२०८१ वैशाख ७ गते | 19th of April 2024

नेजा महासचिव मरहठ्ठाको ‘Nepali WhoIsWho In USA’ क्यालिफोर्नियामा विमोचित

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख ३१ गते ८:४०

लस एन्जलस – नेपाल अमेरिका पत्रकार संघ, नेजाका महासचिव किरण मरहट्ठाको पुस्तक “नेपाली हु इज हु इन द युएसए” क्यालिफोर्नीया स्टेट युनिभर्सीटी, लङ्गविचमा आइतबार बिमोचन गरियो । विश्वविद्यालयको प्रोफेसनल तथा इनटरनेशनल एजुकेशनका उपाध्यक्ष तथा डिन डा. जित जोशीले होस्ट गरेको कार्यक्रममा सहायक उपकुलपति गेरी ह्यानले, महावाणिज्यदुत ॠषी ढकाल, एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेल र डिन डा. जोशीले संयुक्तरुपमा विमोचन गरेका थिए ।

विश्वविद्यालयका डिन डा. जित जोशीले नेपाली हु इज हु आजको अमेरिकन नेपाली समुदायको चित्र भएको टिप्पणी गरे । उनले बिधार्थी र अनुसन्धातालाइ उपयोगी हुने पुस्तक भएकोले आफ्नो विश्वविद्यालयले इन्डोर्स गरेको जानकारि दिए । ‘हामी बढी भन्दा बढी विश्वविद्यालयहरुमा यो पुस्तक पु–याउने छौँ ताकी नेपाली डायस्पोराको बारेमा धेरैले जान्न सकुन’ जोशीले भने । एनआरएनए एनसिसि अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले पुस्तक पहिलो पुस्ताका नेपालीले अमेरिकी भुमीमा गरेको संधर्ष र सफलताको दस्तावेज भएको बताए । ‘नेपाली हु इज हु आजको पुस्ताको सजिव कहानी हो र नयाँपुस्ताको लागी प्रेरणा हो’ उनले भने ।

कार्यक्रममा अवैतनिक महाबाणिज्यदुत ॠषी ढकालले पुस्तक तयार पार्ने क्रममा मरहट्ठाले गरेको मेहनत र लगावको प्रसंशा गर्दै नेपाली हु इज हु लाई अमेरिकी विश्वविद्यालयले इन्डोर्स गर्नु सर्हानीय भएको बताए । ‘यो पुस्तक आफैमा एक सन्दर्भ सामग्री हो’ ढकालले टिप्पणी गरे । पुस्तकमा अमेरिकाका ४४ वटा राज्यका नेपालीको प्रतिनिधिमुलक कथाहरु समेटिएका छन् ।Image may contain: one or more people

लेखकले ५० वटै राज्य समेट्ने आफ्नो चाहना विभिन्न कारणले पुरा हुन नसकेको जानकारी दिए । ‘नेपालीको प्रगतिको कथालाई अमेरिकी मुलधारमा चिनाउन हु इज हु लेखेको हुँ, धेरै पात्रहरु छुटेका छन् आगामी संस्करणमा उनीहरुलाई समेट्ने कोसिश गर्नेछु’ उनले भने । पुस्तकको प्रवर्धनात्मक भिडियो समेत देखाइएको कार्यक्रममा हु इज हु पब्लिकेशनका निर्देशक तथा एनआरएन अभियानता तिलक केसीले पुस्तकमा प्राज्ञ, व्यवासायी, लेखक तथा कलाकर्मी, समाजसेवी र योगं अचिभर्स गरि पाँच सेक्सन रहेको र अनलाइन संस्करण पनि छिट्टै सार्वजनिक हुने जानकारी दिए ।Image may contain: 2 people, people standing

कार्यक्रममा महिला उद्यामी यमुना भट्टराई, अनुसुया वन्त र राजनीतिकर्मी राचेल लेन मुरेले सफलताको शुभकामना दिएका थिए । सांग्रीला बुक अमेरिकाले वितरण गरेको यो पुस्तक हुइजहुनेपाली डटकम ( www.whoiswhonepali.com ) मा अनलाइन किन्न सकिन्छ । । नेपाली लेखकलाई अमेरिकी विश्वविद्यालयले होस्ट गरेको सम्भवत यो पहिलो पटक हो । एबिसी टेलिभिजनका पत्रकार मरहट्ठाले यसअघि द होप र मिडिया इन मास पुस्तक लेखेका थिए । उनी मेस द म्यान एट बार्सा डकुमेन्ट्रिका निर्दशक पनि हुन् ।

Image may contain: 3 people, people smiling, people standing

अध्यक्ष डा. पौडेल सम्मानित :

सो अवसरमा एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशब पौडेललाई नेपाली डायोस्पारामार्फत समुदायको हितमा सक्रिय रहेको भन्दै क्यालिफोर्निया राज्य विश्वविद्यालय, लङ्गविचको तर्फबाट बिशेष सम्मान प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *