२०८१ वैशाख १३ गते | 25th of April 2024

एनआरएनए न्यूयोर्क च्याप्टरको अध्यक्षमा अधिकारीद्दारा दोस्रो कार्यकालका लागि पून: उम्मेद्वारी

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत २७ गते १६:५६

न्यूयोर्क – काम गरेको जस पाएका एनआरएन अमेरिका न्यूयोर्क च्याप्टरका वर्तमान अध्यक्ष रामहरी अधिकारीले दोस्रो कार्यकालका लागि पून: च्याप्टर अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन । एनआरएन अमेरिकाको सबैभन्दा ठुलो च्याप्टर तथा कहिल्यै नसुत्ने विश्वकै ब्यस्त शहर न्यूयोर्कमा नसुती-नसुती संस्था र सामुदायिक सदस्यका हितमा काम गरेका अधिकारी एनआरएनको जांगरिला अभियान्तामा पर्दछन ।

एनआरएन केन्द्रका कार्यक्रमहरु, रक्तदान, न्यूयोर्कस्थित अमेरिकी संस्था र स्थानिय सरकारसंगको सम्बन्ध, बहु-चर्चित दोहोरो नागरिकता, टिपिएस, नेपाल परेड, माउन्ट एभरेस्ट वे एवम सामाजिक सरोकारका बिभिन्न क्षेत्रहरुमा अग्रणी भूमिका खेलेका अधिकारीले धेरै बुँदाका घोषणा पत्रमा भन्दा काममा विश्वास गर्ने भएकाले, निरन्तर सामुदायिक हितका काम गरेरै आगामी दिनमा समेत नेपाली समुदायको बृहत्तर हितका लागि काम गरेर प्रमाणित गर्नेछु गर्ने प्रण गरेका छन ।

अधिकारीको अपिल :

आदरणीय अमेरिकावासी सम्पूर्ण नेपालीहरुमा हार्दिक नमस्कार,

गैरआवासीय नेपाली संघ प्रवासमा रहेका नेपालीहरुको एक साझा फूलबारीका रुपमा स्थापित संस्था हो । अग्रज, समकक्षी, दाजुभाइ तथा दिदी वहिनीहरूको सामूहिक एवं निरन्तर प्रयासले यस संस्थालाई हामी सबैको साझा संस्थाका रुपमा स्थापित गर्न सक्षम भएका छौं भने यसलाई संस्थागत विकास गरी प्रवासमा रहनुहुने सवै नेपालीहरू अटाउन सक्ने सबल र सुदृढ़ संस्था बनाउने दायित्व पनि हामीमा आएको छ। संस्थाको निर्दिष्ट उद्देश्य र लक्ष्य प्राप्तिका लागि तपाई हाम्रो प्रयास निरन्तर जारी रहनु पर्दछ भन्ने कुरामा दुईमत हुन सक्दैन ।

व्यक्तिगत रुपमा मैले यस संस्थासंग हाल सम्म जोडिएर गरेका गतिविधि र यस संस्थाको गरिमालाई उचाईमा पुराउन खेलेको भूमिकाको मुल्याङकन यहाँहरुबाट हुने नै छ भन्ने मेरो विश्वास रहेको छ ।

अहिले हामी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचनको संघारमा छौं । २०१५-२०१७ कालमा म च्याप्टरको सचिवको रूपमा रहेर न्यूयोर्क च्याप्टरलाई संगठनात्मक रूपमा सबल बनाउन यत्नपूर्वक रहें भने २०१७- २०१९ को कार्यकालमा संस्थालाई गतिशील र प्रभावकारी तुल्याउने कार्यमा केन्द्रित रहेको कुरा यहाँहरूलाई स्मरण गराउन चाहन्छु । प्रस्तावित कार्यनीतिमा साथ दिनुहुने विशेषत कार्यसमितिका साथीहरू धन्यवादका पात्र हुनुहुन्छ ।

प्रवासमा नेपाली पहिचान जीवन्त राख्ने क्रममा बिभिन्न कार्यक्रमहरू यहाँहरू सवैको सहयोगमा सम्पन्न गर्न पाएकोमा गौरवान्वित महसुस गरेको छु भने यहाँहरूकै हौसला र प्रेरणाले एनआरएन न्युयोर्क च्याप्टरलाई साधन, स्रोत र विभिन्न सम्भावनाका खोज र कार्यान्वयन गर्ने सन्दर्भमा एनआरएन एनसीसीको छाता भित्र नै रहेर न्युयोर्क राज्य अन्तर्गत यस संस्थालाई दर्ता गराउने काम न्युयोर्क चाप्टरबाट नै शुरूवात भएको छ। जसलाई अन्य राज्यहरूले पनि अनुकरणीय कार्यको रूपमा लिएको पाइन्छ । सम्पादित कार्य र मेरो दुवै कार्यकालमा सहयोग पुर्याउनु हुने प्रवासमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरू, सामाजिक अभियन्ता, बुद्दीजिवी, पत्रकार, कानूनविद, व्यवसायी सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्दै भविष्यमा पनि यहाँहरूको साथ र सहयोग पाउने विश्वास लिएको छु।

आदरणीय दाजुभाइ तथा दिदीवहिनीहरू,
सामाजिक यात्राको क्रममा यहाँहरूबाट प्रदान भएको सहयोग र हौसला नै मेरो उम्मेदवारीका कारण हुन्। यहाँहरूको अभिभावकत्वमा सामाजिक काममा भएको सफलताले अझ बढी कर्तव्यबोध भएको छ। सामाजिक कार्यक्षेत्र स्वयंमा नै पाठशाला भएको महसुस गरेको छु। सामाजिक कार्य सम्पादनको क्रममा विविध प्राविधिक कठिनाईका कारण जानी वा नजानी मेरो व्यक्तिगत तर्फबाट केही त्रुटी भएको रहेछ भने क्षमायाचना गर्दै सही सुझाव र मार्गदर्शन गरिदिनुहुनेछ भन्ने पनि विश्वास लिएको छु ।

एनआरएनएको वृहत्तर छाताभित्र एनआरएन एनसीसीको इकाई च्याप्टर हो भने, एनआरएनएको निर्दिष्ट उद्देश्य प्राप्तिका लागि कार्यान्वयन गर्ने निर्विकल्प आधार भनेको पनि च्याप्टर नै हो भन्ने मेरो अटल विश्वास रहेको छ। एनआरएनए नेपाली मात्रको साझा संस्था भएकाले विभिन्न संघसंस्थाहरू संग सहकार्य गर्दै अघि बढ्ने, सहअस्तित्व र सहकार्य, मर्यादालाई पालना गर्दै सामाजिक सर्वांगिण उत्थानमा धेरै काम गर्नु आवश्यक छ, जुन काम एनआरएनए न्युयोर्क च्याप्टरको मार्फतबाट गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ यहाँहरू समक्ष दोस्रो कार्यकालका लागि अध्यक्ष पदको उम्मेदवारी सहित पेश भएको कुरा विनम्रताका साथ जानकारी गराउँदछु ।प्रस्तावित कार्यक्रम र संकल्पसहित प्रेष मार्फत पुन: यहाँहरु संग सहयोग, सुझाव, र संवाद सहित अघि बढ्ने संकल्प समेत गर्न चाहन्छु ।

मलाई पूर्ण विश्वास र भरोसा छ न्यूयोर्क च्याप्टरको अध्यक्षका रुपमा यहाँहरुले मलाई भारी मतका साथ पुन: बिजयी गराउनुहुनेछ । धेरै बुँदाका घोषणा पत्रमा भन्दा काममा विश्वास गर्ने भएकाले, निरन्तर काम गरिरहेको छु र आगामी दिनमा समेत नेपाली समुदायको बृहत्तर हितका लागि काम गरेर प्रमाणित गर्नेछु । यहाँहरूको मतको उच्च सम्मान गर्दै नेपाली गौरव र नेपाली पहिचान, नेपाल र नेपाली समुदायको समग्र उत्थानका लागि समर्पित रहने प्रण गर्दछु।

जय नेपाल ।
जय एनआरएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *