२०८१ वैशाख १३ गते | 25th of April 2024

महासचिवमा गोपेन्द्र भट्टराईको उम्मेदवारी किन – प्रतिबद्धतासहित

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख ७ गते १९:४४

अमेरिका –  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा बोर्ड सदस्य गोपेन्द्र भट्टराईले महासचिव पदका लागि अघि सरेका छन् ।

‘प्रवासी एकता, भाईचारा र सामुदायिक उत्थानका लागि’ आफुले महासचिव पदमा उम्मेदवारी दिएको बताएका छन । भट्टराई महासचिव पदका बलिया उम्मेदवार मानिन्छन ।

भट्टराईका प्रतिबद्धताहरु :

अमेरिकावासी आदरणीय एनआरएन सदस्य महानुभावज्यूहरु,

एनआरएन अमेरिकाको निर्वाचनको यो सुवर्ण अवसरमा म यहाँहरुलाई प्रथमत: नयाँ बर्ष २०७६ सालको मंगलमय शुभकामना टक्र्याउन चाहन्छु । तपाईं हाम्रो दैलोमा रहेको एनआरएनको निर्वाचनको माहौलमा मैले आफ्नो उम्मेदवारी महासचिव पदमा दाखिला गरेको जानकारी यहाँंहरु समक्ष अवगत गराउन चाहन्छु ।

महासचिव पदमा मेरो उम्मेदवारीको प्रस्ताव गर्नुहुने नेपाली जनसम्पर्क समिती, अमेरिका ईन्डियाना च्याप्टरका उप-सभापती, नेपलीज एशोसियशन अफ ईन्डियानाका सामाजिक कार्यकर्ता समाजसेवी रामहरी न्यौपाने र मेरो उम्मेदवारीलाई समर्थन गर्नुहुने नेपालीज एशोसियशन अफ ईन्डियानाका पुर्व सचिव एवम सामाजिक अभियान्ता धर्मराज घिमिरे एवम मेरो यो उम्मेदवारीको लागि सहज वातावरण सिर्जना गराउनुहुने तमाम सहयोगीहरुप्रति आभारी छु ।

वर्तमान कार्यसमितीको सदस्य, एनआरएन अमेरिकाले प्रदान गराएका बिभिन्न समितिमा रहेर काम गरेको जिम्मेवेरएपूर्ण कर्तब्यलाई मैले आफ्नो बलिबुताले भ्याएसम्म निर्वहाँ गरेको जानकारी गराउन चाहन्छु । एनआरएनको मौसममा शितल वादल बनेर यहाँहरुले बर्षा गर्नुभएको एकताको झरी म कहिल्यै भुल्नेछैन । अब एनआरएन अमेरिका बनाउनु छम र यो बन्छ । मेरो कर्तब्य सिर्फ यसलाई राम्रो बनाउनु हुनेछ ।

महासचिव भएर सामुदायिक सुचना, संस्थाको मर्यादा र नेपालीका लागि गर्नुपर्ने धेरै कामहरु छन । सामुदायिक एकता, एनआरएन अभियान र मेरो कर्तब्यप्रती म सदैव दत्तचित्त बन्ने प्रण गर्दछु । बिगतमा यहाँहरुले सदसय पदमा मलाई जिताउन गर्नुभएको सहयोगजस्तो मायाको म पून: अपेक्षा गर्दछु । यहाँहरुको अमुल्य मतको अपेक्षामा !

धन्यवाद !

जय एनआरएन !!
जय नेपाल !!!

गोपेन्द्र भट्टराई
महासचिव पदका प्रत्यासी
एनआरएन अमेरिका निर्वाचन (२०१९-२०२१)

Leave a Reply

Your email address will not be published. Required fields are marked *