1

सारंगीको तारबाट राष्ट्र, राष्ट्रियता, पहिचान र भावना रेट्दै श्याम नेपाली

91 पटक पढिएको

विष्णुप्रसाद पौडेल/न्युयोर्क

सारंगीको धुनले, भन्छ श्यामको मनले
अझैमाथी लैजाउ भन्छ उनका भित्री तनले !

इमेल इन्टरनेटको कल्पना परैको कुरा हुलाक पनि हुँदैनथ्यो त्यो बेला । रेडियो र टिभी कहाँ हुनु ! हुनेखानेका घरमा भएको रेडियो सबैले सुन्न पाउने कुरै भएन । संसारमा कहाँ के भइरहेछ ? पत्तो पाउनै मुस्किल । गाउँमा सारंगी बजाउँदै आउनेहरु खबर पनि बोकेर आउँथे । कहिले सुखका खबर सुनाउँथे । कहिले दुखका खबर सुनाउँथे । गाउँगाउँ चहारेर खबर सुनाउने कर्मबाटै एउटा जाती जीविकोपार्जन गथ्र्याे । यो श्याम नेपालीका बाजेबराजुका पालाको कुरा हो । श्याम नेपाली पनि बाउबाजेकै जसरी सारंगी रेट्छन् । तर श्याम संसार चाहर्छन् । नेपाली मौलिक लोकबाजाको धुनले नेपालको पहिचान फैलाउँछन्, जसरी कुनै बेला गन्धर्व जाति गाउँगाउँ खबर फैलाउँथ्यो ।

संसारको एउटा कुनादेखि अर्काे कुना फन्को मार्न भ्याइसके श्यामले । जहाँ जान्छन्, सारंगीको धुनले लठ्याइदिन्छन् । नेपाल भन्ने देश छ भनेर पनि कहिल्यै नसुकेकाहरुसमेत छक्क पर्छन् । श्यामको छाती गौरवले फुल्छ । अचेल श्याम नेपालीको बसाइ अमेरिकाको बोष्टनमा छ । जहाँबाट उनी कहिले न्युयोर्कका मञ्चहरुमा पुगेका हुन्छन्, कहिले टेक्सास, कहिले नेब्रास्का, कहिले पेन्सलभानिया । अमेरिकाका दर्जनौं राज्यहरुमा सारंगी धुन गुन्जाइसकेर सीमापारि क्यानडाको टोरन्टो पुगेका हुन्छन् त कहिले युरोपतिर ।

हिमालयन हेरिटेज कल्चरल एकेडेमी बोष्टनमामै श्याम लगायत रञ्जन बुढाथोकी, सुरेश बाग्ले, दिपेश श्रेष्ठ, रन्जित कोइराला र नन्दु शकंर ले खोलेको पाठशाला हो, जहाँ उनी सारंगी बजाउन सिकाउँछन् । नेपाली तथा बिदेशी बच्चाबच्चीहरु सिक्न आउँछन् । युवाहरु आउँछन् । विदेशीहरु त झन् छक्कै पर्छन् ।

५ पुस्तादेखि श्यामको परिवार संगीतमा छ । उनका बुवा रामशरण नेपाली त झन् चर्चितै छन् । श्याम संगीतकै वातावरणमा जन्मिए, हुर्किए । उनका हजुरबुवा मगर गाइने गन्धर्वले बजाएको वाद्ययन्त्र त फ्रान्सको चर्चित संग्रहालयमा भेटिन्छ । १५ वर्षको उमेर नेपाल प्रज्ञा प्रतिष्ठानमा श्यामले पहिलोपटक सांगीतिक प्रस्तुति दिए । विशाल सार्वजनिक कार्यक्रम पहिलो त्यो नै भएपछि स्कुलमा कैयौंपटक सांगीतिक प्रस्तुति दिन भ्याइसकेका थिए ।

सुरुवाह ब्यान्ड पहिलो सांगीतिक समूह थियो श्यामको । जहाँ उनका ४ जना साथी आवद्ध थिए । यही ब्यान्ड लिएर जापान पुगे । श्याम भन्छन्, ‘विदेशमा मेरो सांगीतिक यात्रा त्यो नै पहिलो थियो, जापानमा हामीले अस्पतालका बिरामीलाई संगीत थेरापी दिएका थियौं ।’ पछि श्यामले सुकर्म ब्यान्ड १९९७ मा स्थापना गरेका थिए । जसमा दु्रबेश रेग्मी,प्रमोद उपाध्याय को सहभागीता रहेको थियो । नेपालमै पनि सांगीतिक यात्रा थुप्रै गरे । त्यो यात्राको आम्दानी अनाथहरुका लागि सुम्पन्थे श्याम । सुकर्म ब्यान्डबाटै उनी सन् २०११ मा १८ वटा देशमा सांगीतिक सदभावनादूत बनेर प्रस्तुति दिन गए । त्यही योगदान स्वरुप उनी तत्कालीन राष्ट्रपति रामवरण यादवबाट सम्मानित समेत भए । ‘विदेशमा मात्रै नभई स्वदेशमा पनि शान्तिका लागि सुकर्म यात्रा ग¥यौं,’ श्याम सम्झन्छन्, ‘पोखराको बाटुलेचौरका गन्धर्व बच्चाहरुलाई पढ्नु पनि पर्छ, संगीत पनि सिक्नुपर्छ भनेर हौसला दियौं ।’ अहिले पोखरामा चिनिएको लक्ष्य ब्यान्ड श्यामहरुले गरेको सत्कर्मको प्रतिफल हो ।

नेवारी बाजासँग पनि साइनो छ । रुद्र भन्ने ब्यान्ड बनाएर युरोप यात्रा पनि श्यामले गरे । जसमा रमन महर्जन, बाबुराजा महर्जन, बिश्व नेपाली को सहभागीता रहेको थियो । बाँसुरी, सारंगी र नेवारी बाजाको प्रवद्र्धन युरोपका थुप्रै देशमा गरे । श्यामका दाइ पूर्ण नेपाली सारंगी बनाउँछन् । देशविदेशका थुप्रै ठाउँबाट आउँछ सारंगीको डिमान्ड । श्याम पनि दाइका सारंगी देश विदेश पु¥याउन कोअर्डिनेट गर्छन् । भाइ किरण नेपाली बिपुल क्षेत्रसँग सारंगीको धुन भर्दै सहयात्रा गर्छन् । छोरा प्रिन्स पनि विपुलसँगै हुन्छन् बेलाबखत ।

सन् २०१४ मा अमेरिका आए श्याम । यहाँका गुरुङ समुदायका कार्यक्रममा सारंगी बजाए । तामाङ समुदायका कार्यक्रममा सारंगी बजाए । अरु थुप्रै कन्सर्टमा सुनिन्छ उनको सारंगी धुन । विसं २०७२ को भूकम्पका बेला नेपालमा थुप्रै डलर पैसा पनि श्यामले कन्सर्ट गरेरै पठाए । भन्छन्, ‘संगीत भनेको मनोरञ्जनमात्रै होइन, शिक्षा पनि ।’
अमेरिकामा भएको हिमालयन हेरिटेज श्यामले सुरु गर्दा ३ जना बच्चा थिए । अहिले ५० जनाभन्दा बेसी छन् । ती नेपालीमात्रै होइनन्, अरु देशका पनि छन् । अनलाइनबाट बेलायतका एक्सआर्मीहरु श्यामसँगै संगीत सिक्छन् । कोही जापानका पनि छन्, अनलाइनबाट सारंगी सिक्ने ।

संगीतमा ठूलो शक्ति हुन्छ । हो नि । थुप्रै बिरामीको उपचार संगीतले गर्छ । श्यामले त्यो शक्तिले थुप्रैलाई आनन्द दिएका छन् । संगीतको शक्तिका बारे नर्बे, स्वीडेनमा भएको गोष्ठीमा भाग लिए । विभिन्न कलेजमा पनि थुप्रै कार्यशालामा भाग लिन्छन् । नेपाली संगीतकाबारेमा बताउँछन् । त्यस्तो कार्यशाला विश्वविद्यालयहरुमा पनि हुन्छ ।  बिश्वमा नै कहलिएको हार्वर्ड विश्वविद्यालयमा श्यामले सारंगी तथा नेपाली संगीतको बारेमा बेलाबेलामा बिदेशी बिद्यार्थी तथा प्रध्यापकहरुलाई अध्यापन पनि गराउछन् । यो भन्दा ठुलो गर्ब गर्ने लायक र नेपाली लोक सङ्गितमा के हुन सक्छ र ?

पनि श्यामले नेपाली संगीतको बारेमा त्यहाँका प्राध्यापकहरुलाई जानकारी दिन भ्याइसकेका छन् । ती हार्वर्ड विश्वविद्यालयका प्राध्यापकहरुले एउटा वृत्तचित्र नै बनाउँदैछ र त्यसमा श्याम समेटिँदैछन् । क्रसकन्ट्री संगीतका फाइदाहरुबारे प्राध्यापकहरु केन्द्रित हुँदैछन् ।
श्यामले संगीतका ४५ कीर्ति दिइसके । त्यसभन्दा धेरै उनका कार्यक्रम देशदेशावरमा भए । श्याम त चिनिए नै सारंगी चिनियो र नेपाल पनि चिनियो । यो उनकोमात्रै होइन, नेपालकै उपलब्धि पनि हो । जीवनमा सन्तोष र आनन्द लाग्ने कुरा यही छ उनलाई । नेपालमा एउटा फिल्म बनेको थियो, सारंगी । त्यसको एउटा गीतले भनेजस्तो यो उपलब्धि र सन्तोषकै कारण श्यामको मन पनि नाच्छ छम, छम छम । जस्तो कि त्यो फिल्मको गीतमा भनिएको थियो— सारंगीको धुनले, भन्छ मेरो मनले आज नाचिदेऊ, छम छम छम…..।

तपाईको प्रतिक्रिया

अमेरिका - नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्दाराभर्खरै सम्पन्न एनआरएनए अमेरिकाको.. ...

राज्यले वास्ता नगरेको मधेस । मूलधारमा नसमेटिएको मधेस । न शिक्षा न स्वास्थ्य । न त बाटोघाटो र.. ...

अमेरिका - एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले नव-निर्वाचित कार्यसमितिलाई बधाई दिएका छन.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...