२०८१ वैशाख ८ गते | 20th of April 2024

गैरआवासीय नेपाली संघ, बेलायत चुनाबमा होमियो

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १२ गते २०:३३

बिपिन निरौला/लण्डन – बहुप्रतिक्षित गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आठौं अधिवेशन आगामी सेप्टेम्बर १४ र १५ मा हुने भएको छ । बिगतमा पनि त्रिपक्षीय अर्थात् तीनजना अध्यक्ष्य र महासचिब हरुको महासंग्राम झैँ निर्वाचन मार्फत करिब आधा दर्जन उपाध्यक्ष्य र तिन जना सचिब रहेको जम्बो कार्यसमिति निर्वाचित भएको थियो । यसपटक पनि त्यस्तै चुनाबी संग्राम हुने देखिएको छ ।

बर्तमान कार्य समितिका ५ जना उपाध्यक्षहरु शेर बहादुर सुनार, पुनम गुरुङ, सुशीला राई, प्रेमगाहा मगर र ललित न्यौपानेले अध्यक्ष पदका लागि उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन् । महासचिव आर के त्रिपाठीले भने पुनः यूकेको महासचिव वा युरोप संयोजकमा लड्ने आकांक्षा व्यक्त गरेका छन् । रातोपाटीसंगको सम्क्षित्त कुराकानीमा त्रिपाठीले सबै साथिहरुसंग सल्लाह गरेर निर्णय र निष्कर्समा पुगिने बताए । अर्को महत्वपुर्ण मानिएको पद कोषाध्यक्ष्यमा युवा ब्यबसाई राजन खकुरेलले उमेद्वारी घोसना गरेका छन् ।

विभिन्न पदमा धेरै आकांक्षी भएरनै होला नटिङहममा सोमबार बसेको संघको बैठकले सेप्टेम्बर १४ मा निर्वाचन र १५ मा साधारणसभा गर्ने निर्णय गरेको हो । निर्वाचन र सदस्यता वितरण पारदर्शी बनाउन संघका अध्यक्ष योगकुमार फगामी र महासचिव त्रिपाठी सम्मिलित सदस्यता सिकायत कमिटी समेत बनाइएको छ ।
महासचिब त्रिपाठीका अनुसार ३१ जुलाई सम्म सदस्यता लीइ सक्नुपर्ने र सदस्यता शुल्क १० पाउण्ड तोकिएको छ । एस अघि सदस्यता सुल्क ५ पाउण्ड मा झारिने केवल हल्ला मात्र भएको र फेरी महँगो सदस्यता सुल्क राखिएको गुनासो धेरैको रहदै आएको छ । सदस्यता अनलाइन वा पेपर फारामबाट लिन सकिने निर्णय गरिएको छ । सदस्यता दर्ता व्यवस्थित गर्न पूर्ण गुरुङलाई सचिवालय सचिव नियुक्त गरिएको छ । ५०० भन्दा बढि सदस्यता बनेका राज्य समन्वय समिति वा काउन्टी समवय समितिका लागि बेग्लै निर्वाचन बुथ राख्ने पनि निर्णय भएको त्रिपाठीले बताए ।

साथै स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदको अधिवेशन एवं निर्वाचनका लागि जुलाई २०१९ मा हुने विधान अधिवेशनमा प्रष्ट उल्लेख गरि एनआरएनए यूके र राज्य समन्वय समितिको निर्वाचन एक व्यक्ति एक पदको सिद्धान्त अनुसार एकै दिन गराइने निर्णय भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *