1

आध्यात्मिक भाव जगाउन गीताज्ञान महाअनुष्ठानको तयारी

80 पटक पढिएको

काठमाडौँ – आगामी वैशाख २३ गतेबाट काठमाडौंको सीतापाइलामा ऐतिहासिक गीताज्ञान महाअनुष्ठान हुने भएको छ । नारायण आध्यात्मिक केन्द्रको निर्माणाधिन कार्य सम्पन्न गर्न तथा मानिसहरुलाई गीताको तार्किक, व्यवहारिक, वैज्ञानिक तथा समसामयिक व्याख्या गरी सवैलाई आध्यात्मिक भाव जगाउन अनुष्ठान सहयोगी हुने आयोजकको अपेक्षा छ । अनुष्ठानमा दैनिक वेदपाठ, रुद्राभिषेक, श्रीमद्भागवत पाठपारायण,तुलादान, भुमिदान,ब्रतवन्ध,विवाह, चौरासी पुजा ग्रहशान्ति,लक्ष्यदीप प्रज्ज्वलन,हवन,१००८ शालिग्राम पुजा तथा परिक्रमा हुनेछन् ।

महानुष्ठानको दैनिक कार्यतालिकामा योगसाधाना मण्डव पुजन, श्रीमद्भागवत् तथा गीता पाठपारायण, दाता सम्मान, विशिष्ट व्यक्तिहरुद्धारा शुभेच्छा प्रकटलगायतका लगायतका कार्यक्रम हुनेछन् । त्यस्तै महाअनुष्ठानको पूर्णहुती बैशाख ३० र कृतज्ञाता ज्ञापन बैशाख ३१ गने हुनेछ । महाअनुष्ठान मुल समारोह समितिका अध्यक्ष जयराम लामिछानेले बैशाख २३ देखि ३० गतेसम्म हुने अनुष्ठानका लागि भव्य तयारी भइरहेको बताए । उनले आध्यात्मिक भाव जगाउन तथा सकारात्मक सोचको उजागर गर्न अनुष्ठान आयोजना गर्न लागिएको जानकारी दिए ।

Image result for dinbandhu pokhrel

त्यस्तै उनले महाअनुष्ठानले ऐतिहासिक बद्रीनारायण धामसहित नारायण आध्यात्मिक केन्द्रको विश्वव्यापी प्रचार गरी नेपाललाई आध्यात्मिक केन्द्रको रुपमा विकास गर्न टेवा पुग्ने तथा आध्यात्मिक तथा धार्मिक पर्यटनको नाममा विदेशीने अर्बौको स्वदेशी धनराशीलाई स्वदेशमै परिचालन तथा प्रयोग गर्न राष्ट्रव्यापी जागरण पैदा गर्न महाअनुष्ठान सहयोगी बन्नसक्ने बताए ।

नारायण पोखरेल प्रतिष्ठान नागार्जुन– ७ रामकोटको आयोजनामा हुने अनुष्ठानमा वाचनप्रविण पण्डित दीनबन्धु पोखरेलले श्रीमद्भागवत गीताको बैज्ञानिक र व्यवहारिक पक्षको सव्याख्या गर्नेछन् । अनुष्ठान भव्य रुपमा सम्पन्न गर्न विभिन्न समिति र उपसमितिहरु गठन गरिएको र उनीहरुले आ–आफ्नो जिम्मेवारीअनुसार काम तीव्र रुपमा गरिएको आयोजकले जनाएको छ । अनुष्ठानमा रकम प्रदान गर्ने दातालाई दानवीर, विशिष्ट दानवीर, महादानवीर र परमदानवीर पदकबाट विभुषित गरिनेछ, रातोपाटीमा समाचार छ ।

तपाईको प्रतिक्रिया

लस एन्जलस - चौथो नेपालीज अमेरिकन कन्भेन्सन लस एन्जलसमा हुन गैरहेको छ । आगामी जुलाई ५ - ७.. ...

हेटौंडा -  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेवा राज्य बनाउँछु भन्नेहरुले नै अहिले गुठी.. ...

काठमाडौं -  नेपाल निर्माण व्यवसायी महासंघले सरकारद्धारा जारी सार्वजनिक खरिद (सातौं संशोधन).. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...