२०८१ वैशाख ८ गते | 20th of April 2024

सान्फ्रान्सिस्कोमा नेपाली नयाँ वर्षमा क्रुज पार्टी सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख ४ गते १०:५५

सान्फ्रान्सिस्को – नेपाली नयाँ वर्ष २०७६ को उपलक्ष्यमा क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा नेपाली समुदायमाझ पहिलो पटक Project Entertainment Group को पहलमा नयाँ वर्ष साँझ क्रूज पार्टी सम्पन्न भएको छ ।

आयोजकद्वय उद्धब केसी र हरि ओझाको सकृयतामा सम्पन्न क्रूज पार्टी अप्रिल १३, २०१९ शनिबारको दिन बेलुका ७:३० बजे देखि मध्यरात १२:३० बजेसम्म रहेको थियो । क्रूज पार्टी Alameda Harbour बाट शुरु भई संसारकै लोकप्रिय पर्यटकीय स्थल हरु जस्तै Bay Bridge, GoldenGate Bridge , AT&T PArk, Tresure Island, Alcatraz , Sausalito, Pacific Ocean परिक्रमा गरेर पुन Alameda Harbour आएर नेपाली नयाँ वर्ष मनाउदै समापन गरिएको थियो ।

‘मासलाई भन्दा क्लासलाई’ ध्यानमा राखेर आफ्नो कला संस्कृतिलाई परदेशमा पनि जगेर्ना र प्रोत्साहन गर्ने उदेश्यले अयोजना गरिएको यस कार्यक्रममा सानफ्रान्सिस्कोवासी नेपाली समुदायको उल्लेख्य सहयोग र सहभागिता रहेको थियो । कार्यक्रममा Live Music, DJ, गाला डिनर र ओपेन बार आदि समावेश गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *