२०८१ वैशाख ८ गते | 20th of April 2024

जनसम्पर्क नेता पौडेलको सर्प्राईज : एनआरएनए निर्वाचनमा उम्मेदवारी

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत २९ गते २०:२१

अस्टिन – विवाद, समयमा हुन नसकेको अधिवेशन, आपसी खिचातनी, गुट र ब्यक्तिवादी रोगले ग्रसित नेपाली जनसम्पर्कको बैधानिक अवधी सकिएको करिब बर्षभन्दा बढी भयो । एउटा संस्थाको अधिवेशन वा नियमित प्रकृया ठप्प हुनुमा माउ पार्टीको पनि हात र आदेश हुन्छ । माउ पार्टीको निर्देशनको बाहानाले अहिले सम्म धुकुर-धुकुर ढुकुरे चालमा चलेको नेजस। अमेरिकाको निर्वाचन समयमै भएको भए एउटा नाम नेत्रित्व लिन अघि सर्थ्यो, स्पष्ट बोली, सिधा जवाफको परिचायक सि पी पौडेल ।

नेजसको एकताको अधिवेशन भनेर पुकारीएको डालस अधिबेशनबाट शक्तिशाली उपाध्यक्ष पदमा निर्वाचित भएका पौडेलले नेजसको बैधानिक समयमा एकछत्र पहिचान कायम राखे । पार्टी सभापती शेरवहादुर देउवाका कट्टर समर्थक, सिन्धुलीको क्रान्तिकारीता, मुखमा पान राखेर कृष्णप्रसाद भट्टराई जसरी देखेको कुरा फ्याट्ट भन्ने पौडेलको बानीले जनसंपर्कका कतिपय बैठकहरु प्रभावित हुन्थे ।

आपसी खिचातानी, कान्ड, समयमा अधिवेशन गर्न नसक्नु, खुराफात र ब्यक्तिवादी पराकाष्ठाको रोगले ग्रसित नेजसमा चुनाव भए सभापतिका पक्का उम्मेदवार पौडेल एनआरएन अमेरिकाको सदस्यता वितरणताक सरप्राइज़ पारामा उम्मेदवारको पात्र भए । कालन्तरमा एनआरएनए निर्वाचनमा दालमे कुछ काला है तवरले सरप्राइज़ नै बोकेर अहिले बलिया उम्मेदवार बनेका छन्, पौडेल । पौडेलको स्पष्टता, निडरता र हार्ड लाईनले जनसम्पर्कका कतिपय बैठकहरु प्रभावित हुन्थे ।

नेपालसम्मको पहुँच, सिन्धुलीको पानी, काठमांडूको शिक्षा, नेविसंघको राजनिति, नेजस अमेरिकाको उपाध्यक्ष, अस्टिनमा स्थापित व्यवसाय र अमेरिकाभरको जनसम्पर्कले पौडेलको उम्मेदवारी र विजय पनि सरप्राइज़ हुनेछ । नेजसमा रहेको दवदवा सहित भावी सभापति छाडेर पौडेल भोलीको एनआरएनएको सभापतिका पनि सरप्राइज़ उम्मेदवार हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *