२०८१ वैशाख १३ गते | 25th of April 2024

एनआरएन अमेरिकाको निर्वाचन : कर्ण (सिके) चन्दको बोर्ड सदस्य पदमा उम्मेद्वारी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १६ गते ५:४२

कृष्ण के सी, क्यालिफोर्निया ।
नेपालको महाकाली अञ्चल बैतडी जिल्लामा जन्मेर भारतको देह्रादुनमा आफ्नो अध्यन गरेर नेपालीको खेल जगतमा चलेको नाम हो, कर्ण चन्द । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा बस्दै आउनु भएका चन्द गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को बोर्ड सदस्यको उम्मेदवार हुनुहुन्छ ।

जिल्ला कराते कैलालीका सस्थापक अध्यक्ष, दशरथ चन्द युवा क्लब, माउन्ट एभरेस्ट एसोसिएसन पलाउ २००३ (मिक्रोनेसिया), पिस फर नेपाल, अमेरिका नेपाल एसोसिएसन क्यालिफोर्निया, ब्लड डोनर अफ अमेरिका जस्ता थुप्रै खेलकुद र सामाजिक संस्थाहरुमा काम गरेको अनुभव छ चन्दको । उसो त मार्शल आर्टमा संलग्न भएको नै २ दशक भन्दा बढी भयो। करातेको सह-प्रशिक्षक देखि विभिन्न स्तरमा खेल र अफिसियल भएको मात्र होइन लाइसेन्स जज नै छ चन्दको । अमेरिकी करांते फेडेरेशनमा भने २०१२ देखिको संलग्नता हो. उहाँको ।

चन्दले आफु जितेको खण्डमा नेपाली समुदायको आधारभूत आबश्याक्ता, कला, भाषा-संस्कृति, खेलकुद, आपतकालीन व्यवस्था, सुचना प्रणाली, नयाँ आप्रवासी सेवा र अन्य सृजनात्मक कामहरुका साथै संस्थाको बिधि-बिधान र स्थानिय कानुनको अधिनमा रहेर बिशुद्ध रुपमा अगाडि बढाउनका लागि टीममा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

बिगत १६ वर्ष देखि अमेरिका बस्दै आउनु भएका चन्द आफ्नो लामो अनुभवलाइ सम्पूर्ण नेपालीहरुको संस्था NRNA NCC USA को बोर्डमा बसेर काम गर्ने ठूलो इच्छाशक्ति लिएर बोर्ड सदस्यमा उम्मेदवार हुनुभएको छ। आत्मा चन्दले आफुलाई यो पटक NRNA संस्थामा काम गर्ने मौका दिनको लागि सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *