२०८१ वैशाख १३ गते | 25th of April 2024

शशीचन्द्र अधिकारी – अनुभव र सामाजिक सकृयताका एक बलिया उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख २८ गते २२:५७

केन्टकी – ‘एउटा संस्थामा कटिबद्धताका साथ सकृय रहनाका खातिर अनुभव, सम्य र क्षमता चाहिन्छ’, नेजाले आयोजना गरेको हरेक बहस कार्यक्रममा पुगेका सफल नेपाली ब्यवसायी शशीचन्द्र अधिकारीले दुई मिनेट छुट्याईएको कार्यक्रमको शुरुमा यही लाईन भन्दथे । नविन सोच र प्रवासी अनुभव एनआरएनए मार्फत समाजसेवाका लगाउन आफु कार्यसमितिको सदस्य पदको उम्मेद्वारको रुपमा भाईचारा बढाउन राज्य-राज्य चाहरेको बताउंछन, अधिकारी ।

देख्दैमा भिमकाय शरीरका अधिकारी एनआरएनलाई अझ चुस्त, दुरुस्त र सेवामुखी बनाउन विधि, नीति र सेवामुखी पाईलाहरु आवश्यक रहेको बताउंछन । ‘आफूले अहिलेसम्म हासिल गरेको अनुभव र संघमा केहि युवा र व्यवसायिक व्यक्तिहरूको योगदान रहने गरी कार्य सम्पादन अघि बढ्ने छु’ अधिकारीले बताए । ‘दोहोरो कर प्रणालीवारे धेरैमा भ्रम र ज्ञानको कमी छ । यसलाई चिर्न म लागिपर्नेछु ।’शशिचन्द्र अधिकारीको एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा उम्मेद्वारी

एनआरएन आईसीसीको सेफ्टी एण्ड सेक्युरिटी कम्युनिटीमा सन् २०१७–२०१९ सम्म सदस्य रहेका अधिकारी एनआरएनएभित्र रहेका राजनीतिक विकृति हटाउन तथा संस्थागत विकास गर्न आफूले उम्मेद्वारी दिएको बताउंछन । ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूल नारा लिएर म चुनावी अभियानमा होमिएको हुँ,’ अधिकारीले बताए । ‘प्रवासमा रहेका नेपालीले दिने एक-एक मतले संस्थाको भाग्य निर्धारण गर्छ ।’ आफ्नो अमूल्य मत सही व्यक्तिलाई दिएर मर्यादित संस्था निर्माण गर्ने अभियानमा सहभागि होऔं’ अधिकारीको अपिल छ ।

‘प्रजातान्त्रिक मुलुकको उच्च अभ्यास बुझेका हामीले एनआरएनए अमेरिकालाई हाम्रो र राम्रो संस्था बनाउन हातेमालो गरेर हिड्नु पर्छ,’ अधिकारीले थपे । ‘व्यक्तिगत कुण्ठा वा प्रतिशोधको भावना पालेर गरिने आरोप प्रत्यारोपले हामीलाई सही गन्तव्यमा पुर्याउंदैन । यसमा हामी सजग र चिन्तित हुनुपर्छ ।’ चुनावी परिणाम केवल संस्था संचालन गर्ने वा बडी निर्माणका लागि मात्र नभई कर्तब्यबोध गराउने, दायित्व र जिम्मेवार वहन गर्न सिकाउने गुणात्मक अभ्यास भएको अधिकारीको बिचार छ । विभिन्न संघ संस्थामा काम गरेर अनुभव र प्रतिष्ठा कमाएका अधिकारी बोर्ड अफ डाइरेक्टरका लागि प्रभावशाली र बलिया उम्मेद्वार रुपमा देखिएका छन, अधिकारी ।

-सुरेश कोईरलाको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *