२०८१ वैशाख ७ गते | 19th of April 2024

एनआरएन अमेरिकाको आठौं बार्षिक साधारण सभा जुलाई ६ र ७ शिकागोमा

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १४ गते ५:२०

राेशन अधिकारी
गैह्र आवासीय नेपालीसंघ अमेरीका (NRNA NCC, USA) को आठौं बार्षिक साधारण सभा यही जुलाई ६ र ७ मा सिकागोमा हुन लागेको कुरा एनआरएनए एनसीसी अमेरिका का अध्यक्ष डा.केशब पाैडेल ले बताउनु भएकाे छ । काठमाण्डौमा हुन लागेको आईसीसी सम्मेलनको पुर्बसंध्यामा हुनलागेको यस साधारणसभालाई सबैले चासोको रूपमा हेरिरहेका छन ।आईसीसीका अधिकांश पदाधिकारीहरूको उपस्थिति रहने भएकोले यो सभाकाे महत्व झन बढेर गएकोछ।

विधान संसाेधनदेखी आगामी नेपालमा हुने आईसीसीकाे निर्वाचनमा पनि याे साधारण सभाले भूमिका खेल्ने भएकाेले यसलाई सबैले अमेरिकामा मात्र नभई विश्व भरका एनआरएनएहरूले निकै चासोका साथ नियालीरहेका छन । सबैभन्दा ठुलो एनसीसी अमेरीकाको आसन्न निर्बाचनमा एनसीसी र च्याप्टर कमिटीमा निर्वाचित पदाधीकारीहरूको सपथग्रहण तथा पद हस्तान्तरण लगायत बिधान संसोधन पनि यसै सम्मेलनमा हुने भएकाेले पनि याे सभा ऐतिहासिक हुने कुरा मध्यपूर्व क्षेत्रीय संयोजक एवं कन्भेनर राधा पौडेलले बताउनु भएकोछ ।

सम्मेलनको लागि सिकागोको ओहेयर अन्तराष्ट्रीय बिमानस्थल नजिकै Sheraton Suites Chicago O’Hare (6501 Mannheim Road Rosemont, Illinois 60018 होटल रिजर्भ गरिसकिएको कुरा एनआरएनए ईलिनोई च्याप्टरका च्याप्टर अध्यक्ष सत्यनारायण चौधरीले जानकारी गराउनुभयो ।

प्रतिरूम $110 पर्ने सो होटलमा समयमै आफ्नो रूम बुक गर्नको लागि यहॉक्लिक गर्नुहोला :

एनआरएन सम्मेलन शिकागो लागि होटेल

उक्त सम्मेलन सफल पार्नको लागि एनआरएनए एनसीसी अमेरिकाका सबै च्याप्टरहरूले पनि हातेमालाे गरेर जाने कुरा बिस्कनसन च्याप्टरका अध्यक्ष एवम उपाध्यक्ष पदका उम्मेदवार बुद्धि सुबेदीले वताउनु भयाे । एनआरएनएको सिकागो सम्मेलन सिकागोकै प्रतिष्ठासंग जोडिएकोले यो सम्मेलनलाई अबिष्मरणीय बनाउन सबै सिकागोवासी लागी पर्नेकुरा एनआरएन एनसीसीका सल्लाहकार डा. बिष्णु फुंयालले वताउनु भएकाेछ ।

साधारण सभालाई चुस्त र दुरुस्त वनाउनका लागी बिभिन्न समिति र उपसमितीहरू गठन गरिने ewa साथै सभाकाे तालिका चाडै नै सावंजनिक गरिने कुरा कन्भेनर राधा पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *