२०८१ वैशाख १३ गते | 25th of April 2024

शंकर खड्का एनआरएन आईसीसी सदस्य पदका उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख ५ गते २३:१८

सान्फ्रान्सिस्को – प्रवासी अमेरेकी नेपाली समाज आफ्नो छाता संगठन एनआरएन अमेरिकाको निर्वाचनमा होमिएको छ । भोलीसम्म उम्मेदवारी दर्ता गराईसक्नुपर्ने निर्वाचन आयोगको सुचनासंगै धमाधम आकांक्षी उम्मेदवारहरु आ-आफ्न पदमा उम्मेदवारी दर्ता गराउन लागेका छन । एनआरएन अमेरिकाको निर्वाचनसंगै यसको आईसीसी सदस्य एआरएन अमेरिकाको निर्वाचनसंगै चुनिने नियमानुसार आईसिसी पदका लागि उम्मेदवारी घोषणा हुने क्रम जारी छन । एनअारएन अमेरिकाका पुर्व सचिव, नेपाल तरुण दलका पुर्व केन्द्रिय सदस्य, आईसीसी सदस्य पदका पुर्व उम्मेदवार, नेपाली जनसम्पर्क समिती अमेरिकाका नेता तथा एनआरएन अमेरिका निर्वाचनको लागि प्रजातान्त्रिक प्यानलका हाईकमान्डका एक सदस्य शंकर खड्काली एनआरएन आईसीसीको सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

हक्की, निर्डर र प्रखर वक्ता खड्का अमेरिकामा बिशेष गरी जनसम्पर्क, एनआरएन लगायतका संस्थामा कतै न कतै कुनै न कुनै नाम जोडीने पात्र हुन । गत निर्वाचनमा हार बेहोरेका आईसीसी सदस्य पदका उम्मेदवार खड्का आसन्न एनआरएन अमेरिका निर्वाचनमा सुनील साहको पक्षमा खुलेर लाग्ने केही ब्यक्तीहरु मध्यमा पर्दछन । 

नमस्कार !
मलाई २०१५-२०१७ को कार्यकालमा एन आर एन अमिरीकाको सचिब पदमा चुनाब जिताई काम गर्ने अवसर प्रदान गर्नु हुने संपुर्णमा अन्तरमनबाट हार्दिक आभार प्रकट गर्दछु । त्यस्तै २०१७-२०१९ का लागी आई सी सी सदस्यको प्रत्यासी भई चुनाबी मैदानमा होमीएको थिएं । केही मत कम हुनाका खातीर उप बिजेता बन्न पुगें । तथापी संपुर्ण सहयोगी, शुभ-चिन्तक, मतदाताज्युहरुमा पुन: धन्यबाद ब्यक्त गर्न चाहन्छु ।

यहाँहरु पक्कै अबगत हुनुहुन्छ । पुन: NRN USA को निर्बाचन हुंदैछ । जसमा पुन: एकपटक एनआरएनए, आई सि सि मा नेतृत्व तहमा जानका लागी थु्प्रै सहयोगी, शुभ-चिन्तकहरुको आग्रहलाई स्विकार गर्दै चुनाबी माहोलमा अग्रसर भएको छु । मलाई आशा छ, यस पटक पनि पक्कै यांहाहरुले अमुल्य मत दिई बिजयी हुन सहयोग गर्नु हुनेछ भन्ने पुर्ण आशामा छु ।

प्रवासी नेपालीहरुको हक, हित र अधिकारका लागि तय गर्ने सबैखाले निती तथा कार्य योजनाहरुमा म अन्तरमन बाटै लाग्ने छु । मेरा कुनै घोषणा पत्र हुने छैनन्। मेरो घोषणा पत्र भनेकै प्रवासी नेपालीहरुका मुल मुद्दा र आवश्यकताहरु हुन् भन्ने ठानेको छु । समग्रमा एन आर एन ए संस्थालाई अन्तर्राष्ट्रीय अभियानको रुपमा संस्थागत गर्दै हामी सबै आप्रवाशिको पहुंच र स्वामित्व हुने गरी यॉहाहरुका बिचार र भावनाको प्रतिनिधित्व गर्न सदैब लागिरहने छु ।

धन्यवाद !
जय एनआरएन !!
जय नेपाल !!!

शंकर खड्का
एनआरएनए, आईसिसी सदस्य पदका लागि प्रत्यासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *