२०८१ वैशाख १३ गते | 25th of April 2024

एनआरएन अमेरिका निर्वाचनका : अनुप खनाल बोर्ड सदस्य पदका लागि उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख ५ गते १०:२३

बाल्टिमोर – नेपाल हुँदा पनि धेरै सामाजिक संगठनहरुमा आवद्ध भई सक्रिय रुपमा काम गरेका र् हाल अमेरिका – बाल्टिमोरमा सेमत सामाजिक संगठनहरुमा निरन्तर आफ्नो भूमिका निर्वाह गरिरहेका अनुप खनाल आसन्न एनआरएन अमेरिकाको निर्वाचनका लागी सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

विद्धार्थीको रुपमा अमेरिका छिरेका खनाल बिगत १२ बर्षदेखी अमेरिकामा छन । हाल बाल्टिमोरमा आफ्नै ब्यवसायमा सकृय खनाल नेपालबाट अध्ययनका लागि अमेरिका आएका बिद्धार्थीहरुको हक हितका पक्षमा काम गर्न एनआरएनमा लागेको बताउंछन । ‘मुद्दा, नारा र पुर्याउन नसक्ने सपनाहरु छैनन । बिद्धार्थी भएर आफु सपनाका साथ अमेरिका छिर्दा भोगेका कस्टहरुको अनुभवले युवाहरुको पक्षमा काम गर्ने सोचले एनआरएन अमेरिकाको केन्द्रिय सदस्य पदमा निर्वाचन लड्न अघी सरेको छु’, खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *