२०८१ वैशाख ८ गते | 20th of April 2024

सुर्य लम्सालद्धारा औपचारिक रुपमा एनआरएनए अध्यक्षको उम्मेदवारी घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत २८ गते २:४७

न्युयोर्क – एनआरएन अमेरिकाको गत कार्यकालका बोर्ड सदस्य सूर्य लम्सालद्धारा आगामी निर्वाचनका लागी अध्यक्ष पदका लागी आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । न्युयोर्कमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै सूर्य लम्सालले एनआरएन अमेरिका गन्तव्य विहीन कतै भौँतारिएको र मुठ्ठी भित्र निसासिएको एनआरएन अमेरिकालाई अब फराकिलो एवं बृहत् बनाई एनआरएनमा अमेरिकाको बलियो उपस्थिितीका निम्ति तथा नेपाल र नेपालीका लागी काम लाग्ने संस्थाको रूपमा अगाडी बढाउन आफू लागी पर्ने बताएका छन् ।

सिभिल इन्जिनियरको रूपमा न्युयोर्कमा लामो समय देखी हाइड्रोपावरमा काम गरेका लम्सालले एनआरएन अमेरिकालाई नजिकबाट निहाली रहेको र यस संस्थालाई कसरी जनस्तरमा पु–याउन सकिन्छ भन्ने भिजन रहेको बताउँछन् । यदि आफू निर्वाचित भएमा सदस्यहरूबाट कुनै पनि शुल्क नलिकन सदस्य बनाउने र हाम्रो एनआरएन हो भन्ने अबिनत्व हुने खालका कार्यक्रम ल्याउने बताउँदै लम्सालले स्थानीय सघंसस्धाहरुसगं सहकार्य गर्दे अगाडी बढने बताएका छन् ।

आगामी मे को १८ र १९मा हुने एनआरएन अमेरिकाको निर्वाचनमा घोषणा कार्यक्रममा बोल्दै लम्सालले नेपाली समुदाय लाई एनआरएन मेरो हाम्रो संस्था हो भन्ने भावना जगाउने र नेपाली विद्यार्थीहरूलाई पनि कसरी एनआरएनको मुलधारमा ल्याउन सकिन्छ त्यसको लागी पनि लागी पर्ने बताएका छन् । बुद्धिकुमार श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा न्युयोर्कमा रहेका विभिन्न सघंसस्धाहरुको प्रतिनिधिले शुभकामना दिएक थिए भने सो कार्यक्रमको सञ्चालन भने पवन योञ्जनले गरेका थिए ।
स्रोत : नेपालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *