२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

शुभकामना, लसएन्जलसबाट एनआरएन, अमेरिकामा प्रतिनिधित्व गर्न खोज्ने अनुहारहरुलाई

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १५ गते १९:०७

सुदिप पन्त , लस एन्जलस, अमेरिका ।  क्यालिफोर्नियाको लसएञ्जलसबाट निकट भबिश्यमा हुन लागेको एनआरएन अमेरिकाको चुनावमा बिभिन्न पदहरुमा उम्मेदवारको रुपमा प्रस्तुत भएका ब्यक्तीहरुको बिषयमा नितान्त ब्यक्तिगतरुपमा आफुले देखेको भित्र र बाहिरका उनिहरुको ब्यक्तित्वको बारेमा छोटो चर्चा गर्दै छु । बिगत केही बर्ष देखी यहाँका सस्थाहरु र ब्यक्तिहरुको नेपाली समाज प्रतीको योगदान र सकृयताका कारण एब अमेरिकाका बिभिन्न संघसस्थामा केन्द्रिय भूमिकामा थुप्रै ब्यक्तीहरुले बिभिन्न समयमा महत्वपूर्ण जिम्मेवारि सम्हालेका कारण पनि लसएञ्जलसबाट आफ्नो टिमको सदस्य बनाउनको लागि अध्यक्षका उम्मेदवारले बिशेष चासो राखेका हुन्छन ।

त्यस्तै जनसंपर्क समितिको अत्यन्त कृयाशिल शाखा एब नीति निर्माणको तहमा प्रमुख भूमिका रहने केही प्रभावशाली ब्यक्तिहरु लसएञ्जलसमा रहेका कारण पनि उम्मेदवारहरुको महत्व बढेको देखिन्छ । आँकाक्षी धेरै भए पनि मुलत: उनिहरुको ब्यक्तित्व र पहुचले पनि जितहारको लागि ठुलो भूमिका खेलेको हुन्छ । अहिले सम्म अाइसिसी बाहेक एनआरएन अमेरिकाका बिभिन्न तहमा उम्मेदवार घोषणा गरेका ब्यक्तिहरु निम्न छन ।

उमा कार्की थापा – थुप्रै संघसस्थामा अत्यन्त जिम्मेवारिका पदहरु सम्हालेकी थापा सिङो अमेरिका भित्र यो पल्ट अत्यन्त बलियो उम्मेदवारको रुपमा अगाडि आएकी छिन । गत चुनाबमा उपाध्यक्षमा उम्मेदवार भएर पराजित बनेकी उनी यो पल्ट सोही पदमा उठेकी छिन । काङ्रेस अर्थात जनसंपर्क समितीमा खुलेर लागेकी थापालाई प्रभावसाली ब्यक्तिहरुको सहयोग र समर्थन रहेको छ । बिशेष शुत्रका अनुसार गौरी जोशीको टिमबाट उनको उम्मेदवारि रहनेछ ।

इन्दिरा त्रिपाठी – लामो समय देखी लसएञ्जलसका बिभिन्न गतिबिधीहरुमा संलग्न रहदै आएकी त्रिपाठीले महिला संयोजकमा आफ्नो दाबेदारी प्रस्तुत गरेकी छिन । स्थानिय संघसस्थामा महत्वपूर्ण पद सम्हालेकी त्रिपाठी सक्षम महिला नेत्री हुन । सहज र सरलताका साथ जहाँ पनि सहयोगि भूमिकाको रुपमा देखा पर्ने उनको स्वभावले उनलाई अगाडि बढाउन मदत गरेको छ । राजनीतिबाट टाढा रहेकी उनी सम्भवत डा. पौडेल या रबिना थापाको टिमबाट उम्मेदवार हुने सम्भावना छ । गत निर्वाचनमा उनिले महिला संयोजक पद सहमतिमा छोडेकीथीइन् ।

राम बाबु पाण्डे – सफल ब्यबासायी र सामाजिक ब्यक्तित्व पाण्डे अत्यन्त इमान्दार र सोझो ब्यक्तीको रुपमा चिनिन्छन । क्यालिफोर्निया राज्यको लागि अध्यक्षको उम्मेदवारको रुपमा उनी मैदानमा आएका छन । क्यालिफोर्निया एनआरएन च्याप्टरका उपाध्यक्ष रहेका उनी यहाँको स्थानिय संघसस्थाहरुमा पनि उत्तिनै सकृय छन । प्रबाशी नेपाली मन्चसँग आबद्द भए पनि उनी सबैको साझा उम्मेदवारको रुपमा रहेका छन । जनसंपर्क समितीका सकृय नेत्रित्वहरुले पाण्डेलाई सर्बसम्मत गराउन पहल गरिरहेको बुझिएको छ ।

टेक बहादुर लामा – लसएञ्जलस निवासी लामा सामाजिक कृयाकलापमा रुची राख्ने ब्यक्ती हुन । यहाँको संघसस्थामा आबद्द उनी निर्णय गर्ने भन्दा गरिएको निर्णय कार्यन्वयन गर्न कटिबद्द भएर लाग्ने ब्यक्ती हुन । अहिले उनी सचिब पदको उम्मेदवार भएका छन । अनुभवलाई अझ परिपक्व बनाउदै मेहनत गरे सस्थालाई चहिने ब्यक्ती हुन उनी । जातिय समिकरणको कुरा आउँदा राम्रो टिममा पर्न सक्ने र जातिय सस्थाबाट सहयोग पाए राम्रो मत ल्याउन सक्ने देखिन्छ । उनी रबिना थापाको टिमको नजिक मानिन्छन तर सबै सँग उनको संपर्क राम्रो रहेको छ ।

कर्ण चन्द – उर्जाशिल युबा चन्दले बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारि दिएका छन । नेपाली समाजमा हुने हरेक गतिबिधीहरुमा सकृय सहभागि हुँदै आएका उनको उर्जा र क्षमता प्रयोग गर्न सकियो र उनले अवसर पाएमा एनआरएन अमेरिका बलियो हुने उनका हितैषीहरुको दावी छ । आफुलाई स्वतन्त्र र कुनै पनि टिमको उम्मेदवार नभएको दावी गर्ने चन्द जनसंपर्क समितीको केन्द्रिय अध्यक्ष आनन्द बिष्ट र उनको टिमले तयार पार्ने उम्मेदवारहरुमा पर्न सक्ने जानकारहरु बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']