२०८१ वैशाख १४ गते | 26th of April 2024

एनआरएनए निर्वाचन : वरिष्ठ उपाध्यक्ष पदमा भरत अर्यालको उम्मेदवारी

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत २९ गते १९:३१

डालस – एनआरएन अमेरिकाको आगामी २०१९-२१ को लागि वरिश्ठ उपाध्यक्ष पदमा समाजसेवी भरत अर्यालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । सेवामा सद्भाव र राजनीतिमा समेत शुद्धता, इमान्दारिता र स्पष्टताको अनुसरण गर्ने अर्यालको उम्मेदवारीले एनआरएन अमेरिकाको निर्बाचन थप चाखपूर्ण बन्ने भएको छ ।

नेपालमा रहंदा शिक्षक पेशामा आबद्ध अर्याल राजनीतिक रुपमा नेपाली कांग्रेससंग आबद्ध भएको सगर्व बताउने गर्छन् । अमेरिका आएपछि पनि नेपाली कांग्रेसको प्रबासी संगठन नेपाली जनसम्पर्क समिति अमेरिकासंग आबद्ध अर्याल नेपाली जनसम्पर्क समिति भित्र विद्यमान किचलो र बिबाद मिलाउन समेत लामो समय देखि प्रयासरत छन । “सके यो विवाद मिलाउँछु, नसके पनि कुनै गुटमा लाग्दिन”, अर्याल बताउंछन ।

नेपाली जनसम्पर्क समितिसंग सम्बन्धन भए पनि अर्याल परेको बेला राजनीतिक पूर्वाग्रह नराखी सहि कुरा बोल्ने व्यक्तिमा पर्ने हैसियत राख्छन । सामाजिक र प्रबासी नेपालीहरुका मुद्धाहरुमा उहाँ संधै अग्रपंक्तिमा रहेर समाधानको पहल गर्न अर्यालको सदैव प्रयास रहने गरेको छ । अमेरिकामा मात्र होइन नेपालमा समेत आइपरेको बेला अग्रपंक्तिमा रहेर सहयोग गर्नेहरुको सुचिमा अर्यालको नाम आउँछ । डालस टेक्सासमा निर्माणाधीन मन्दिर देखि अन्य सामाजिक संस्थाहरुमा उहाँको योगदान अतुलनिय रहेको स्थानीयहरू बताउँछन् । अमेरिका बसाइको छोटो समयमै नेपालीहरुको लागि इमान्दार रुपमा केहि गर्न संधै तम्तयार भरत अर्याल एनआरएन अमेरिकाको लागि समेत एक आवश्यक पात्रको रुपमा स्थापित भएका छन ।

एनआरएनमा जान चाहना राख्नुको कारण बारे सोधेको प्रश्नमा अर्याल “समग्र नेपालीहरुको हितको लागि केहि परिणाममुलक काम गर्न” भनेर छोटो मिठो भाषामा उत्तर दिन्छन । आफ्नो सम्पूर्ण पृष्ठभूमि धेरैलाई थाहा भएको उल्लेख गर्दै आफ्नो बारे बढाईचढाइ नगरी यथार्थ प्रस्तुत गरिदिन समेत उनको आग्रह छ । लाखौँ नेपालीहरुको संस्था भनिरहँदा पनि यसले सानो अंश मात्र ओगट्न सकेको प्रति असन्तुस्टी व्यक्त गर्दै उहाँले एनआरएनलाइ साँच्चिकै ३ लाख नेपालीहरुको साझा संस्था बनाउन पहल गर्ने बाचा छ, अर्यालको ।

एनआरएनएको नाममा अदालतमा रहेका मुद्धाहरु, सदस्यता विवाद, राष्ट्रिय र अन्तररास्ट्रीय मुद्धाहरुमा समेत सक्रिय हुनुपर्ने यो संस्था अमेरिका भित्रै पनि ग्रासरुटमा अझै पुग्न नसकेको कथाहरु छन । गुटबादी सोंच, साधन र श्रोतको परिचालन क्षमताको अभाव, भिजन र भिजन पुरा गर्न इमान्दार प्रयासको कमीले गर्दा यसले यथोचित काम गर्न सकेको छैन । यस्तो परिस्थितिमा अर्याल जस्ता मध्यमार्गी र सहि अर्थमा समाजसेवीको एनआरएनमा प्रवेश सकारात्मक पक्ष हो ।

स्रोत : युएसएन्ड नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *