२०८१ वैशाख ७ गते | 19th of April 2024

यूएनए चौथौ सम्मेलनका लागि नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडल लस-एन्जलसमा

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख २८ गते २१:५२

लस-एन्जलस – युनाइटेड नेप्लिज एसोशिएशन अमेरिका यूएनएको चौथौ सम्मेलन विशेष नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडलको दक्षिण क्यालिफोर्निया अडिसन आगामी साता आईतबार में १२ तारिखका दिन अडिसन हुने भएको छ । यसै क्रममा अमेरिकामा रहेका नेपाली र नेपाली मुलका अमेरिकन युवा प्रतिवाहरूको क्षमता अभिवृद्दिका लागि यस्तो कार्यक्रम गर्न लागिएको लसएन्जल्स क्षेत्रको संयोजक टेक वाईवा लामाको भनाई छ ।

७ बर्षदेखी १६ बर्षसम्मका लस-एन्जलसवरिपरिका शहरबाट भाइबहिनीहरुले आफ्नो प्रतिभा सहित यूएनए नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडल लस-एन्जल्स अडिसनमा सहभागी हुन कार्यक्रम संयोजक टेक लामाले सबै अभिभावकहरुलाई अनुरोध समेत गरेका छन् । यूएनए चौथौ सम्मेलनका लागि सांस्कृतिक समितिका संयोजक एवं नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढाले संयोजन गरिरहेको छ र नेपालीहरुको बाक्लो बस्ती रहेका राज्यमा नेपाली समाजका प्रतिष्ठित व्यक्तिमध्येबाट निर्णायकहरु छनौट गरिएको बताएका छन् ।

यसै शिलसिलामा क्यालिफोर्निया लसएन्जल्समा नेपाली अमेरिकन लिटल ट्यालेन्ट आइडल अमेरिकामा बाहिर नदेखिएका, लुकेका युवा प्रतिभाहरुलाई बाहिर ल्याउनको लागि अडिसन कार्यक्रम आयोजना गरिएको हो । यहाँबाट छानिएका भाइबहिनीहरु सेमी फाइनल राउण्डको लागि न्युयोर्क जानेछन् र निर्णायकहरुमा क्विज़ कनटेक्सको लागि एनआरएनए एनसिसि -अमेरिकाको महिला संयोजक इन्दिरा त्रिपाठी र युथ कोओर्डिनेटर स्वराज खाती र गायनको निम्ति कलाकार शिला आलेमगर र एस राज प्रोडक्सनका शंकर राज वाग्ले (एस राज) निर्णायक रहेको छ र नृत्यको लागि चर्चित नृत्यकार सुरज श्रेष्ठ लगायत अमित लुईटेल पनि रहेका छन् ।

कार्यक्रम लसएन्जल्सबसी नेपालीहरुको मन्दिर श्री पशुपति फ़ाउन्डेशन तथा बुद्ध मन्दिर मा हुनेछ । सो कार्यक्रमको लागि लसएन्जल्समा अवस्थित स्थानीय सबै संघ संस्थाहरु श्री पशुपति फ़ाउन्डेशन , नेपाल अमेरिका एकता समाज , एन आर एन एन सि सि क्यालिफोर्निया च्याप्टर, स्थानिय संस्थाहरु तामांग सोसाइटी र गुरुङ सोसाइटी, बुद्धिष्ट लोसाईटी लसएन्जल्स, मधेसी एसोशिएशन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष दिनेश शाह , सामाजिक अभियान्त बेदभक्त जोशी,  ई. कन्हैया कायस्थ , राजेन्द्र शिवाकोटी,  सूर्य प्रसाई,  चिरन्जिवी गौतम,  सुवास भण्डारी , अनिल के.सी,  बीरबल बुढाथोकी,  श्याम जोशी,  सिद्धार्थ सिलवाल,  झमक नीरौला,  कृष्ण क़ोईराला, देवीचरण घिमिरे,  दिल श्रेष्ठ,  अमृता ग़ैरे सपकोटा,  सारदा श्रेष्ठ, जोसेफ़ घले,  अर्जुन ठकुरि,  गोपाल अधिकारी,  राजेश नीरौला,  मनिता गोपाल लगायतका थुप्रै संघ संस्थाहरुका विभिन्न ब्यक्तित्वहरुको साथै पत्रकारहरुको पनि सहयोग समर्थन रहेको छ ।
विशेषगरी महावाणिज्यदुत ऋषि ढकाल, पर्यटन दुत रामेश्वर भण्डारी, पशुपति फ़ाउन्डेशनका पुर्व अध्यक्ष भक्त थापा,  बर्तमान अध्यक्ष गोकुल पौड्याल,  एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष रामबावु पाण्डे, लगायतका सामाजिक अभियान्तहरुको साथ रहेको छ ।

कार्यक्रमको लागि ठेगाना :-
Address: 10843 Kenney Street, Norwalk, CA
(Shree Pashupatinath and Buddha Mandir)
Date: May 12, 2019
Time : Sunday (5-8pm)

Leave a Reply

Your email address will not be published. Required fields are marked *