२०८१ वैशाख ८ गते | 20th of April 2024

भारतीय प्रमलाई प्रम ओलीद्दारा रुद्राक्ष उपहार

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ १७ गते ११:२२

काठमाडौं – भारत भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतीय समकक्षी मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको हो। भेटवार्तामा दुबै नेताले दुई देशबीचको सम्बन्ध तथा आपसी हित लगायतका विषयमा छलफल गरेका थिए ।

उक्त भेटबार्तामा द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई रुद्राक्ष उपहार दिएका छन् । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *