२०८१ वैशाख १५ गते | 27th of April 2024

जिपी फाउन्डेशन, अमेरिकाद्दारा न्यूयोर्कमा शुभकामना कार्यक्रम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १७ गते १०:२९

नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जीपी कोइराला फाउण्डेशन, अमेरिका शाखाले न्युयोर्कमा नेपालि नयाँ बर्ष २०७६ को शुभकामना अादान प्रदान कार्यक्रम भव्यता का साथ सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख आतिथिद्वय न्युयार्क राज्यका सेनेटर जोन सि.ल्यु र न्युयोर्क क्विन्स राज्यकी सभापति मेलिन्दा काज्ट लगायत बिशिष्ट अतिथीहरू न्युजर्सी राज्यकी सांसद क्यारोल मर्फि, क्वीन्स राज्यका पुर्व प्रधानन्ययाधीस थोमास राफायाल, न्युयोर्क राज्यकी सांसद क्यतलिना क्रुजको तर्फबाट अफ्सना अक्टर, न्युजर्सी डेमोक्रेटिक कमिटीका प्रमुख माइकल सि.मुलर, साउथ क्वीन्स कम्युनिटी चर्चका पास्टर ईमानुएल एस्से, फ़िलिपीनो अमेरिकी समुदायकी वकिल लारा ग्रेगोरी, इन्डियन अमेरिकन समुदायकी डा. पल्लवी पटेल, न्युयोर्क राज्य श्रम बिभागकी मिर्ना भेल्सकोयज, क्वीन्सब्रो प्रेसिडेन्ट अफिसका कम्युनिटी डाइरेक्टर महोमद ह्याक, चाईनिज अमेरिकनकी रेलस्टेट डायरेक्टर यमि गुस्सिय,अधिकारकी निर्देशक नर्वदा क्षेत्री, ईमिग्रेसन लयर एडवार्ड कुसिया तथा अतिथिहरु तामाडं समाज अमेरिकाका संस्थापक अध्यक्ष सुवास लामा, पुर्व सभापति इन्द्र तामाङ, न्युयोर्क च्याप्टरकी सभापति गोमा योन्जन, नेपाली जनसम्पर्क समिति, न्युयोर्क च्याप्टरका सभापति रोशन ढुंगाना, एनआरएन अमेरिकाका बोर्ड अफ डाईरेक्टर आडनिमा गेल्जे शेर्पा, नेपाली जनसम्पर्क अमेरिकाका सचिव भोजराज थोकर, कलाकारहरू राम श्रेष्ठ, बिमल डागी, नुच्छेनारायण डंगोल, अनु खड्का, पत्रकारद्वय मुकुन्द सुबेदी र बि के नेवाको उपस्थिती रहेको थियो ।

फाउण्डेशनका सल्लाहकार मोहनसिंह बिष्ट, ह्यण्ड ईन ह्याण्ड न्यु यार्क युनिभरसिटिको क्लबकी अध्यक्ष प्रियंका थापा, नेविसंघका पुर्व केन्द्रीय सदस्य अन्जान चौंलागाई, बङलादेश अमेरिकन तथा मेलिन्दा काज्तकी सहयोगी मोहम्मद रसीद र सामाजिक अभियन्ताहरु रतन लामा, ट्री प्रधान, सोनाम घिसिङ लामा, आङ्ग दोर्जे शेर्पाहरुको उपस्थिति थियो । फाउण्डेशनका उपसभापति सुवर्ण लामा, केन्द्रीय सदस्यहरु छेमाङ लामा, प्रेम पौडेल, शारदा झेत्री, राम कोईराला, बिमल डांगी, राम श्रेष्ठ हरुकोपनि उपस्थिती रहेको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता जि.पि. कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले गर्नु भएको थियो भने महासचिव सुरेन सापकोटाले प्रमुख अतिथिद्वयलाई नेपाली टोपी र खादा लगाई स्वागत गर्नु भएको थियो । साथै क्वीन्स राज्यकी अध्यक्ष मेलिन्दा काज्तलाई फाउण्डेशनकी कोषाध्यक्ष ब्रेन्दा राई र सह-कोषाध्यक्ष पुनम राना मगरले दोसल्ला र खादा ओढाई स्वागत गर्नुभएको थियो भने फाउण्डेशनकै केन्द्रीय सदस्य सुश्री फुर्वा शेर्पाले फुलको गुच्छा दिएर स्वागत गर्नु भएको थियो ।

प्रमुख अतिथिहरुले शुभकामना मन्तव्य दिदै बिभिन्न कारणले समस्या भोगिरहेका नेपाली समुदायका सदस्यहरुलाई आवश्यकतानुसार सहयोग गर्दै जाने जानकारी समेत गराउँनुभयो । कार्यक्रमको उदघाटनमा दुवै राष्ट्रका राष्ट्रीय गान गाएर गरिएको थियो । नेपालि राष्ट्रिय गान गाउने बालकलाकारहरु क्रमशः एन्जेलिना मल्ल, अरोन मल्ल र स्मारिका पाण्डे थिए भने अमेरिकी राष्ट्रिय गान प्राप्ति श्रेष्ठले गाएकी थिईन ।

अध्यक्ष सोमनाथ घिमिरेले स्वागत मन्तव्य दिनु भएको थियो भने कोषाधक्ष ब्रेन्दा राईले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको अन्तमा अतिथिहरु नेपाली लोक-दोहोरी गितमा नाचेर रमाइलो गर्नु भएको थियो।

स्वर्गिय गिरिजा प्रसाद कोईरालाको संझनामा स्थापित फाउण्डेशनले नेपाल र बिदेशमा समेत आफ्नो शाखा विस्तार गर्दै देशका निम्ति लोकतन्त्र, शान्ति र विकासका क्षेत्रमा योगदान गर्दै जाने उदेश्य राखेको छ । कार्यक्रम न्युयार्कको बाजेको सेकुवा रेष्टुरेन्टमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *