२०८१ वैशाख १४ गते | 26th of April 2024

इजाजतपत्र सरकारलाई बुझाउँदै निर्माण व्यवसायीहरु, बोलपत्र पनि बहिष्कार गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ १५ गते २१:१५

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद (छै्रठौं संशोधन) नियमावली–२०७५ का केही बुँदाहरुको विरोध स्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासंघ कार्य समितिको बैठकले शशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाई जानकारी दिनु भयो । चौलागाईका अनुसार अब व्यवसायीहरुले नेपाल सरकारबाट आह्वान भएका तथा हुने सम्पूर्ण बोलपत्रहरु बहिष्कार गर्दै इजाजत पत्र समेत नेपाल सरकारलाई बुझाउने भएका छन् ।

व्यवसायीहरुले आ–आफ्नो इजाजत पत्र महासंघ मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई र सम्बन्धित् जिल्ला संघले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई महासंघले तोकेको दिनमा बुझाउने भएका छन् । यसैबीच महासंघले सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही बुँदाहरुको विरोधमा थप संघर्षका कार्यक्रमहरु तय गर्नको लागि यही जेठ २२ मा राष्ट्रिय भेला बोलाएको छ । प्रदेश महासंघ र जिल्ला संघहरुबाट अध्यक्ष, महासचिव सहित ३ जनाको अनिवार्य उपस्थिति हुने गरी भेलाको कार्यक्रम तय गरिएको महासंघका प्रवक्ता चौलागाईले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *