२०८१ वैशाख ८ गते | 20th of April 2024

काउली बुढीको साथमा गोर्खालीहरुको सांगितिक कोशेली ‘चोट’

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ २१ गते ९:०६

साउदी अरब – गोर्खाली लोक गायक सुरज बमजनको लय, शब्द तथा स्वरमा सजिएको लाखौं परदेशीले भोग्नु परेको दु:खद गीति कहानी ‘चोट’ सार्वाजानिक भएको छ । सामना कृयसन प्रालिको प्रस्तुती साथमा प्रतिभाशाली गायिका सन्ध्या बुढा (काउली बुढी)ले पनि भिडियोमा साथ दिएकी छन । मार्मिक भिडियो प्रस्तुतिमा निर्देशक गौतम शेर्पा बलिस्ठ, कलाकार रश्मी भट्ट आमाको भूमिका तथा अर्का कलाकार ईम राना मगर ‘उजाड’ परदेशी दु:खी छोराको भूमिकामा गीतको भिडियोमा सम्मिलित छन । बाल कलाकार तेजस श्रेष्ठ तथा सहयोगी कलाकार सुर्य कुंवरको पनि म्युजिक भिडियोमा प्रस्तुती रहेको छ ।

दिपक, सुमन घिमिरे तथा बिबस थापाको छायाकंन रहेको म्युजिक भिडियोमा र समग्र संगितमा संयोग मान्नु पर्छ कि, यी सबै गोर्खाले जन्माएका सङ्गीतप्रेमीहरु हुन । जन्मभुमीमा ब्याप्त बेरोजगारी, अशान्ती र गरिबीले लाखौं युवा देश र परिवार छाडेर बिदेशिनु परेको बाध्यता र बार्षिक सयौ नेपाली दाजुभाई बन्द बाकसमा फर्कनु परेको कारुण अबस्था, कयौ अङ्ग-भङ्ग भएर बेहाल जिन्दगी जिउनु परेको नमिठो यथार्थलाई चित्रण गरिएको गीतको समग्र पाटो रहेको छ । ‘चोट’ ले सकेसम्म परदेश नजानु र त्यस्ता अङ्ग-भङ्ग भएका बेसाहाराहरुलाई साथ सहयोग दिनुपर्छ भन्ने सन्देश दिन खोजेको कलाकार ईम राना मगर ‘उजाड’ बताएका छन ।

स्मरणीय छ, कलाकार ईम ‘उजाड’ खुल्लामन्च डट कमका गल्फ क्षेत्रका सम्पादक पनि हुन ।
बांकी भिडियोबाट :

https://youtu.be/5OwNSaWwgPY

Leave a Reply

Your email address will not be published. Required fields are marked *