समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

6828 पटक पढिएको

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ ।
काठमाडौं घर भइ हाल टेक्ससको अस्टिनमा बस्दै आएका सुवोध तण्डुकारको कर्पस क्रिस्टीस्थित सामुद्रिक किनारमा छालले बगाएर निधन भएको हो । साथीहरुसँग बिदा मनाउन गल्फ अफ मेक्सिकोको सामुद्रिक किनारमा गएर पौडी खेल्ने क्रममा छालले तानेको बताइएको छ ।
कर्पस क्रिस्टी टेक्ससको प्रमुख सामुद्रिक पर्यटकीय स्थल हो । यो ठाउँ टेक्ससको ड्यालसबाट चारसय २५ माइल टाढा रहेको छ ।
‘सबै विवरण मैले पनि पाएको छैन, अहिले लाशलाई स्थानीय अस्पतालमा राखिएको खबर मैले पाएको छु,’ मृतकका मामा राजेन्द्र श्रेष्ठले टेलिफोनमा हिमालय खबरसँग भने । श्रेष्ठ न्यूयोर्कमा बस्दै आएका छन् । उनी टेक्सस आउने तयारीमा छन् ।
३५ वर्षिय सुवोधले गत वर्षमात्र नेपाल गएर बिहे गरेका थिए । उनले पत्नीलाई समेत अमेरिका ल्याउनका लागि आवश्यक प्रकृया अघि बढाइसकेका थिए । सूचना प्रविधि (आइटी) मा कार्यरत उनले तीन महिना अघिमात्र अस्टिनमा घर किनेका मामा राजेन्द्रले जानकारी दिए ।
‘अब नेपालबाट सुवोधका बा–आमालाई ल्याउनका लागि प्रकृया सुरु गरिएको छ,’ राजेन्द्रले भने । सुवोधको शवलाई स्थानीय कर्पस क्रिस्टी मेडिकल सेन्टरमा राखिएको छ ।
मृतक तण्डुकारकी उनकी एक बहिनीमात्र छिन् । उनका पिता शिक्षक छन् भने आमा बैंकबाट रिटायर्ड कर्मचारी हुन् ।
उक्त घटनाको खबर पाएपछि गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले आवश्यक सहयोगको लागि परिवारसँग समन्वय गरिरहेको छ । ‘असाध्यै दुखद् घटना हुनपुगेको छ, हामीले पीडित परिवार र आफन्तहरुसँग नजिकमा रहेर के सहयोग आवश्यक पर्छ त्यही अनुसार काम गरिरहेका छौँ,’ एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले भने ।
विशेषगरि समरको समयमा धेरै नेपालीहरु बिदा मनाउन सामुद्रिक किनारमा जाने भएकोले विशेष सचेतता अपनाउन पोखरेलको आग्रह छ । ‘समुद्रको छालले मानिसलाई तानेर लैजाने भएकोले त्यस्तो समयमा पौडी खेल्न नजानु उपयुक्त हो,’ पोखरेलले भने ।

– Source : HimalayaKhabar

तपाईको प्रतिक्रिया

बाना सर्यो आफ्नै सामुदायिक भवनमा

विजय थापा - बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रुपमा आफ्नै सामुदायिक.. ...

मिचिएको सीमामा जाँदै नेविसंघ

काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ वीरगञ्जमा भारतले मिचेको सीमाको अवलोकनका.. ...

चर्चित नायिका केकी अधिकारीको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को C O W सार्वजानिक

नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत ‘सी ओ डब्लु.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate