२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

नेजामय डालस, भेजामय हर्कत र एनआरएन निर्वाचन

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ १३ गते २३:३३

-गोकुल ढकाल

लगभग एक महिना भयो, उत्तर अमेरिकामा सकृय पत्रकारहरुको साझा संगठन नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३औं साधारण सभा भब्यताका साथ सम्पन्न भएको । धनाढ्य मारबाडीको घरको विवाहजस्तो सजिसजाउ, भब्य र ब्यबस्थित साधारण सभाको सम्पन्नताका लागि नेजाका उपाध्यक्ष बिकासराज न्यौपाने, क्षेत्रीय संयोजक रामचन्द्र भट्ट र सचिव सुरज भन्डारीजीलाई जति नै धन्यवाद दिए नि कम हुन्छ । खुल्ला दिलको स्वागत, चुस्त कार्यक्रम, चाख्लाग्दा कार्यक्रमहरु र भयंकर ब्यबस्थापनले नेजाको १३औं साधारण सभा उसैको ईतिहासमा सबैभन्दा उल्लेख्य कार्यक्रम प्रमाणित भएको लेखहरु धेरै अग्रजहरुले पनि स-बिस्तार कहीसक्नुभएको छ ।

नजा, नजा ! भो, जा ! जा !! :

नेजामा ‘भाई नजा ! नजा !!’ भन्नेहरु थिए, हिजो । नेजा टुक्राउन धेरै खेल भए, हिजो । अपनत्व चलायमान भएपछी नेजाबाट केही पारीवारिक सदस्यहरु बाहिर गए । बंशज चिनाउने नेजा खान्दानको अंश टुक्राउंदै कटेरो रोजे, केहीले । ब्यक्तिगत रुपमा आदरणीय छन, उनीहरु । दुई दिनको जिन्दगीमा कसलाई आक्षेप नलगाई या अरुको गाली नखाई मर्न पाईयोस, भगवान । बांचुन्जेल दुई जना अरु मलामी कमाउन पाईयोस । भलै, नेजाको बंशजको चिना लिन, नेजाको कुन्तुसको चावी लिन, नेजाको दरवाजाको चुकुल लिन तयार अमेरिकन नेपाली समाजका एउटा अभियान्ता ईन्जा भन्दै अर्कै संस्था खोलेर गए । जति ईज्जत नेजामा बसेर उनले पाउंथे, आज त्यो संस्थाको अध्यक्ष भएर उनले कदापी पाउंदैनन, लेखेर राखे हुन्छ यो कुरा । तर यो अब बिगत हो । प्रजातन्त्रको साम्राज्यमा ब्यक्तिले रोजेका बाटाहरु कसैका निर्देशनका पाटाहरु फरक फरक कुरा हुन ।

र आज नेजा ‘भाई प्लिज जा, प्लिज जा’ भाको छ । पिजाहटको विज्ञापन जसरी म यो भनिरहेको छैन । किनभने अमेरिकामा बिगत छ महिनामा कुनै कुराको चर्चा भयो भने त्यो हो, एनआरएनए र नेजा । खैचडी ठोकेर होस्, थपडी पड्काएर होस्, स्टाटस लेखेर होस्, अनुपस्थित भएर होस्, उपस्थित भएर होस्, टुक्रेर होस् अथवा जोडीएर होस्, जसो गरेर होस् या त्यसो नगरेर होस् । पछील्लो अवस्थामा अमेरिकामा केवल दुई गीत गाईए । एउटा एनआरएनएको र अर्को नेजाको ।

जिन्दगीमा खासै स्वार्थ नभएका, अरुलाई मारिहालुम भन्ने मनोभाव नभएका र संस्थामा सबैलाई जिम्मेवारी दिएर हस्तक्षेप गर्ने आदत नभएका मेरा सभापती सुदिप पन्तको अडान र निश्चलताले पनि नेजा भन्ने घरमा ‘जा बाबु जा’ भन्ने भएको छ । संस्थापक अध्यक्ष गिरिश पोखरेलको निरन्तर लगाव र निष्ठाले आज नेजा ‘जा न त जा’ भएको छ । संस्थापक अध्यक्ष पोखरेलकै गाऊंबाट कसैले ‘गईस भन्ने ठोक्लान महामहिमले’ भन्ने चेतावनी दिंदापनि जिन्दगीभर पत्रकारिता पढेका लीला, निदेश र खरेलबाबुहरु नेजामा मुटुको धड्कन दिईरहेका छन ।

मरेपनि बि पि भन्न नछाड्ने गौतमहरु, नथाक्ने भोलाहरु, चोयाजस्ता बलिया तोयाहरु, गणेश थापालाई थर्काउने बिष्णुहरीहरु, सगरमाथा चढ्ने आङ्गछिरिङ्गहरु, उच्च तहको अमेरिकी जागिर खाने कृष्णहरु, विद्धान नगेन्द्रहरु, नेपालको बजेटको अंश काट्न सक्ने हैसियतका विजयहरु, शालिनता र पत्रकारिताका उपमा संजयहरु, उच्च प्रस्तुती र ब्यवसायिकताका किरणहरु, आफु छिपेर पनि अरुलाई चम्काउने सुर्यहरु, आफु निभेर अरुलाई चम्काउने ताराहरु, ईमान नछड्ने तर बनवास जान तयार रामचन्द्रहरु, कसैको झुसी राप तताप्ने अग्नीहरु र आफु हराम भएर अरुलाई राम बनाउने बाबुरामहरु, आफु डुबेर बरु अरुलाई उकास्ने बिकासहरु,  लेखनाथहरु, सतिशहरु, बालहरु, शिवहरु, बिष्णुहरु र किशनहरु अटाएको संस्था हो, नेजा । तेत्तिसकोटी देवताहरुको पर्याय, नेजा ।

नेजा-एनआरएनए बहस – २०१९ :

यिनै भिमकायहरुको बलले अमेरिकामा रहेका हरेक सामुदायिक संस्थाहरुसंग हातेमालो गर्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय गर्‍यो । नेपाल सरकारले मान्यता प्रदान गरेको प्रवासी नेपालीहरुको मायालु संगठन एनआरएनएको निर्वाचनको संघरमा एनआरएनए र नेजाको सम्बन्ध विस्तारका खातिर हातेमालो गरिने सोचियो । फलस्वरुप नेजा-एनआरएनए अमेरिका बहस – २०१९ अमेरिकाभर चलाऊने निर्णय गर्यौं, हामीले । कार्यसमितिले गरेको निर्णयको आधारमा अमेरिकी राजधानी डिसी मेट्रो क्षेत्रमा २०१९ को प्रथम ऐतिहासिक बहस कार्यक्रम सम्पन्न भयो । अमेरिकाको दोस्रो ठुलो मायाबी शहर लस एन्जलसमा दोस्रो डिबेट कार्यक्रम सम्पन्न भयो । पुरै दोस्रो ध्रुबबाट एनआरएनए अमेरिकाका नेताहरु उर्लिए । उनीहरुको स्वागतमा हामी डुबेर पनि १२ क्रेट खाना ट्र्यासमा हालेको देख्नेहरु धेरैले चुनाव जितिसकेका छन । हार्नेहरुले पनि लस एन्जलसले कमसेकम प्यारमा कन्जुस्याईं नगरेको गुन्जायस पालेका छन ।

एनआरएनए अमेरिकाको तर्फबाट संचार संयोजक बाल जोशीसंग सहकार्य गर्दै बहस चलाऊने कार्यक्रमस्वरुप नेजाको तर्फबाट यो पंक्तिकारलाई संयोजक तोकियो । भर्जिनियाको पहिलो बहसको कार्यक्रमरुपी दुलही भब्यताका साथ अन्मिनै लाग्दा त्यही गाऊका परायले ‘बिफल’ भएको असफल स्टाटस लेखे । जुकर्वर्गको सित्तैको भित्तामा । पञ्चे बाजा ठोकेर लस एन्जलसजस्तो महंगो शहरबाट अर्की बहिनी अन्माउने अठोट गर्यौं, हामीले । गर्यौं पनि । आजसम्म बहिनिको विवाहमा दाईजो नदिएको निहुमा बहिनी कुटिएको खबर आएको छैन । तेस्रो बहिनीको विवाह डालसमा हुनेभयो ।

धनीहरुको संस्था भनिने एनआरएनएका पाहुना आएको कार्यक्रममा कति खर्छ हुन्छ या एउटा कार्यक्रमको लागि न्युनतम कति कुरा बर्वाद हुन्छ, ईन्जा त के तिनका बाऊ नेजालाई पनि थाहा हुन्न, एक्युरेट । र पनि, भर्जिनिया कार्यक्रमको पुरा खर्च नेजाको साधारण शुभेक्छुक निदेश अधिकारीले बेहेरेको छ, आजसम्म । दिनमा चहिनेभन्दा सैयौं गुणा बढी कमाउने निज अधिकारीलाई सिधै संपर्क गरे हुन्छ, हामीले कोसंग पैसा माग्यौं या कसले कति दिए ? तेस्रो कार्यक्रमको रुपमा हाम्रो शक्ती डालस केन्द्रित भयो ।

नेजामय डालस : 

सम्मुखको एनआरएनए निर्वाचन, भर्जिनिया र लस एन्जलस कार्यक्रममा छुटेका एनआरएनए अभियान्ताहरु तथा आकांक्षी उमेदवारहरु डालस आउने निधो गरे । धेरैले अन्त नजाने, बरु अमेरिकामा सबैतिरको केन्द्र डालस नै जाने निर्णय गरे । सबैतिरबाट पायकी डालसमा एनआरएनए मात्रै होईन, सामुदायिक पहुंच भएका बहुसंख्यक अभियान्ताहरु नेजाको अवसरमा भेटिने मेसेज हाम्रा संयोजक एवम उपाध्यक्ष बिकास न्यौपानेजीले पाए । खांटी कुराका पक्षपाती रामचन्द्रजी र सचिव सुरजजीलाई ब्यबस्थापनको टड्कारो पर्‍यो । भोलाजी, शेरजी, सुर्यजी, बालजी र किशनजी सबै सम्पूर्णहरु धेरै रात अनिंदो रहे ।

एनआरएनए अमेरिकाको पर्चा चारैतिर टांसिने बेलामा नेजाको १३ औं साधारण सभा र तेस्रो डालस डिबेटमा एनआरएनए अमेरिकाको डालस साधारण सभा र नेपाली जनसंपर्क समिती अमेरिकाको एकताको अधिबेशन जत्तिकै मान्छेहरुको सागर उर्ल्लियो, डालसमा । पत्रकार, नेता, अभियान्ता, समाजसेवी, व्यासायी देखी नेपाली समुदायका ईज्जत ह्यारी भन्डारीसम्म झरे डालस ।

बिमानास्थलदेखी ओक्लोहामासम्म पाहुनाहरुलाई स्वागतका ध्वजा-पतका टांगिए । रमाउने रिसाउने, खिस्स्याउने, साथीभाई दु:ख सुखले जिस्काउने, पवन र बासुको गजलमा झुम्ने, भुपेन्द्रमा उफ्रने, बिटुमा डुब्ने, अमृतमा पिउने, गीत गाउने, नाच्ने, किशोर नेपाललाई सुन्ने, राजेश मिश्रलाई बुझ्ने, बिजयलाई हेर्ने, गिरिशलाई खोतल्ने, संजयमा डुब्ने, रामप्रसादलाई गाउने र शैलेश आचार्यलाई भिजाउने सबैखाले कार्यक्रमको भब्य तयारी गर्‍यो, नेजा डालास टीमले । आयोजनाको सम्पन्नतामा कुनै ससुर राखेनन, डालसवासीले । स्पेशल्ली नेजा डालस टीमले ।

भिमकायहरुको उपस्थिती :

अरुलाई पचोस् नपचोस्, बोल्दिने लेख्दिने नेपाली पत्रकारिताका धरोहर किशोर नेपाल आए, डल्लो भुंडी लुण्ठ्याउंदै, नेजामय डालसमा । भने,’ नेपालमा पराल पठाईदेयो भाईहरु, आगो झोस्ने काम मेरो ।’ अमेरिकामा सकृय सबैभन्दा सिद्धहस्त लेखक तथा नेजाका अभिभावक राजेश मिश्र डालस गए । आनन्दले पिए । मस्त रहे । पत्रकारहरुसंगको अन्तर्कृयामा खुलेर आफ्ना भावना पोखे । किशोर नेपालसंगको दुश्मनी बाबु खरेलको क्यामेरा साक्षी राखेर मेटाए । भाग्य नै भनुपर्छ, भोलाजीको कार्यकालमा पुरस्कार समितिका संयोजक बनेका स्पष्टवक्ता मिश्र सभापती सुदिपजी आएपछी नेजाको अभिभावकको भूमिका निर्वाह गरिरहेका छन । यो सौभाग्य हो, हाम्रो लागि । एउटा स्विमिङ्ग पूल नेजामा लाइफगार्डको भुमिकामा छन, हाम्रा राजेश दाई । गर्व लाग्छ । नेपाली पत्रकारिताको सिंगो ईतिहास हाम्रा सामु रहंदा । आशा छ, हरेक दु:ख सुखमा साथ दिनुहुनेछ ।

आज जन्मदिन मनाउंदै गरेका बलिदानका एक नायक, एनआरएनए अमेरिकाका १ प्रतिशत समर्थक ९९ प्रतिशत बिरोधभावका अभियान्ता, फेसबुके स्टाटसका अमेरिकी नेपाली सभापती, प्रष्ट आदरणीय शैलेश श्रेष्ठ डालस आए । भर्जिनिया डिबेटमा जाने निधो गरेका, असमर्थताका लागि संयोजक लीलाजीलाई सरी भनेका शैलेश दाई ‘लस एन्जलस आउंछु बाबु,’ भनेर नि आएनन, बुढा ! तर डालस अाए । शैलेशदाजुको नेजाप्रतिको अगाध स्नेहप्रति अनुग्रहित छौं । एउटा रिसाएको भाईपनि भतिजको बिहेमा उपस्थित भयो भने आपसी असमन्जश्यता हट्छ रे । दाई त्यस्ता त हैनन । तर दाइलाई आफ्नो छोरीपछी माया छ भने नेजाको छ रे, बुढाले खुसुक्क भनेकान ।

शैलेशदाई बुढालाई जन्मदिनको मंगलमय शुभकामना !!!

पत्रकार तथा प्रसिद्ध गायक रामप्रसाद खनाल आए । पुरा भाउजुलाई संगै लिएर ओक्लोहामा पुगे । फेसबुक लाइभका राजा खनाल आफन्त आरसी गौरीराज जोशीको अफिसमा पुग्ने कमै भाग्यमानी नेपालीमा परे , ज्वाँईं पर्छन क्यारे, यी बुढा । दार्ही जुंगाका उपमा बिपीवादी शेखरदाई स्टकोट ढल्काउंदै चट्ट परेर आए, डालस । जति बुढो उती तन्नेरी यी बुढा कम्ता रोमान्टिक छैन, क्यार्नु सबै लेखेर साध्य छैन।

हाम्रो गल्ती :

नेपाल पत्रकार महासंघका पुर्व सभापती, सन्तनेता कृष्णप्रसाद भट्टराईका प्रेस सल्लाहकार तथा हरेक शब्दका अर्थवाल पत्रकारिताका खम्बा किशोर नेपाललाई नेजाको साधारण सभामा प्रमुख अतिथी नबनाएर हामीले पहिलो गल्ती गर्यौं । पञ्चकन्याजत्तीको पवित्र ईज्जत केही हुंदैन । तर पत्रकारिताको एउटा सिंगो ईतिहासको उपस्थितिलाई झारो टार्ने हाम्रो काम नराम्रो नजीर बन्यो ।

परिवेशले कार्यक्रममा प्रमुख अतिथी नबनाईए पनि वरियाताले पहिलो लेखिएका किशोर नेपाल बोलिसकेपछी अर्को पात्रलाई दवाबमा महासचिवले कार्यक्रमको मन्चमा बोलाउनु अर्को दु:खलाग्दो नजिर बनेको छ । नेजा त्यो हो, जहाँ हरेकलाई समान हक छ । सभापतीज्यूले भनेजस्तो हाम्रो बैठकमा सबै साधारण सदस्यहरुलाई उपस्थितिको लागि स्वागत होईन, सु-स्वागतम छ । दवाबमा कसैलाई ठुलो बनाउने बाहनामा हामीले नराम्रो नजिर बसाल्नुहुंदैन ।

यो कार्यसमितिको ईतिहासमा दोस्रो भौतिक बैठकले एनआरएनए अमेरिकाका प्रतिनिधी, नेपाली जनसम्पर्क समिति, अमेरिकाका प्रतिनिधी, प्रवासी नेपाली मन्च, अमेरिकाका प्रतिनिधी र अमेरिकामा सकृय सामुदायिक संस्थाका प्रतिनिधीहरु बोल्ने भनेर गरिएको निर्णय मन्चमा काटिएको नराम्रो ईतिहास बनायौं, हामीले । संस्थामा सबैका आवाज सुनिनुपर्छ । नसुनिएका आवाज सुनाउनुपर्छ । भएका गल्ती भन्नै पर्छ, ताकी अनुपास्थित शुभेच्छुकहरुलाई ज्ञात होस्, यथार्थ यो भएको रहेछ भनेर ।

कार्यसमितिले निर्णय गरेको कुरा हामीले हाम्रो कार्यकालमा पहिलोचोटी उल्लघंन गर्यौं । जुन अधिकार कुनै नियममा कहीं कसैलाई छैन । कसले गरे, किन गरे । भोलीका दिनमा खोजिएलान या हराउलान । तर, गल्ती भयो, हामीबाट । कार्यसमितिले गरेको निर्णय मेटाउने ‘त्यो कुन तानाशाह हो ? निर्णय मेटाउने कलम कुन कम्पनीको थियो र मसीको रंग कुन हो भनेर टन्न जांड धोकेर बोल्न साहस गर्ने पात्र मै हुँं ।

जनसंपर्क समिती अमेरिका कांग्रेसको भयो होला । प्रवासी मन्च नेकपाको भयो होला । अरु कुनै भए होलान । तर एनआरएनए अमेरिकाको प्रतिनिधी किन बोल्न पाएन ? कसले मेटायो शक्तिशाली कार्यसमिती बैठकमा हामीले गरेको निर्णय ? बजारमा प्रमाणसहित धेरै पात्रहरुका नाम छन, कतै कोरौंला, तर हामीले गल्ती गर्यौं ।

भेजामय हर्कत :

साधारण सभाको समापनपछी केन्द्रित भएको सबैको ध्यान थियो, नेजा-एनआरएन अमेरिका बहस – २०१९ को तेस्रो संस्करण डालसतर्फ । भयकंर शहर । सबैभन्दा बढी नेपालीहरु बसोबास गर्ने दोस्रो नेपाल, डालस । नेपाली सामुदायिक ईतिहासमा पहिलो सामुदायिक केन्द्र र मन्दिर निर्माण गरेको डालस नेपाली परिवार । भब्य त्यो मन्दिर पनि नपुगेर पत्रकार आदरणीय दाजु सुरेशचन्द्र पोखरेल, शालिन अनि काम बोलेर चर्चा बटुलेका सुमन थापा र बौद्धिक ईन्जिनियर बिनय अर्यालहरुको संयोजनमा जन्मभुमी नेपालपछिको दोस्रो पशुपती-बुद्ध मन्दिर बनाउन लागेको डालस ।

हरिबोलहरुको बोली बिक्ने डालस । मुरलीहरुको धुन बज्ने डालस । भुवनहरुको तेज खोज्ने डालस । सुनीलहरुको सुशिलता खोज्ने डालस । गौरीहरुको उपस्थिती थेग्ने डालस । बिनयहरुको नयन चल्ने डालस । सुरेशहरुको सुशेली सुन्ने डालस । बिजयराजहरुको उन्नती देख्ने डालस । बेदराजहरुको दबदवा हेर्ने डालस । अमृतहरुको प्यार मिल्ने डालस । अर्जुनहरुको राज्य डालस । बिनोदहरुको प्रष्टता डालस । सिपीहरुको जिपिएस चल्ने डालस । ओमहरुको शान्ती हेर्ने डालस । ज्ञानेन्द्रहरुको सत्यता बोक्ने डालस । पदमहरुको बिजय हेर्ने डालस । बिपिनहरुको हेल्लो चल्ने डालस । गोबिन्दहरुको थर्काईमा डराउने डालस । हजारौं जिब्रा भएका शेषनागले पनि बर्णन गर्न नसक्ने नेपाली समुदायको महिमा बोकेको डालस !

यी यावत कहानीहरुको उत्तर डालसमा शुरु भयो नेजा-एनआरएनए अमेरिका बहस – २०१९ । मन्च बन्यो भब्य । बोस्टनमा ओबामाले बोल्नेजस्तो मन्च । त्यहां सुनील, सुर्य र संजय दाईहरुलाई अपमानको अनुभुती गराउने किसिमले मन्चको डिजाईन नगरिएको पून: प्रष्ट पार्दछौं । हाम्रा लागि सबै बराबर । सुनील दाईको गाऊमा उनैलाई कुना पारीएको हल्ला बिथ्या हो ।

शुरु भयो बहस । नेजाका महासचिव एवम प्रस्तुतीका किङ्ग किरण मरहट्ठा र आवाजका अर्का किङ्ग सुर्य थापाहरुले शान्त, सौहार्द र सालीन तरिकाले चलाएको कार्यक्रमको अन्तमा डालसको ईज्जत जाने प्रस्तुती कसैबाट भयो । बिद्धतामा पोख्त, प्रविधीका माहिर र प्रजातान्त्रिक विचारका ईतिहास ती पात्रबाट डालसमा देखाईेको हर्कत वास्तवमै निन्दनीय थियो र छ ।

नेजाको १३औं साधारण सभाको त्यो भब्यताबारे नो शंका । नो कमेन्ट । तर ती पात्रबाट ‘आफ्नो नाम लिईएको निहुं पारेर जसरी पाखुरा सुर्काईयो । त्यो रियल्ली निन्दनिय छ । खुद एनआरएनए अमेरिका अाफ्ना वरिष्ठ उपाध्यक्ष सुनील साह बोल्दाइ गर्दा देखाईएको हर्कतको बारेमा बिरोध बक्तब्य जारी गरेन । नेजाका महासचिवलाई पंक्तिकारले गरेको अनुनयको पनि सुनुवाई भएन । किन ? को संग डराएर हो ?

मेरा वरिष्ठ उपाध्यक्ष बिकासराज न्यौपानेमेरो क्षेत्रमा बोल्दाइ गर्दा प्रथमत: हाम्रो लस एन्जलसमा त्यस्ता झारपात वाहानामा पाखुरा सुर्काउने साहस कसैले सपनामा कसैले गर्दैन । मेरा वरिष्ठ उपाध्यक्ष बोल्दाखेर गरिने त्यस्ता डिर्स्टबको बारेमा त डल्लै भएपनी खुलेवाम सामना गरिन्छ, लस एन्जलसमा । कुनै माईकलालले हाम्रो लस एन्जलसमा अांट गर्दैन है । शैलेश श्रेष्ठदाईलाई नि थाहा छ ।

‘हामी लिखित बाहेक कुनै पनि प्रश्नहरु लिनेछैंनौं ।’ नेजाका महासचिव तथा प्रस्तुतीका किङ्ग किरण मरहठ्ठाले बकाईदा आचारसंहिता जानकारी गराईएको कार्यक्रममा नियोजित रुपमा सोधिएको प्रश्नको जवाफ एनआरएनए अमेरिकाको अध्यक्ष हुन्छु भनेर लागेको मान्छे बोल्दै उठेको प्रश्नको जवाफ दिदैंगर्दा पाखुरा सुर्काईएको घटना सेलायो । तर सामुदायिक अभियानको अगुवाई गर्ने डालसका कुनाकुनामा यस्ता हर्कतका चर्चा डालसका गल्ली-गल्लीमा भईरहेका होलान ।

एनआरएनए आईसिसी सल्लाहकार हरिबोल भन्डारी मन्चमा नउभिदिएको भए स्थिती कुनै आङ्ग या पाङ्गले चाहेजस्तो हुने थियो । जसरी अवतररण भयो – हरिबोल भन्डारी नउभिएको भए मन्चमा, त्यती सहज थिएन । तर एउटा उम्मेदवार आफ्नै अांगनमा देउसी गाउंदा भरुवा बन्दुक देखाईएको त्यो घटना नेपाली समाज डालासको लागि कालो दिन हो । दशवटा लेख पढियो, नेजा साधारण सभाको भजन गाएर । तर यो हर्कतको बिरोधमा कसैले लेखेनन । म ठुलो बनेको होईन । तर त्यो हर्कत निन्दनिय थियो, छ र रहनेछ । बांकी आईपरे भरेभोली लेखौंला ।

एउटा अचम्म :
कुनैदिन सरस्वती क्याम्पसको स्ववियू सभापतीमा चुनाव लडेको म पनि । जितहार आफ्ना ठाउंमा थिए होल्लन । तर बहस, संसर्ग र दिनचैर्यामा हामीमा कहिल्यै तिरस्कार भएन । न त बिरोध वा उपेक्षा । कसैले स्ववियू सभापतीका उम्मेदवार साथीलाई हेप्दा कन्सुरी तात्थ्यो । मेरा सहकर्मी शैलेश तमाङ्ग, सम्भवत नेकपा अखिलका भावी अध्यक्ष हुन ।

तर, डेमोक्र्यासीको यत्रो मुलुकमा एनआरएनए अमेरिका जस्तो संस्था हांक्न कसम खाएका खरा, डेन्जर र प्रष्ट वक्ता राजनितिज्ञ आदरणीय संजय थापा र बिद्धान ईन्जिनियर, कुलमान घिसिङ्गका सहपाठी, मैले अति श्रद्धा गर्ने मेरा दु:ख सुखका आदरणीय सुर्य लम्सालले आफुसंगै चुनाव लड्ने सहकर्मीलाई गरिएको हर्कत बखत कुनै प्रतिकृया नदेखाउने चाँहीं कस्तो अचम्म !

बहसको हिसाबकिताव र तथाकथित अनुगमन :

छोटकरीमा भनौं, नेजाले आयोजना गरेको बहस कार्यक्रमका बारेमा भोली बजारमा हल्ला होलान । केही भएका पनि छन । संयोजकको नाताले म त्यो ॠण संस्थालाई लगाउन्न । हामी धनी छैंनौं । अवश्य बहसमा केही खर्छ भएको छ । शुभचिन्तकहरुलाई आग्रह पनि गरिएको छ । धेरैले सहयोग गर्नुभएको छ । यथाशाक्य नाम सहित हामी बहसको खर्च विवरण सार्वाजानिक गर्नेछौं, आफ्नै बैठक मार्फत । एक मुठी चामलको भात खान कसैको सहयोग रकमका लागि नेजाले यो कार्यक्रम संचालन गरेको होईन । “ट्रान्स्परेन्ट एभिरिथिङ्ग,” हाम्रो अभिप्राय । कुनै ढिन्जा सिन्जाले हाम्रो अनुगमन गर्नु पर्दैन । एकमुठी कमाएर खाने सदस्यहरुको संस्था हो, नेजा । एनआरएनए अमेरिकाका २२० उम्मेदवारहरुलाई सोधे हुन्छ, कसैले । हामीले कोसंग माग्यौं, कति ?

स्पष्ट रुपमा नेजाको बहस कार्यक्रममा हामीले कसैसंग सुको लिएनौं । फोकटमा एनआरएनए अमेरिकाका उम्मेदवारहरुलाई स्वागत गर्दा खल्तीबाट कति गुमायौं ? नेजालाई सोध ! हरेक सदस्यलाई सोध । उम्मेदवारहरुलाई सोध । ब्यक्तिगत रुपमा संयोजकका नाताले मैले नजिककाहरुलाई आग्रह गरें । फ्रीमा गर्न के नेजा सयंसेवक संस्था हो ? जसले दिए, उनैको आग्रहमा नाम प्रकाशित गरिएअन । अब त चुनव सकियो । हामी सार्वजानिक गर्नेछौं । दिनेलाई फुलको माला, नदिनेलाई सुनको माला ।

अन्तमा,
एकदिन म एनआरएनए अमेरिकाका एक ठुला नेतासंग खटारोमासंगै हिंड्दै थिएं । उनको फोन टर्याङ्ग भयो । उनले भने ईन्जाको अनुगमनको ईमेल रे । मिती तोकेर उत्तर खोजिएको ठाडो प्रश्न । के भयो ? ५ हजार दियौ रे, बज्राचार्यले फोनमा भनेको रे, प्रश्न । मैले ती जिम्मेवार एनआरएनए नेतालाई भनें, ‘दाजु, प्लिज के छ नियम ? सत्य हो ? हो भने प्लिज, पचास हजार दिए पनि नेजालाई चाहिन्न । हामी लिना आएका होइनौं । त्यो नियम भए पनि काट्नुहोला । वा दिने प्रथा हामीलाई स्विकार्य हुनेछैन ।’

दाजुले भनुभयो, ‘नियम थियो । बन्द भईसक्यो ।’ मैले भनें, ‘गज्जब भएछ । बरु दुतावासको सहयोगले नपुगेकालाई दिनुस्, उत्तर पनि दिनुस् । चेक पनि पठाईदिनुस् ।’ दाजु हांसे ।

हे, ईन्जा, प्रत्यक प्रश्नको जवाफका लागि तयार छ, नेजा । नभए रामचन्द्र बोल्छन या बिकास बोल्छन । म खोक्छु या अग्नीले पोल्छन । नपत्याए शैलेशदाईलाई सोध ।

नेजामा आवद्ध धेरै साथीहरुलाई विना अनुमती ईमेल पठाउने कतै खोलिएको संस्थाको प्रपन्च चाँहीं के हो ? कसको अनुमती वा लिन्कले नेजामा आवद्ध सबै सदसयहरुको ईमेल चुहावट भयो ? एनआरएनए अमेरिका र हाम्रो नेजाको अनुगमनको ठेकेदारी लिने ठेकेदारहरुसंग जवाफ छ ? यो ब्यक्तिगत बिवरण चुहावटको मुद्दा होईन ? के हामीलाई उजुरी आएको छैन ?

हामी खसीबजारमा झुन्डाईएको बोकाको टाउका हौं ? हाम्रो कुनै संयन्त्र छैन, संजाल छैन ? अमेरिकामा कस्का खल्ती नाईलन वा सुतीका धागोका सिलाएको छ, हामीलाई थाहा छैन ?

नत्र सभापती पन्त बोल्न वाध्य नपार । अन्तमा राजेश दाई त छदैंछन् ।

जय नेजा !

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']