२०८१ वैशाख १४ गते | 26th of April 2024

नेजा – एनआरएन अमेरिका बहस भोली, ‘अब कस्तो एनआरएनए ?’

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख ८ गते ५:४१

लस एन्जलस – नेपाल अमेरिका पत्रकार संघ (नेजा) र आसन्न निर्वाचनमा होमिएको प्रवासी अमेरिकी नेपाली छाता संगठन एनआरएन अमेरिकासंगको सार्वजानिक बहस कार्यक्रम ‘नेजा-एनआरएन बहस-२०१९’ को दोस्रो कार्यक्रम भोली लस एन्जलसमा हुंदैछ । भोली २१ तारिख, आईतवार क्यालिफोर्निया राज्यको मायावी शहर लस एन्जलसमा आयोजना हुने नेजा-एनआरएन बहस कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । 

उत्तर अमेरिकामा सकृय नेपाली पत्रकारहरुको साझा संगठन अमेरिका पत्रकार संघको समुदायसंग जोडीने एउटा प्रयासस्वरुप प्रवासी नेपालीहरुको छाता संगठन एनआरएन, यसको बहुप्रतिक्षित निर्वाचन, उम्मेद्वारहरुको योजना, नेजा र एनआरएन अमेरिकासंगको सम्बन्ध र अव कस्तो एनआरएनए  ? भन्ने बिषयमा यी कार्यक्रमहरुमा बहस हुने क्रममा लस एन्जलसको कार्यक्रमले बिशेष महत्व राख्नेछ ।

कार्यक्रममा भाग लिन एनआरएन अमेरिका निर्वाचन-२०१९ अध्यक्ष पदका प्रत्यासीहरु सुनील साह, सुर्य लम्साल र संजय थापा भोली बिहान लस एन्जलस आईपुग्दैहुनुहुन्छ । यस्तै चुनावमा आकांक्षी बहुसंख्यक प्रतिस्पर्धीहरु लस एन्जलसको बहस कार्यक्रममा आउंदैहुनुहुन्छ ।

श्रीपशुपतिनाथ बुद्ध मन्दिर, नर्वाकको सभा सामुदायिक हलमा नेजा-एनआरएनए बहस कार्यक्रम आयोजना हुनेछ । कार्यक्रम बेलुकी ठीक ६:३० देखी ९:३० बजेसम्म चल्नेछ ।

नेजा – एनआरएन बहस कार्यक्रम – २०१९ का अन्य स्थानहरु :

नेजा केन्द्रिय समितिको बैठकद्दारा निर्णित बहस कार्यक्रमको पहिलो संस्करण आगामी सप्ताहन्त अथवा अप्रिल १४ तारिख भर्जिनियामा भब्यताका साथ सम्पन्न भएको छ भने दोस्रो कार्यक्रम लस एन्जलसमा यसै हप्ताको आगामी आईतवार अप्रिल २१ तारिख सम्पन्न हुन गैरहेको छ । नेजाको आगामी साधारण सभास्थल डालसमा बहसको तेस्रो कार्यक्रम हुनेछ भने मे ११ मा बहसको अन्तिम कार्यक्रम न्यूयोर्कमा आयोजना हुनेछ ।

लस एन्जलस बहस कार्यक्रम जानकारी :
मिती : अप्रिल २१,  २०१९, आईतवार
स्थान :  10843 Kenney St, Norwalk, CA 90650
समय : 6:30PM – 9:30 PM
संपर्क :
सुदिप पन्त : 562 – 595 – 2768
गोकुल ढकाल : 626 – 927 – 7414
अग्नी चौलागाई : 702 – 978 – 1123
प्रतिमा बांस्कोटा : 646 – 250 – 3702

लस एन्जलस कार्यक्रमका लागि बिमानास्थल : LAX Int’l Airport

Leave a Reply

Your email address will not be published. Required fields are marked *