२०८१ वैशाख ७ गते | 19th of April 2024

गोपनियता चुहावटको छानबिन हुन्छ, प्रकृया अघि बढीसकेको छ – अध्यक्ष डा. पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ १ गते २३:१६

अमेरिका – आसन्न एनआरएनए अमेरिकाको निर्वाचनको मुखमा आरसी गौरी जोशीको बक्तब्यपछी तरंगित बनेको एनआरएनए अमेरिकाको निर्वाचनका लागि बनाईएका गोपनियताका ब्यक्तिगत विवरणहरु सार्वाजानिक भएका समाचारहरु जताततै छरपष्ट भईरहेका छन । चुनावको मुखमा सार्वाजानिक भएका यस्ता गोपनियताका सुचनाहरुलाई अमेरिकामा कनुनसम्मत मानिंदैन ।

निर्वाचन प्रकृया, सुचनाको चुहावट र निर्वाचनको अनिश्चितताबारे कौतुहलता सिर्जना भईरहेको बखत एनआरएनए अमेरिका अध्यक्ष डा. केशब पौडेलले गोपनियताको ब्यक्तिगत सुचना चुहावट गर्ने जो भए पनि कडा कारवाही गरिने जनाएका छन । ‘अमेरिकामा कसैलाई ब्यक्तिगत विवरण सार्वजानिक गर्ने अधिकार छैन । एनआरएनए अमेरिकाले चुहावटको छानबिनका लागि आफ्नो प्राविधिक तथा कानुनी प्रकृयाहरु शुरु गरिसकेको छ,’ अध्यक्ष डा. पौडेलद्दारा जारी बक्ब्यमा उल्लेख छ । 

अध्यक्ष डा. पौडेलको बक्तब्य :

आदरणीय अमेरिकावासी एनआरएनप्रेमी दाजुभाई तथा दिदीबहिनीहरु,
नमस्कार ।

प्रवासी नेपालीहरुको साझा संगठन एनआरएनए अमेरिकाको सबलतामा तपाईं सम्पूर्ण महानुभावरुको लगाव प्रति अनुग्रहित छौं । अहिले हामीमाझ तथ्यपरक सुचनाहरुभन्दा ब्यक्तिगत हल्ला र अनर्गल प्रचारहरुको बाढी आएको छ । तर हल्ला र खबरहरुमा हामीले सत्यता खोज्नु जरुरी छ ।

अमेरिकाको कानुन अनुसार बिधीवत दर्ता भएको प्रवासी नेपालीहरुको सर्वप्रिय संस्था एनआरएनए अमेरिकाको नियमित प्रकृयालाई सुचारु गर्न र सो प्रकृयाको बैधानिक बाटोस्वरुप निर्वाचन गराउन सम्मानित अदालतले दिएको निर्देशन, बिभिन्न समितिहरुको अहोरात्रको मेहनतपछि अब निर्वाचन समितिको मातहतमा चुनाव गराउने एउटै जिम्मेवारी बांकी रहेको जानकारी गराउन चाहन्छु ।

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
एनआरएनए अमेरिकाको शक्तिशाली साधारण सभाले निर्माण गरेको निर्वाचन समिती, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्नाका लागि गठित सुपरिवेक्षण समिती, सदस्यता भेरीफिकेशन समिती र पून: निर्वाचन समितिमा अन्तर्निहित ‘ब्यक्तिगत गोपनियताको विवरण’ अहिले एउटा दु:ख लाग्दो पक्ष बनेको छ । कानुनको राज्य अमेरिकामा त्यो अपराध र अमान्य हो, यो कुरामा एनआरएनए अमेरिकाको कार्यसमिती र मेरो गहिरो ध्यान केन्द्रित भएको छ ।

एनआरएनए अमेरिका सत्यताको बाटोमा सदैव हिड्ने एउटा छाता संगठन भएकोले ‘ब्यक्तिगत गोपनियताका बिवरण’ गैरकानुनी रुपमा सार्वजानिक भएको बिषयमा हामीले गम्भिरताका साथ छानबिनका प्रकृया शुरु गरेको जानकारी गराउन चाहन्छु । कसैले गोपनियताको त्यो सुचना सार्वाजानिक गर्ने हर्कत र सौदाबाजी गरेको प्रमाण भए कृपया हामीलाई सुचना प्रदान गराइदिनुहुन म यसै वक्तब्यमार्फत सार्वजानिक अनुरोध गर्दछौ ।

एउटा संस्थाको असल बाटो नियम, अनुशासन र संस्थाप्रतिको लगावले तय भएको हुन्छ । यो निश्चित बाटोमा ईमान्दारिता र समर्पण मात्र हिड्दछ, न कि ब्यक्तिगत आक्षेप, दुराशय र बेईमानी । समर्पण र ज़िम्मेवारीताको सवाललाई ह्रृदयमंगम गर्दै साधारण सभाले प्रत्याभुती गरेको अधिकार, एनआरएनए अमेरिकाको आफ्नो बिधानभन्दा बाहिर गएर सार्वाजानिक भएको ‘गोपनियताको ब्यक्तिगत विवरण’ को छानवीनको प्रारम्भिक प्रकृया शुरु भईसकेको र यथाशाक्य सार्वाजानिक गरिने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।

पुनश्च: ब्यक्तिगत विवरणको गोपनियता चुहावटको अनुसन्धानका लागि प्राविधिक एवम कानुनी परामर्श शुरुवात भईसकेको जानकारी गराउंदछु तथा गोपनियताका सुचना चुहावट गर्नेहरुमाथी अमेरिकी कानुन अनुसार सबै प्रकारका कारवाही हुने स्पष्ट पार्न चाहन्छु । दोषीलाई कानुनी कठाघारामा उभ्याउन यहाँहरुले प्राप्त गर्नुभएका सुचना लगायत दोषीमाथी कारवाहीका लागी यहाँहरुका सबै प्रकारका सहयोगको हार्दिक अपेक्षा गर्दछु ।

धन्यवाद !
जय एनआरएनए

डा. केशव पौडेल
अध्यक्ष
एनआरएनए एनसिसी अमेरिका ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *