२०८१ वैशाख ११ गते | 23rd of April 2024

पूर्ण बानिया, एनआरएनए निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १ गते ११:२१

सान्-फ्रान्सिस्को – एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरका पुर्व अध्यक्ष पूर्ण बांनिया आसन्न एनआरएन निर्वाचनका लागि उपाध्यक्ष पदमा चुनाव लड्ने बताएका छन । गत एनआरएन निर्वाचनमा महासचिव पदमा चुनाव लडेका बांनियाले यसपाली उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

झन्डै २० बर्षदेखी अमेरिकामा बसोबास गर्दै आएका बांनिया अमेरिका लगायत जन्मभुमीका बिभिन्न सामाजिक संस्थाहरुसंग आवद्ध छन । काठमान्डौ जिल्ला किर्तिपुर नगरपालिका-४ मा जन्मिएका बानिया अमृत साइन्स क्याम्पसबाट बि.ए.सी, सम्मको अध्ययन सकेलगत्तै शंकर-देवक्याम्पसमा स्नाकोत्तर अध्ययन गर्दादेखी नै बिद्धार्थी राजनीतिमा हात हालेका थिए ।

‘एनआरएनलाई एउटा बलियो खम्बाको रुपमा उभ्याउन कुनै पनि कसुर बाँकी नराखी आफु दृढ बिश्वास लिएर लामो समयदेखी यही अभियानमा लागेको छु ।’ बानिया बताउंछन । ‘सम्पूर्ण अमेरिकी नेपालीहरुको माया, साथ र हातेमालोका लागि होस्टेमा हैंसे गर्न म लागिपर्नेछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *