२०८१ वैशाख १३ गते | 25th of April 2024

नेत्र ‘बन्धु’ पोखरेल : एनआरएनए कोषाध्यक्ष पदका उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत २७ गते १७:११

सान्-फ्रान्सिस्को – हरेक व्यक्तिका आ-आफ्नै स्वभाव हुन्छन ।कोही आफू र परिवारमा सिमित हुन्छन भने कसैको स्वभाव र कृयाकलाप हेर्दा लाग्छ उनिहरु समाजको सेवा गर्न कै लागि जन्मेका हुन र समाजको हितको लागि काम गरेरै जीवन व्यतित गर्दछन । यस्तै समाज सेवामा कहिले नथाक्ने मध्येका एक पात्र हुन नेत्र पोख्रेल बन्धु ।

अर्घाखॉची जिल्लाको पूर्बी क्षेत्रमा पर्ने पाणिनि तपो भूमीको काखमा जन्मिएका नेत्र पोख्रेल बन्धु तात्कालिन हरिहर संस्कृत तथा साधारण माबि खिदिमबाट एसएलसी गरे । २०३६ सालको बिद्यार्थी आन्दोलनमा सरिक भएका पोख्रेलले उच्च शिक्षा हासिल गर्ने क्रममा पाल्पामा स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुँदा उनि बन्धु पोख्रेलको नामबाट लोकपृय विद्यार्थी नेताको रुपमा स्थान जमाई सकेका थिए । उनले स्नातक सम्मको अध्ययन पाल्पा र स्नातकोत्तर त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरबाट पूरा गरे ।

२०४४ सालमा तात्कालिन नेपाली कॉग्रेसका महामन्त्री गिरिजा प्रसाद कोइराला लगायतका केन्द्रीय नेताहरुको उपस्थितिमा सम्पन्न अधिबेसनबाट नेपाल विद्यार्थी संघ अर्घाखॉचीको सभापतिमा छानिएका पोख्रेल तात्कालिन अनेरास्ववियु पॉचौं र छैटौं संग समन्वय गरी जन आन्दोलन २०४६ अर्घाखॉचीमा हॉक्ने क्रममा जेल परे । प्रजातन्त्रको प्राप्ति पछि नेपाली कॉग्रेसको सचिबको हैसियतले नेतृत्व गर्दै गर्दा उनि जिविस सदस्यमा निर्वाचित भएका थिए जुन स्थानीय चुनाब बामदेबले कब्जा गरेको चुनाबको रुपमा परिचित छ । नेपाली कॉग्रेसको तर्फबाट एक्लो प्रतिनिधी भइ जिविसमा काम गर्दा उनेले गरेको समन्वयकारी भूमिका र बिकासको लागि उनको सकृयताले उनलाई जिल्ला कै एक सफल नेताको रुपमा उभ्यायो । उनले नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रीय सचिबको भूमिकामा रही सफल नेतृत्व प्रदान गरेका थिए ।

जिविसको पदाबधि समाप्त भए पछि राजनीति छाडेर सामाजिक क्षेत्रमा होमिएका बन्धु पोख्रेलले कपिलवस्तुमा बहुआयामिक सेवा केन्द्र नेपालको स्थापना गरी जिल्ला मै सामाजिक रुपान्तरणको नेतृत्व गरे । प्रजनन स्वास्थ्य गैह्र सरकारी संस्था महासंघको राष्ट्रिय अध्यक्ष, संयुक्त राष्ट्र जनसंख्या कोषको तालिम प्रशिक्षकको भूमिकामा काम गरि सकेका पोख्रेल नेपालको स्वास्थ्य क्षेत्रको अनुसन्धानमा पनि सकृय थिए । स्वास्थ्य संस्था र शै़क्षिक संस्था संचालनको अनुभव संगालेका पोख्रेल सहकारी संस्थाको नेतृत्व गरी देशकै सफल सहकारी बनाउन सफल भएका थिए भने राष्ट्रिय सहकारी संघमा पनि निर्वाचित भएका थिए ।

अमेरिकन मेथड इन सोसल वर्क शिर्षकमा अनुसन्धानको लागि युनिभर्सिटी अफ मेइनमा आएका नेत्र पोख्रेल बन्धु मेइन, न्यूयोर्क हुँदै हाल सन्फ्रान्सिस्कोमा बस्दै आएका छन । हरेक सामाजिक गतिबिधिमा सकृय रहने पोख्रेल २०१४ देखि एनआरएनमा सकृय छन । हाल ग्लोबल हेल्थ एण्ड हाइजिन कमिटीका सदस्य रहेका पोख्रेलले हेल्थ एन्ड सेफ्टी एवरनेस कमिटिको संयोजकको रुपमा कार्यरत छन र एनआरएनए अमेरिकाको कोषाध्यक्षको उमेदबारको रुपमा खडा भएका छन । संस्था प्रति विश्वॉस जगाउन र कायम राख्न संस्थाको आर्थिक पारदर्शिता नै पहिलो कुरा भएकोले त्यसलाई सर्ब साधारणले बुझ्ने गरी छर्लंग पार्ने कुरामा दृढ रहेको बताउने पोख्रेलको सकारात्मक सोंच, समन्वयकारी र नेतृत्वदायी क्षमता एनआरएनलाई पारदर्शि, सबल र सफल संस्थाको रुपमा बिकास गर्न उपयोगी हुने कुरामा विश्वस्त हुन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *