२०८१ वैशाख १४ गते | 26th of April 2024

एनआरएन अमेरिका निर्वाचनको तरंग : उपाध्यक्ष पदका उम्मेदवार बाला घिमिरे

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १३ गते १६:००

शिकागो – प्रवासमा राजनीति, त्यसप्रतिका आस्था, गुट र भित्र-भित्र पाक्ने खुराफातले सबै नपोतिएपनी ढोकैमा आएको एनआरएन अमेरिकाको निर्वाचनमा आकांक्षी उम्मेदवारहरुप्रती अनेक खाले लेपन लाग्ने गर्दछन । तर, एउटा यस्तो पात्र जो एनआरएनए अमेरिकाको निर्वाचनका लागि मिड वेस्ट क्षेत्रको प्रतिनिधित्व गर्दै उपाध्यक्ष पदमा उम्मेदवार छन, जसका कारण एउटा तरंग सिर्जना भएको छ, जो सिर्फ प्रशंशा मात्रका भागीदार छन, बाला घिमिरे ।

आसन्न एनआरएन अमेरिकाको निर्वाचनका लागिमिड वेष्ट क्षेत्रका उपाध्यक्ष पदका प्रत्यासी बाला घिमिरे संघर्शले बनाएको सफल ब्यवसायी घिमिरे साधारण छन । प्रवासी अमेरिकी नेपालीहरुका दु:ख, सुखका सहयोगी मनका धनी घिमिरे आफुलाई समाजसेवी ठान्दैनन, उनलाई चिन्नेहरु सहृदयी सामाजिक अभियान्ता भन्न रुचाउंछन । चिना-परिचयमा गुट र राजनीतिको लेपन लाग्ने लगाउने अमेरिकी नेपाली समाजमा घिमिरेका पनि आफ्न राजनैतीक आस्था होलान । तर सबै बिचार, संस्था र समुदायमा अत्यन्तै लोकप्रिय छन, घिमिरे ।

अमेरिकी नेपाली समाजका चर्चित संस्थाहरु नासा र आन्मा अनि एएनएका बिभिन्न पदमा बसेर सफलतापुर्वक नेतृत्व गरिसकेका छन् । गत बर्षको नेप्लिज नेशनल कन्भेन्सनको चेयरपर्शन भएर उनले बिशाल कार्यक्रम सम्पन्न गरेका थिए । चुरो कुरो त के छ भने, शक्तिशाली तीन संस्थालाई एकै ठाउंमा ल्याएर संयुक्त सम्मेलन गर्ने हिम्मत गरेर घिमिरेले संस्थागत एकताको बलियो परिचय दिएका थिए । त्यसैले अमेरिकामा कुनै संस्था त्यो नहोल, जहाँ घिमिरेका लागि ठाउँं नहोस् । पद र सम्मानमा विश्वाश नगर्ने उनी सामाजिक सेवाको निरन्तरतालाई अघि बढाउन फेरी अघि सरेका छन ।

कुनै काम बिशेषले कसैले फोन गरे बाला भन्छन, ‘डिप्लोम्याटिक कुरा होईन, सिधा भाषामा भन्नुस्,।’ मतलब, तेल घसेर बाहानाका तानाबुनामा बोलिने भाषा यी सरल, साधारण र भद्र घिमिरे बुझ्दैनन । भन्छन, ‘मा सिधा कुरा मात्र बुझ्छु ।’ ‘म काममा विश्वास गर्छु, एनआरएनमा काम गर्ने मान्छेको खाँचो छ’, घिमिरेले थप्छन । ‘लिन होईन, सामाजिक सेवा दिन म एनआरएन छिरेको हुँं ।’

एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार घिमिरे एनआरएन सबै नेपालीको साझा संस्था बन्न नसकेको तितो यथार्थलाई उनी स्वीकार्दै भन्छन, ‘सदस्यता वृद्धि गर्ने र संस्थालाई पारदर्शी बनाउने अहिलेको मुख्य आवश्यकता हो । सबैको सहभागिता र अपनत्व हुनेगरि रचनात्मक कार्यक्रमहरु ल्याउनेछु ।’ लामा घोषणा-पत्रमा विश्वाश नगर्ने घिमिरे मतको सम्मान कामको जवाफले दिने बताउंछन ।

-नेपलीज डायोस्पराको सहयोगमा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *