२०८१ वैशाख १४ गते | 26th of April 2024

एनआरएन अमेरिकाको निर्वाचन मे १८ र १९ तारिख

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत २५ गते ११:४१

न्यूयोर्क – उम्मेद्वारी घोषणा र उम्मेद्वारहरुका आन्तरिक प्रचारले तिब्रता पाईरहेको एनआरएन अमेरिकाको निर्वाचन मितिको घोषणा भएको छ । आगामी मे १८ र १९ मा अनलाईन मार्फत एनआरएनएको निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । आयोगद्दारा प्रकाशित कार्यतालिका अनुसार आगामी नेतृत्व चयनका लागि मतदाताहरूले अमेरिकी पूर्वीसमयअनुसार मे १८ विहान ८ बजेदेखि मे १९ राति ११ बजेर ५९ मिनेटका बिचमा आफ्नो सुविधाअनुसार अनलाइन भोटिङ गर्न सक्नेछन् ।

निर्वाचन आयोगले अप्रिल ७ मा मतदाता नामावली सार्वजनिक गर्दै निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । प्रकाशित कार्यक्रमअनुसार अप्रिल १३ मा मतदाताको अन्तिम नामावली प्रकाशित गरिने छ भने अप्रिल १४ मा उम्मेद्वारी दर्ता । अप्रिल २३ मा उम्मेद्वारको पहिलो नामावली प्रकाशित गरिने छ भने त्यसपछि दावी बिरोध लगायतका प्रक्रिया पूरा गरेर मे ७ मा उम्मेद्वार को अन्तिम नामावली प्रकाशित गरिने छ। यसैगरी मे २१ मा निर्वाचन परिणाम घोषणा गरिनेछ भने जुलाई ७ मा नयाँ कार्यसमितिको सपथग्रहण तथा पदभार हस्तान्तरण हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *