२०८१ वैशाख ७ गते | 19th of April 2024

अन्तरराष्ट्रिय कलाकार मन्च, अमेरिकाको केन्द्रीय समिति पुनर्गठन

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ १ गते ९:००

अमेरिका – अमेरिकामा दर्ता भई हाल संसारका बिभिन्न देशहरूमा आफ्ना शाखाहरू बिस्तार गरी गीत सङ्गीत, कला, साहित्य र लोक संस्कृतिका लागि विगत दश वर्ष देखी कार्यरत, कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका (International Artists Forum – IAF ) को केन्द्रीय समिति पुनर्गठन गरिएको छ ।

Image may contain: 9 people, including Suresh Darpan Pokharel, people smiling, text

कलाका सबैखाले बिधाहरुमा कार्यरत कलाकार र सम्बन्धित क्षेत्रका विज्ञहरूलाई समेट्दै सबैको परामर्श, सरसल्लाह पछि सर्वसम्मत ढङ्गबाट पुनर्गठन गरिएको केन्द्रीय कार्य समितिमा सिनियर देखी जुनियर सम्म, अमेरिका देखी नेपाल सम्मका कलाकारहरूलाई समेटिएको छ ।अन्तर्राष्ट्रिय कलाकार मञ्चलाई अमेरिकामा स्थापना गरी यसको संस्थागत विकासमा सुरु देखीनै योगदान दिँदै आउनुभएका संस्थापक, नेपालका विशिष्ट लोक तथा दोहोरी गायक, साहित्यकार एबम पत्रकार रामप्रसाद खनाल सर्वसम्मत रूपमा केन्द्रीय अध्यक्षमा चयन हुनुभएको छ ।

हालसम्म अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाको अध्यक्ष रहेर काम गर्दै आउनुभएका अग्रज र लोकप्रिय हाँस्य कलाकार शिवहरी पौडेल, चलचित्र जगतका अग्रज नायक गणेश उप्रेती, नेपाली चलचित्र जगतका सुप्रसिद्ध र लोकप्रिय नायिकाहरू क्रमशः: जल शाह, सारङ्गा श्रेष्ठ र पूजा चन्द उपाध्यक्षमा चयन हुनुभएको छ ।

चलचित्र विकास बोर्डमा बसेर बोर्ड मेम्बरको रूपमा काम गरिसकेका चलचित्र निर्देशक, रङ्गकर्मी एवम पत्रकार सुरेश दर्पण पोखरेल महासचिव र गीतकार एवम साहित्यकार प्रकाश नेपाल सचिवमा चयन हुनुभएको छ । यसै गरी कोषाध्यक्ष एवम संस्कृति विशेषज्ञमा संस्कृति क्षेत्रका विशेष जानकार, नेपाली समाजका अगुवा एवम साहित्यकार भूपनारायण घर्तिमगरलाई छानिएको छ । केन्द्रीय कार्य समितिको बोर्ड अफ डाइरेक्टर तथा सल्लाहकारमा बिभिन्न विशिष्ट एवम चिरपरिचित कलाकर्मिहरुलाई समेटिएको छ ।

पुनर्गठित कार्यसमितिका महासचिव सुरेश दर्पण पोखरेलकानुसार  केन्द्रीय समितिको पुनर्गठन सँगै केन्द्रीय अध्यक्ष एवम् संस्थापक खनालको उपस्थितिमा दुई महिना भित्र नेपाल शाखा पुनर्गठन गर्ने तयारी भएको र महासचिव सुरेश दर्पण पोखरेलले बताउनुभएको छ । केन्द्रीय समितिमा देश विदेशमा रहनुभएका धेरै कलाकारहरू रहनुभएकोले अन्तर्राष्ट्रिय कलाकार मञ्चका काम कार्वाहीलाई प्रभावकारी बनाउन अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहनुभएको विशेष अधिकार प्राप्त केन्द्रीय सचिवालय बनाइएको छ जसले केन्द्रीय समितिको पूर्ण बैठक नबसेका बेला सो सरह निर्णय गर्न सक्ने अधिकार प्रदान गरिएको छ । एक वर्षभित्र अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मञ्चको आयोजनामा “अमेरिका स्तरीय कलाकार सम्मेलन गर्ने, सोही सम्मेलनलाई अन्तर्राष्ट्रिय कलाकार मञ्चको साधारण सभाको रूप दिँदै विधानलाई आबस्यक संशोधन सहित पूर्णता दिने, दुई वर्ष भित्र अन्तर्राष्ट्रिय कलाकार मञ्चकै आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय कलाकार सम्मेलन गर्ने “ योजना पनि मञ्चले अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *