेन्ट एवं लिडरसिप विषयमा विद्यावारिधी गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *