२०८१ वैशाख ८ गते | 20th of April 2024

कानुनको देशमा सुनियोजित चरित्र हत्याले सत्यता र सुनील डग्दैन : साह

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख २६ गते २२:३१

टेक्सास – एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी सुनीलकुमार साहले आसन्न निर्वाचनको त्रासले आफ्नो बिरुद्ध अनर्गल प्रचार, बिभिन्न हथकन्डा र आफ्नो चरित्र हत्या गर्न अनैतिक खेल खेलिएको बताएका छन । ‘चुनावको मितिको ढोकामा अनर्गल प्रचारको छिस्किनी लगाईएको छ’ साहले भने ‘ ‘यो सब पराजित मानसिकताको पराकाष्ठा हो ।’

नेजाले आयोजना गरेको डालस बहसमा देखिएको हर्कतको बारेमा खुल्लामन्चको प्रश्नमा आधारहीन साहले सुनियोजित तवरले मेरै गाउंमा एनआरएनएको वरिष्ठ उपाध्यक्ष तथा निर्वाचनमा अध्यक्षको पदको मैले आफ्नो धारणा राख्दैगर्दा बबाल गर्ने हर्कत बहुत ठुलो षणयन्त्रको कुरो भएको बताए । आफ्नो बिरुद्धमा अनर्गल विषय उठाउंदै सहकर्मी उम्मेद्वारहरुले अनावश्यक बिषवमन गर्दै आफ्नो चरित्र देखाउंदा आँफैलाई लज्जा लागेको साहले बताए । ‘मेरा विरुद्ध आरोप भए सिधैं अगाडि नआई विज्ञको नाममा कुनै व्यक्ति खडा गरेर काम गराउन उद्दत देखिने उम्मेद्वारहरु पनि एउटै पसलमा देखिंदा लाज लागेको छ,’ साहले बताए ।

संस्थामा आवद्ध मतदाता, संस्थाप्रति तिनका सम्मान र आस्थालाई अपमान गराउने गरी चुनावी प्रकृयालाई अविश्वास गरेर अध्यक्षका प्रत्यासी साथीहरुको अभिव्यक्ती प्रदर्शन हुने गरेको, एनआरएनए अमेरिकाको सदस्य बनाउंदा भेरिफिकेशन कमिटि र सुरपरिभिजन कमिटीको कामप्रति अविश्वास गरिएको, ती दुई शक्तिशाली समितिमार्फत भेरिफाइड सदस्यहरुलाई नैं अविश्वास गरी निर्वाचन निष्पक्ष नहुने भन्दैं मतदाताकैं अविश्वास र अपमान गर्ने गरी मेरा अन्य प्रतिस्पर्धीहरुले गरेको वाहियातको  प्रचार र गतिविधीहरुप्रति आफ्नो भर्त्सना रहेको साहले बताए ।

‘संस्थाप्रतिको आस्था, भरोषा र विश्वासलाई तिलान्जली दिएर पराजयको डरले अदालतमा मुद्दा हाल्नेहरुको प्रमाण पनि मसंग छ, तर म चुप छु । किनकी यो प्रजातान्त्रिक प्रकृयाप्रतिको विश्वाश हो । ‘मतदाताको अपमान गर्ने मात्र होईन अदालत जाने धम्की दिएका होईनन, गईसकेको उदाहरण छ ।’ साहले बताए ।

नेजाद्दारा आयोजित बहसमा आफुलाई सोधिएको प्रश्नको जवाफ दिएको बताउंदै साहले केही प्रत्याशीहरुका ईशारामा कुनै नाम भएका पात्रले अभद्र व्यबहार देखाएको बारेमा जति नै खेद गरेपनि अपुग हुने साहले बताए । ‘अमेरिकाभरबाट आउनुभएका पाहुनाहरुको अगाडी डालसको ईज्जत जानेगरी गरिएको त्यो पात्रको ब्यवहार समग्र डालसको बेईज्जतको रुपमा लिएको छु’ साह थप्छन, ‘एउटा विज्ञले नेजाद्दारा आयोजित बहसमा ‘लिखित जिज्ञासा मात्र लिईने’ नियम नबुझेकोमा बिद्दतामाथी शरम लागेको छ ।’

‘प्रश्न सोध्ने तर उत्तर दिन नदिने गरी बातावरण र माहौल तयारी गरिएको विज्ञहरुको समुहले गरेको प्रयासका बाबजुद आफुले आँफैमाथी उठेका प्रश्नहरुको उत्तर दिंदा सम्बन्धित ब्यक्तिको नाम उल्लेख गर्न नहुने भए प्रश्न किन सोधियो ? चरित्र हत्या गर्न वा कार्यक्रम भड्काउन ? सोधिएको प्रश्नको जवाफ लिन तयार नहुने भए किन सोधियो ? राजनीति गर्न ? साहले प्रतिपरश्न गरे, ‘आफुसंग ३ हजारभन्दा बढी पकेट मत छ भन्दैं अन्य उम्मेद्वारलाई तर्साउने गरी कार्यक्रम अगाडी देखाईएको दादागिरीको बयान गर्ने कुनै निकाय छ भने उत्तर पाउन हतार भएको’ साहले बताए ।

सदस्यता निर्माण अभियान, बहुचर्चित वेब साईट निर्माण प्रकृयाबारे नेजा बहसमा उठेको तपाईमाथीको आरोपबारे साहलाई सोधिएको खुल्लामन्चको जिज्ञासाबारे साहले ‘कानुनी राजको देश अमेरिकामा कहीं कसैले गल्ती गरे सजायको भागीदार हुने सामान्य जानकारी सबैलाई भएको जनाउंदै एनआरएनए अमेरिकाको कार्यसमिती, सदस्यहरुलाई खुलस्त हुने गरी सार्वजानिक रुपमा ‘कन्ट्र्याक गरेर’ गरिएको प्रकृयाबारे सबै जानकार रहेकोले आफुले कुनै गल्ती गरेको प्रमाणित गरे हरसम्भवको सजायको भागीदार रहेको’ जनाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *