२०८१ वैशाख ७ गते | 19th of April 2024

एनआरएन अमेरिका निर्वाचन : अस्टिनबाट चम्कदैंछन पदम ठकुराठी

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १४ गते ४:३६

अष्टिन – गैर आवासीय नेपाली संघ, अमेरिकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टर पदमा टेक्सास अष्टिन निवासी पदम ठकुराठीले उम्मेदवारी दिएका छन । एनआरएनए टेक्सास च्याप्टरका वर्तमान महासचिव रहेका युवा व्यवसायी ठकुराठी ग्रेटर अष्टिन नेपाली सोसाइटीको दुई कार्यकाल उपाध्यक्ष समेत भएका रहेका थिए ।

मृदुभाषी, भद्र, मिलनसार क्षमताका धनी ठकुराठीले आफ्नो अनुभव र समाजसेवाप्रतिको लगावलाई एनआरएनए अमेरिका मार्फत व्यापक बनाउन बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दिएको बताउंछन् । ग्रेटर अष्टिन नेपाली सोसाइटी, एनआरएनए टेक्सास च्याप्टर हुंदै केन्द्रिय कार्यसमितीमा आकांक्षा राख्नु स्वभाविक हो ठकुराठीले भने – “स्थानीय रुपमा, च्याप्टर लेबलमा संगालेको अनुभव केन्द्रिय कार्यसमितीमा बसेर कार्यान्वयन गर्न पहल गर्न मेरो बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी हो ।”

“नेतृत्वले अघि सारेका राम्रा योजनाहरु कार्यान्वयनमा सहयोग र समर्थन गर्दै अमेरिकामा रहेका गैर आवासीय नेपालीहरुको अवनत्व हुने एनआरएनए बनाउन सक्दो प्रयास गर्ने मेरो अर्को प्रतिबद्धता हो” ठकुराठीले बताए । “समस्यामा परेका गैर आवासीय नेपालीहरुलाई संस्थागत रुपमा सहयोग गर्ने प्रतिबद्धता पुरा गर्न पनि बोर्ड अफ डाइरेक्टरमा मलाई जिताउन सबैको साथ र सहयोगको अपेक्षा गर्दछु” उनको आग्रह छ ।

डडेल्धुरामा जन्मिएर महेन्द्रनगर, धनगढी हुंदै २००७ सालमा अमेरिका आएका ठकुराठी २००९ देखी टेक्सासको अष्टिनलाई कर्मथलो बनाएका हुन् । नेपालदेखिको समाजसेवा प्रतिको चाहना तथा अमेरिकामा आएर पनि नेपाली संघ-संस्था र एनआरएनए अमेरिका टेक्सास च्याप्टर मार्फत एनआरएनएलाई नजिक बाट चिनेकोले पनि बोर्ड अफ डाइरेक्टरमा मेरो जित आवश्यक ठानेको छु ठकुराठीले भने । प्रवासका नेपालीहरुलाई बिभाजन भन्दा एकताबद्ध गर्दै स्वदेशमा आइपर्ने समस्याहरुका लागी पनि संस्थागत रुपमा सहयोगको पहल गर्न आफ्नो उम्मेद्धारी रहेको ठकुराठीको भनाई छ । ‘संस्थागत रुपमा देखिने गरि कार्य गर्दै समस्यामा परेका नेपालीहरुले हामी सबैको एनआरएनए हो भन्ने बनाउन पहल गर्ने मेरो अर्को प्रतिबद्धता हो’ ठकुराठीले स्पष्ट पारे ।

निर्वाचन नजिकिदै गर्दै प्रचारप्रसारलाई पनि व्यापक बनाउने योजना सहित अघि बढेका ठकुराठीलाई अष्टिनवासी नेपालीहरु तथा अग्रजहरुको पनि साथ र समर्थन रहेको छ । सामाजिक कार्यका लागी समय दिन जरुरी हुन्छ ठकुराठीले भने- “त्यो समय दिन सक्छु भन्ने प्रतिबद्धता सहित मैदानमा आएको छु ।” “एनआरएनएले अघि सारेका दोहोरो नागरिकता लगायतका ठुला मुद्धाहरु सफल बनाउन आफ्नो तर्फबाट सक्दो कार्य गर्ने अटोठ सहित टेक्सास च्याप्टर महासचिव हुंदा अष्टिनबाट नै उद्घाटन भएको हेल्प डेस्क प्रोगामलाई अझै प्रभावकारी बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता पनि जनाउन चाहान्छु” उनले थपे, “त्यसैले आगामी कार्यकाल २०१९/२०२१ का लागी मलाई बोर्ड अफ डाइरेक्टरमा बिजयी बनाउन अमेरिकामा रहेका एनआरएन मतदाताहरुको भोटको खांचो छ” ठकुराठीको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *