२०८१ वैशाख ६ गते | 18th of April 2024

सुनील साहद्दारा एनआरएनए अमेरिका अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख ५ गते २२:१९

टेक्सास – बहुप्रतिक्षित एनआरएन अमेरिका निर्वाचन २०१९-२०२१ का लागि अध्यक्ष पदमा सुनील साहले आज आधिकारिक रुपमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन । एनआरएन अमेरिकाका वर्तमान वरिश्ठ उपाध्यक्ष शाह अध्यक्ष पदका सम्भावित विजेता मानिन्छन । बिभिन्न कार्यक्रम, एनआरएन अभियान र एनआरएन सदस्यता वितरण अभियानका क्रममा अमेरिकाका बिभिन्न राज्य चाहरेका साहलाई अध्यक्ष पदका अर्का प्रत्यासी डा. अर्जुन बन्जाडेले सहमतीसहित अघी बढ्ने समर्थन गरेपछी झनै बलिया मानिन्छन ।

टेक्सास राज्यमा प्रविधी ब्यवसायी साहको एनआरएन अमेरिका अध्यक्ष पदको उम्मेदवारी दर्ताको प्रस्ताव नर्दर्न डालास नेपाली समाजका सभापती तथा साहका विश्वाशपात्र बादल भुजेलले गरेका छन । प्रस्तावको समर्थन भने नेपाली जनसंपर्क समितिका केन्द्रिय सदस्य, कांग्रेस महासमिती सदस्य, एनआरएन आईसिसीका सल्लाहकार तथा नेपाली जनसम्पर्क समिति वा लोकतान्त्रिक समुहको तर्फबाट एकता उम्मेदवारी अभियानका प्रमुख हर्ताकर्ता हरिबोल भन्डारीले गरेका छन । स्मरणीय छ, यस अगाडीका हरेक निर्वाचनमा जनसंपर्क समिती अमेरिकाका नाममा खडा हुने बिभिन्न उम्मेदवारले विवादित एनआरएन अमेरिकालाई प्रजातान्त्रिक समुहबाट एकताको सन्देश सहित ‘एउटा मात्र टीम’ बनाउने हाईकमान्डको अगुवाई हरिबोल भन्डारीले गरेका छन ।

भन्डारीको समर्थनसंगै नेपाली जनसंपर्क समितिबाट साह पहिलो एकल उम्मेदवारी हुने भाग्यमानी पात्र बनेका छन । डा. यादव पन्डित, डा. केशब पौडेल, डा. सुरेन्द्र देवकोटा , हरिबोल भन्डारी, प्रमोद सिटौला, आनन्द बिष्ट, खगेन्द्र जिसी, बिष्णु सुवेदी, हेमराज भट्ट, तरुण पौडेल, सिपी पौडेल, शंकर खड्का, ओम भट्टराई लगायतका जनसंपर्कका हस्तीहरु साहको पक्षमा उभिएपछी एनआरएन अमेरिकाको चुनावी रौनकता थप बढेको छ ।

डा. अर्जुन बन्जाडे मिलेर संगै साहको टिममा संगै हिंड्ने वातावरण मिलाउने यो शक्तिशाली समुह, अब महासचिव पदका प्रत्यासीहरु गोपेन्द्र भट्टराई र पशुपती पाण्डे लगायतका टीम मिलाउने प्रयासमा लागेका छन । भोलीसम्म यी सब कथाका टुंगो लाग्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *