२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

प्रतिबद्धताको होईन प्रतिफलताको एनआरएन बनाउन प्रयास गर्नुछ – आईसीसी सदस्य उम्मेदवार शिवराज पौडेल

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १८ गते १९:४५

बाल्टिमोर – मेरिल्याण्ड निवासी ईन्जिनियर शिवराज पौडेलले एनआरएनए आईसीसी सदस्यमा आफ्नो उम्मेदवारी दिएका छन् । एनआरएन अभियानमा निरन्तर लागिपरेका पौडेल एनआरएनका बिभिन्न पदमा रहेर काम गरेको अनुभवलाई सामाजिक सेवाका लागि पोख्न आईसिसी सदस्य पदमा उठेको बताउंछन ।

२०१४ सालदेखी एनआरएनमा आवद्ध पौडेल एनआरएनए अमेरिकाको २०१५ देखि २०१७ सम्मको कार्यकालमा एनआरएन एनसीसी संचालक समितिका सदस्य रही काम गरेका थिए । विधान समितिको संयोजक समेत रहेका पौडेलले आसन्न निर्वाचनमा एनआरएनलाई बलको होईन बिधिको बाटो हिडाउने अभिलाषाले आईसीसी सदस्यका लागि उम्मेदवारी दिएको बताउंछन ।

रामेछापमा जमिएर पुल्चोक क्याम्पसबाट सिभिल इञ्जिनियरिङमा स्नातक पौडेल ईन्जिनियरिङ्गगको सोही बाटोमा अमेरिकामा पनि सकृय छन । सन् २०१२ देखि अमेरिकाको मेरिल्याण्ड बस्दै आएका पौडेल नेपालमा हुँदा नेपाल विद्यार्थी संघको राजनैतीक अभियानमा सकृय थिए ।

एनआरएनए आईसीसीलाई नेपालीको साझा चौतारीको रुपमा विकास गर्ने पौडेल सोच रहेको र प्रवासी नेपालीहरूलाई एकत्रित गर्दै नेपालको कला, धर्म, संस्कृति, पर्यटनको विकासमा टेवा पुर्याउने ईन्जिनियर शिव राज पौडेलको चुनावी योजना रहेको बताउंछन । पारदर्शिता, सहभागिता, समावेशिता र विश्वसनियता हाम्रो प्रतिबद्धता र हामी संगै काम गरौ भन्ने नारा अंगिकार गर्दै अगाडी बढेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']