२०८१ वैशाख १५ गते | 27th of April 2024

एनआरएनए निर्वाचन : वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार नारायण कंडेल

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १७ गते १:१५

डालस – एनआरएनए अमेरिकाको निर्वाचनको संघारमा टेक्सासबाट नारायण कंडेलले बरिष्ठ उपाध्यक्षमा चुनाव लडेका छन । नामको मात्र होइन काम पनि बरिष्ठ हुनुपर्ने मुख्य उद्धेश्यका साथ कंडेलले उम्मेदवारी दिएको बताएका छन् । कंडेलले भने ‘मेरो अनुभव अनि भावनाले बरिष्ठ उपाध्यक्ष पदको कदर गर्न योग्य देखेर यो पदमा उम्मेदवारी दिएं ।’ राजनिती र सामाजिक पृष्ठभुमिका कंडेल बिगत लामो समयदेखी अमेरिकामा कृयाशिल छन ।

चितवनमा जन्मिएका कंडेल बिबिध कारणले मातृभुमी छोडेपनि भौगोलिक दुरीले नेपाल र नेपालीप्रतिको कर्तब्य, माया, दायित्व र सद्भावलाई अलग बनाउन नसक्ने बताउँदै सांगठिक रुपमा एक भै विश्वका जुनसुकै भुगोलमा रहेका नेपालीको हितमा काम गर्नुपर्ने धारणा सहित चुनावी मैदानमा उत्रिएको बताउंछन । स्वदेशमै राजनितीकर्मी, सामाजिक अभियन्ता र सफल ब्यवसायिका रुपमा परिचित कंडेल अमेरिका बसाईका क्रममा पनि बौद्धिक नेतृत्व क्षमता भएका अनुभवी ब्यक्तीका रुपमा परिचित छन् ।

बृहत संगठन हुँदाहुँदै पनि एनआरएन अमेरिकाप्रतिको जनगुनासो र यसभित्रका कमी कमजोरीलाई चिर्नका लागि विशुद्ध सामाजिक भावले चुनावी मैदानमा उत्रन लागेका कंडेल लामो समयको आफ्नो अनुभवलाई प्रयोग गरेर नेपाली समुदायको चाहना अनुरुपको एनआरएनए निर्माण र नेपालको बिकासमा कटिवद्ध रहने प्रणका साथ उनि मैदानमा उत्रिएको बताउंछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *