२०८१ वैशाख १३ गते | 25th of April 2024

एनआरएन अमेरिका निर्वाचन : सुनील साह भारी मतसहित अध्यक्षमा निर्वाचित

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ ६ गते ८:०८

अमेरिका – बहुचर्चित एनआरएनए अमेरिकाको भर्खरै सम्पन्न निर्वाचनबाट भारी मत सहित निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष पदका चर्चित प्रत्यासी टेक्सास निवासी सुनिल साह भारी मत सहित अध्यक्ष पदमा निर्वाचित भएका छन । निकटतम प्रतिद्वन्दी सुर्य लम्सालभन्दा दोब्बरभन्दा बढी मत प्राप्त गरी साह एनआरएनए अमेरिकाको शक्तीशाली अध्यक्ष पदमा निर्वाचित भएका छन । नवनिर्वाचित अध्यक्ष साहले ३७११ मत प्राप्त गरे भने लम्सालले १७९७ मत प्राप्त गरेका छन । अर्का प्रत्यासी संजय थापाली १५५४ मत प्राप्त गरेका छन ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा डा. अर्जुन बन्जाडे निर्वाचित भएका छन । अर्का चर्चित पात्र अमृत सापकोटा करिव ३०० भोटले निकटतम प्रतिद्वन्दी बनेका छन । निर्वाचित डा. बन्जाडेले २९४९ मत प्राप्त गरे भने सापकोटाले २६१६ मत प्राप्त गरेका छन । तेस्रा भएका नारायण कंडेलले १११२ मत प्राप्त गरे ।

एनआरएनए अमेरिका निर्वाचन समितिकानुसार क्षेत्रीय उपाध्यक्ष पदमा मिडवेस्ट क्षेत्रबाट ३५०२ मत प्राप्त गरी बुद्धीसागर सुवेदी निर्वाचित भएका छन भने निकटतम प्रतिद्वन्दी बाला घिमिरेले ३२२० मत प्राप्त गरेका छन । नर्थईस्ट क्षेत्रबाट ३५१९ मत प्राप्त गरी निवर्तमान महासचिव बि आर (बाबुराम) लामा निर्वाचित भएका छन भने निकटतम प्रतिद्वन्दी महेश मल्लले ३०९७ मत प्राप्त गरेका छन । वेष्ट क्षेत्रबाट उपाध्यक्ष पदमा कृष्णजिवी पन्थ सबैभन्दा बढी ४६३९ मत प्राप्त गरी बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी थालअराज पन्तले २०३० मत प्राप्त गरेका छन । वेष्ट क्षेत्रको उपाध्यक्ष पदमा सर्वज्ञ वाग्ले ३७८७ मत प्राप्त गरी निर्वाचित भएका छन भने निकटतम प्रतिद्वन्दी रामबाबु पाण्डेले २८२७ मत प्राप्त गरेका छन ।

एनआरएनएको शक्तिशाली महासचिव पदमा पशुपती पाण्डे निर्वाचित भएका छन । पाण्डेले ३०४२ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्दी गोपेन्द्र भट्टराईले २१६६ मत प्राप्त गरे । सचिव पदमा अमृत कट्टेलले ३३३५ मत प्राप्त गरी बिजयी भएका छन भने निकटतम प्रतिद्वन्दी भानुभक्त खरेलले ३२६२ मत प्राप्त गरेका छन ।

क्यालिफोर्नियाका नेत्रप्रसाद पोखरेल ‘बन्धु’ कोषाध्यक्ष पदमा निर्वाचित भएका छन । पोखरेलका निकटतम प्रतिद्वन्दी रविन बज्राचार्यले एकै पदमा तेस्रो पटक हार बेहोर्दै २३३८ मत प्राप्त गरेका छन । सह-कोषाध्यक्ष पदमा सन्तोषकुमार बिष्टले ३८६५ मत प्राप्त गरी निर्वाचित भएका छन । ज्ञानल थापा २६०१ मतका साथ निकटतम प्रतिद्वन्दी बनेका छन । 

महिल्का संयोजक पदमा ३९४५ मत प्राप्त गरी पत्रकार दिक्षा बस्नेत निर्वाचित भएकी छन । सुनिता खत्रीले २७३३ मत प्राप्त गरी निकततम प्रतिद्वन्दी बनेकी छन । युवा संयोजक पदमा बिनोद रुवालीले ३५५० मत प्राप्त गरी बिजय हासिल गरेका छन । उनका निकटतम प्रतिद्वन्दी प्रितम कुसियातले ३०२५ मत प्राप्त गरेका छन ।

एनआरएनएको बोर्ड सदस्य पदमा सत्यनारायन चौधरी २१५५, चित्रा कार्की २०५९, धरम विश्वकर्मा १८७०, दुर्गाप्रसाद श्रेष्ठ २१३९, छत्रकुमारी गुरुङ्ग २३६५, खिमबिक्रम भट्टराई २०२३, अमरबहादुर छन्त्याल १८७६, चेतप्रसाद पौडेल (सिपी) २१०७, जीवनकुमार जोशी २०२६, पदमबहादुर ठकुराठी २२४६, वासुदेव घिमिरे २१२१ र तिलकबहादुर केसी १८१८ मत प्राप्त गरी बिजयी बनेका छन । 

आईसीसी पदमा शंकर खड्का २९९८, त्रिष्णा शर्मा ३९७५, जेदुनाथ पोखरेल ३९८९, शिवराज पौडेल ३२५५, होमनाथ गौतम ३२९८ र स्वराज खाती ४२४७ मत प्राप्त गरी निर्वाचित भएका छन ।

कृष्णजिवी पन्थलाई सबैभन्दा बढी मत :


वेष्ट रिजनल उपाध्यक्ष पदका बिजेता कृष्णजिवी पन्थले सबैभन्दा बढी मत प्राप्त गरेका छन । आफ्न निकटतम प्रतिद्वन्दी थलराज पन्तसंग दोब्बरभन्दा बढी मत ल्याएर बिजय हासिल गरेका पन्थको मतसंख्या ४६३९ रहेको छ । त्यसैगरी आईसिसी पदमा निर्वाचित निवर्तमान युवा संयोजक स्वराज खातीले दोस्रो पपुल ४२४७ मत प्राप्त गरेका छन । पदाधिकारी पदमा सबैभन्दा काम मत वरिष्ठ उपाध्यक्ष पदकी उम्मेदवार ईन्दिरा त्रिपाठीले ३०३ मत प्राप्त गरेकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *