२०८१ वैशाख ८ गते | 20th of April 2024

गोर्खाली रगत, चितवनको पानी र एनआरएनए अमेरिकाको जोश – सचिव पदका उम्मेदवार अमृत कट्टेल

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख २८ गते २२:२४

टेक्सास – एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागि सचिव पदका उम्मेदवार अमृत कट्टेल आसन्न निर्वाचनमा आफुले जिते युवा सहभागीताको एनआरएनए अमेरिका बनाउन लागिपर्ने बताउंछन । ओक्लोहामा राज्यमा सफल ब्यवसायिक जीवनका स्थापित युवा कट्टेल डालसका बिभिन्न संघ-संस्थाहरुमा रहेर काम गरिसकेका ब्यक्ति हुन ।Image may contain: Amrit Kattel, smiling, text

एनआरएन अमेरिकाको वर्तमान कार्यसमितीमा बोर्ड अफ डाइरेक्टर युवा व्यवसायी कट्टेलले सकृय रुपमा दुई बर्ष काम गरिसकेको अनुभवलाई समाजसेवामा पस्कन आफुले सचिव पदमा उम्मेदवारी दिएको बताउंछन । पत्रकारिता, अमेरिकामा नेपाली समुदायसंगको बलियो संसर्ग र एनआरएन अमेरिकामा काम गरेको अनुभवले सचिव पदमा अमेरिकाभरबाट आफु माथी ममता र सम्बन्धको विश्वाश हुने कट्टेलले बताए ।

नेपाल बिद्धार्थी संघमा सकृय बिद्धार्थी राजनीति गरेका कट्टेलले राजनैतीक तथा सामाजिक चेतनाको अनुभवले आफुले एनआरएनमा गएर दोहोरी कर प्रणाली र मजबुत संस्था बनाउनका लागी लागिपर्ने बताए । गोरखाली पुर्खा, चितवनको पानी, काठमान्डौंको संघर्ष, परिवारको सपना र अमेरिकाको वर्तमानलाई समेटेर एनआरएनमा काम गर्ने कट्टेलले बताए ।

बिजयी अध्यक्ष तथा महासचिवको योजना अनुरूप ‘हाम्रो र राम्रो’ एनआरएनए अमेरिका हाम्रै सक्रियता र सही छनौटले मात्र बनाउन सकिन्छ भन्ने मान्यता राख्ने अमेरिकाका नेपाली युवाहरुमाझ ‘बाघ’ का नामले चर्चित कट्टेल एनआरएनए अमेरिकामा युवाहरुको मनको अमृत बन्ने चाह रहेको बताउंछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *