२०८१ वैशाख १३ गते | 25th of April 2024

गीतकार बिटु केसीको ‘मायाको बात’ सार्वजानिक

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ ११ गते ९:१५

मायालुको बात मिठो, बिताएका साथ मिठो
मदहोश नै परिदीने, मायाको मात मिठो …….

सर्जक बिटु केसीको ” मायाको मात ” मुक्तक संग्रहको शीर्ष मुक्तकबाट प्रभावित भएर संगीतकार अनिल शाहीले एउटा गित लेख्न आग्रह गरे | बिटु केसीले शब्दहरु कोरिन | त्यसैको परिणति मायाको मात बोलको यो गीत आज दर्शक श्रोताहरु माझ सार्वजनिक भएको छ |

Image may contain: 1 person

प्रविशा अधिकारी र अनिल शाहीको मिठो युगल स्वर त छदैछ, सुन्दर भिडीयो अभिनयले पनि दर्शक,श्रोताको मन तान्ने प्रयत्न गरेको छ | दुवै गायक गायिका स्वयंले यो भिडीयो गीतमा अभिनय गरेका छन | ओएसआर डिजीजल मार्फत सार्वजनिक यो भिडीयोको सम्पादन अमृत चापागाईंले गरेका हुन |

” मायाको मात ” शीर्षकको यो गीत ” आधा मन ” एल्बमको दोस्रो गीतको रुपमा सार्वजनिक भएको छ |  यस अगाडि ” तिमीले बोले मात्रै ” बोलको पहिलो भिडीयो गीत प्रसारित भएको थियो | जसमा गायिका ऐंजेला श्रेष्ठको स्वर रहेको छ |No photo description available.

आधा मन एल्बमका सबै गीत रचना बिटु केसी हो | सुल्तान अफ स्ट्रिंगको रुपमा चर्चित संगीतकार अनिल शाहीले एल्बमका सबै गीतमा संगीत भरेका छन |  यस एल्बममा छ वटा गीतहरु समावेश छन | जुन क्रमश प्रसारित हुँदै जाने संगीतकार शाहीले जानकारी गराए | अन्य गीतमा जीना रसाइली , आशिष गुभाजु , किरण भुजेल लगायतका गायक गायिकाहरुको स्वर रहेको छ |

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *