२०८१ वैशाख ८ गते | 20th of April 2024

सुपर लयर जिसी, आमन्त्रित सदस्य बिष्ट, एनआरएनए अमेरिका र साह

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख ३० गते २०:२०

न्यूयोर्क – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको दौरानमा हिजो न्यूयोर्कमा रहेका अध्यक्ष पदका प्रत्यासी तथा वर्तमान वरिष्ठ उपाध्यक्ष सुनील साहको कार्यक्रमको सभापती बने, सुपर लयर खगेन्द्र जिसी । एनआरएनए अमेरिकाका एक हस्ती, कानुनका भयंकर जानकार र एनआरएनए अमेरिकाकै पुर्व अध्यक्ष जिसीको सभाप्तित्वमा न्यूयोर्कको मुटुमा सम्पन्न भएको सुनील साहको चुनावी सभाका लाईभ हेर्ने र कार्यक्रमस्थल मै उपस्थित हुनेहरुमा कौतुहलता छायो, जिसी साहको कार्यक्रमको सभापती ? 

जनसंपर्कका तरुण अनन्त सुवेदीले माईक समाउन पोडियममा जव सुपर लयरलाई बोलाए, सबका कान ठाडा भए । ‘एनआरएनए अमेरिका एक बनाउन सुनीलजीको खांचो छ ।’ तालीमय समर्थन ! नेपाली जनसम्पर्क समिती, अमेरिकाका एक संस्थापक जिसी ती पात्र हुन, जसको समर्थनले हिजो गौरी जोशीको चुनावी रेल चल्दथ्यो । जब उनले ब्रेक लगाए, त जोशीको चुनावी गन्तब्य नै रोकियो र अहिले चुपचाप बसेका अध्यक्ष डा. पौडेलको दस्तखतले आरसी बने, जोशी । धेरै पहिला जिसीलाई समर्थन गरेर डा. पौडेलले आफ्नो त्याग र जिसीको ममता ग्रहण गरेका थिए । कालन्तरमा राजनीतिले जिसी र पौडेलको सम्बन्ध टुटायो, बिचौलिया ठेकेदारहरुका कारणले । र पनि, एनआरएनए अमेरिकाको अफ्ठ्यारा निर्णयहरुको पाटोमा जिसी र डा. पौडेलको एकमत रहेको उपमाहरु छन ।

पद नपाए टेनेसी जाने प्रचलनको राम्रो जानकार हुन, सुपर लयर जिसी । कानुनका अर्का हस्ती बाशु फुलारा, दुई दुई चोटी सम्मानित सुप लयर जिसी र मुद्दाका अनेकन हन्डर बेहोरेका अध्यक्ष डा. पौडेललाई थाहा थियो, टेनेसीमा दर्ता गरिएको मुद्धा संस्थाको आन्तरिक मामला हो । आज बिहान अदालतले मुद्दा खारेज गर्नु र हिजो जिसी साहको कार्यक्रममा सभापती बन्ने तालिका बन्नुभन्दा धेरै पहिला सुनील साह हरेक डिबेटमा भन्दथे, कुनै हालतमा चुनाव सर्दैन । डालसमा साहमाथीको हर्कतको बेलामा पनि भन्दै थिए, ‘टाउको नदुखाउनुस् कृपया, ए हजुर चुनाव रोकिदैंन । प्रजातान्त्रिक प्रकृयालाई स्विकार्नुस् ।’

पोडियममा उभिएर ‘अल द बेस्ट सुनीलजी’ भन्न्नुभन्दा महत्वपूर्ण जिसी साहको सभामा सभापती बन्नुथियो । ढल्किदै आएर ड्यासमा बसे, जिसी । त्यसपछि हेरिएका पात्र थिए, अवधी सकिएपनी वर्तमान नेपाली जनसम्पर्क समितिका सभापती तथा नेकाका आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्ट । जीवनभर कांग्रेस-कांग्रेस भनेर केही नकमाएका मनका धनी हंसिला बिष्टको सम्बोधन सुपर लयरको भन्दा महत्वपुर्ण थियो । नगेन्द्र पौडेल र गौरीराज जोशीलाई जनसंपर्कको अघोषित सभापती लडाएर थाकेका बिष्टले बोल्ने कुरा हिजो अमेरिकी नेपाली समुदायको सबैभन्दा ठुलो चासोको बिषय थियो । भद्र, शालिन, रिसाउन नजानेका, केही खुराफातीहरुको संगत बाहेक समग्रमा सबैका प्यारा तर एनआरएनए अमेरिकाका अध्यक्ष डा. पौडेलसंग सुमधुर ? सम्बन्ध नभएका नेजस सभापती बिष्टले ‘वी आर विथ आओर फ्राइन्ड सुनील साह’ भन्दिएपछी अहिले नेजसको बहुमतसहितको संस्थापन पक्ष, कांग्रेसी हाईकमान्डहरुको साथ बैधानिक रुपमा सुनील साहले प्राप्त गरेका छन ।

यो लेख साहको चाकडी बजाउन कोरिएको हरफहरु होईन, कृपया ढुक्क हुनुस् ।
अहिले नेकाको केन्द्रिय सदस्य बोलेको कुरा आधिकारिक होईन भन्ने समोशा अमेरिकी नेपाली बजारभरी बेच्न राखिएको छ । नेका त्यो पार्टी हो, युगपुरुष गिरिजाप्रसाद, सन्तनेता भट्टराई र संबिधानका पिता शुशिलदाले बोलेको त के पादेका कुरा कांग्रेसका अधिकारिक धारणा हुन्थे । त्यो नजिरलाई टेकेर नेकाकै त्यो संगठनको सभापती, त्यो भन्दा बढी संसारभरका जनसंपर्कहरु मध्यबाट आमन्त्रित केस चुनिएका बिष्टको बोली दुष्ट हो भनेर बजार तताईएको छ । कैयन मुद्दामा नेजसको बैठकमा अाफ्ना बचाउका लागि अंखा किम्लेर समर्थन गर्नेहरु अहिले बिष्टको धारणालाई अनाधिकारीक भनिरहेका छन ।

यो पंक्तिकारको पुर्व सभापती बिष्टसंग बोल्काल नभएकै दुई महिना भयो । बिष्टका भनाईलाई अनलाईन बचाउन मैले उनको पूजामा चाकरीको धुप बालेको होईन । सुपर लयर तिनै प्रिय समाजसेवी हुन, जसले मेरो अनलाईनमा उनको विज्ञापन राखेको ८ बर्ष हुंदा मैले एकसुको पाको छैन । यी हरफहरु चाकडीका होईनन । मेरो दिमागले ठम्याएको सत्यताका हुन ।Image may contain: Suneel Sah, smiling, text

त्यो भन्दा बढी नेजस हाईकमाण्ड !

शान्त रहने, मानौं मौन । तर निर्णयका हाजिरीकिताब डा. यादब पन्डित । चुपचाप बसेका, अहिलेका न्युट्रल भनुम, एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशब पौडेल । नेजसका पुर्व संयोजक शक्तिशाली बिष्णु सुवेदी । हजुर शरणम भन्नेलाई बिनाशर्त शरण दिने शान्त हरिबोल भन्डारी । खुलेआम प्रजातन्त्रप्रेमीलाई जिताउंछु भनेर गर्जने शेर प्रमोद सिटौला । शक्तिशाली प्रवासी संस्था नेजसको संगठनको जिम्मा लिएका चतुर बेद खरेल र नेजसको बनमा सधैं तर्साउने बाघ सिपी पौडेलको समर्थन होईन, औंला होईन – पाखुरा प्राप्त गरेका सुनील साहले ।  नेजस अमेरिका र एनआरएनए अमेरिकाको ईतिहासमा एनआरएनए अमेरिकाको निर्वाचनका लागि प्रथम एकल उम्मेदवार बनेका छन,  साह । टाउको फुटाएर के गर्ने ?

हाईकमान्डका एक कमान्डर प्रमोद सिटौलाले साहको चुनावी सभामा राजनीतिका हिसाबकिताव, प्रजातान्त्रिक बिचार मिल्नेहरुसंगको एकता, अाफ्ना हाईकमान्डले साहलाई गरेका समर्थन र स्वतन्त्र पत्रकारहरुको पदवी भिर्नेहरुले चुनावी सम्बोधनमा दर्शन प्रस्तुत गरेका उपमाहरु दिंदै सिंगो नेजस सुनिल साहको पक्षमा एउटा अनुपम एनआरएनए अमेरिका बनाउन लागेको बताउंदा बजेका थपडीले अध्यक्ष पदका प्रत्यासी शाह मुस्काईरहेका थिए, एउटा तागत्को समर्थन प्राप्त गरेको खुशीयालीमा ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *