२०८१ वैशाख ८ गते | 20th of April 2024

नेपालका भुमाफिया, नक्कली लालपुर्जा र मालपोत कार्यालय

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ २३ गते ३:१२

– लक्ष्मण सिटौला 

एउटा कर्मचारी जव तस्करसग मिल्छ वा आफै भ्रष्टाचार गर्छ त्यो यो देशको रास्ट्रसेवक नै रहदैन । कर्मचारी भएर रास्ट्र र सेवाग्राहीका नाउँमा सपथ खादाखेरिको बाचा जव उस्ले बिर्सन्छ उ रास्ट्रसेवक कर्मचारी नरहेर रास्ट्रघाती देश र जनताको शत्रु रहन्छ । हाम्रो देश नेपालमा हामी भित्रै थुप्रै शत्रुहरु जन्मिरहेका छन । काम नगरी ठगि खानु, जागीर खाएर भ्रष्टाचार गर्नु, ब्यापार गरेर सरकारलाई कर नतिर्नु , ठेक्का पाएर समयमै काम सप्पन्न नगर्नु , चुनाव जितेर साम्सद बनी जनतालाइ देखाएका सामान्य वाचा पनि पुरा गर्न नसक्नु ती सबै जनताका शत्रु हुन ।

रास्ट्रसेवक कर्मचारीले आफ्नो पसिनाले कमाएको मात्रै आफ्नो स्थाइ सम्पत्ति सम्झिदिनी हो भने यो देशमा यति धेरै भ्रष्टाचार मौलाउदैनथ्यो होला । भ्रष्टाचार गरेर कमाएको कालो धनलाइ तह लगाउन जसरी भारतमा मोदिले नोटबन्दी कार्यक्रम ल्याएर हजार र पाँच सयको नोट ब्यान्ड गरे त्यसबाट भारतमा तमाम कालो धन थुपार्ने ब्यक्तिहरु रातारात ठिक ठाँउमा आए र त्यही बाटो अब नेपाल सरकारले पनि अवलम्बन गर्नुपर्ने देखिन्छ नत्र भने कालो धन थुपार्नेको मात्रै यो देशमा हालीमुहाली हुन्छ। भ्रष्टाचारको कहिले अन्त हुदैन यसको लागि ओलि सरकार मात्रैले चाहेर हुदैन अन्य राजनीतिक पार्टीहरुको पनि सहकार्य आवश्यक हुन जान्छ।

बजारमा दुध देखि रगत सम्म चामल देखि औसधि सम्म नागरिकता र गाडी चलाउने लाइसेन्स देखि लालपुर्जा सम्म नक्कली पाइन्छ । नक्कली नोटको त कुरै नगरु । भारतमा चलाइने नक्कली भारु पाकिस्तानबाट नेपाल हुँदै युपि र बिहार प्रवेश गर्छन । यो पटक नक्कली भारु समातियो सेटिङ नमिलेका कारण । नेपालको एयर्पोट भन्सार एउटा यस्तो नाका हो जहाँ सेटिङ बाट अरबौका अबैध कारोबार हुन्छन् । कुनै बेला समातिने डलर सुन र अरु बहुमुल्य बस्तुका कारोबार चाहिँ सेटिङ नमिलेर मात्रै हो । इमिग्रेसन्स देखि भन्सार सम्मका सबै अबैध कामहरू सेटिङमै हुने हुन। सेटिङ भनेको मिलिभगत हो । अबैध काम गर्ने अनि सबैलाई कमिसन दिने। सबै मिलेपछि कस्को के लाग्छ । एकजना मात्रै नमिल्दा पनि यो सेटिङको काम हुदैन । जब सबै बिभागका सबै कर्मचारी मिलेपछि कुनै माइकालालले अवरोध गर्न सक्तैनन् ।

र यो काम तिसौ बर्षदेखि लगातार भैरह्यो । भन्सारको एउटाे सुब्बोले अथाह कमाए । सुनको इट्टा होलान अहिले तिनका घरमा र अहिले तिनै भुपु सुब्बा साहेबहरु समाज परिवर्तनको नारा दिएर सामाजिक अभियन्ता बनेका छन। नेपालीमा उखान नै छ जो चोर उस्कै ठुलो स्वर । अवकाश पछिको तिन्का सामाजिक सान गान रवैया हेरिनसक्नु हुन्छ। जागीर हुँदा सम्म समातिने त्रासले सामान्य भएर दारी सम्म नकाटेर रुझेको बिरालो जस्तो भएर थोत्रा फाइल काखी च्यापेर हिड्ने अनि जब अवकाश हुने अनि शिरमा श्रीपेच लगाउने । भन्सारका र मालपोतका सुब्बाहरुको शेयर लगानी काठमान्डुको , घर जग्गा गाडीको अध्ययन हुनुपर्छ । छोरीको बिहे नै पाँच तारे होटेलमा तीन दिन लगाएर गर्छन यिनी।

भ्रष्टाचार नगर्ने कर्मचारीले बर्षको एकजोर नयाँ लुगा र जुत्ता किन्दा पनि निकै दिन सोच्न पर्छ । कसरी आयो अवकाशप्राप्त पछिको त्यत्रो सम्पत्ति । नेपालको मालपोत कार्यलय र भन्सार कार्यलयमा यदि इमान्दार कर्मचारी हुने हो भने यो देशलाई समुन्नति तर्फ लैजान अति नै सहज हुनेथियो । सबैभन्दा दोषि हरेक अफिसमा राजनीतिकरण हुनु हो। राज्यलाई यदि निकम्मा बनाउनु छ भने ब्युरोक्याट्स भित्र राजैनैतिक गन्ध घुसाइदिनु ।

आज राज्यका सबै अङ्ग सम्मानित अदालत देखि निर्वाचन आयोग सम्म राजदुत देखि प्रहरी आर्मीसम्म राजनीति बाट अछुतो रहन सकेनन । राजनीतिक नियुक्ति र दलगत भागबन्डामा अलमलिएको छ नेपालको कर्मचारीतन्त्र । पार्टीलाई करोडौं घुस ख्वाएर आएपछि त्यस्को दोब्बर कमाउनका लागि एउटा मालपोत को हाकिमले भुमाफियासग नमिली सुखै छैन । अनि उ खोज्न थाल्छ कहाँ छ पर्ती जग्गा । कहाँ छ बनसग जोडिएको खाली जग्गा त्यही जग्गा हडप्न सुरु हुन्छ र ब्यक्तिका नाउँमा दर्ता हुन थाल्छन । यसमा मालपोत नापी कर र स्थानीय राजनीतिक अगुवाइ समेतको मिलिभगत हुन्छ । सेटिङबाट सबै काम हुन्छ ।जनतालाई थाहै हुदैन । यो देशमा जनता भन्ने मनुष्य यति सोझो छ कि उ केवल भोट मात्रै हाल्न जान्छ अधिकार खोज्न जान्दैन ।
भुमाफियाको सेटिङमा यहाँ प्रधानमन्त्रीको निवासत थाहै नपाइ बेचिदा रहेछन भने अरु सामान्य खाली ,पर्ती र सरकारी जमिनको हालत के होला सोचमग्न गराउछ बर्तमान परिवेशले ।

को हुन भुमाफिया :
राजैतिक आड र आश्वासनबाट आस्वस्त जग्गा दलाल हो भु माफिया । उसलाई रास्ट्रघाती भन्दा पनि हुन्छ किनकि उस्ले नेपाल आमाको कोखा चिरेको छ । कोखाबाट छिरेर आमाको रगत मुटु फोक्सो कलेजो भुडी गिदि आँखा सबै चपाएको छ ।
तिन्ले कुनै सरकारी जग्गा , खाली जग्गा , पर्ती जग्गा ,बनले ओगटेको खाली भुभाग , सार्वजनिक गूठी जग्गा, मन्दिर आसपासको ,पुल पुलेसा आसपासको ,मसानघाट आसपासको, कसैले पनि नचर्चिएको जमिन, सडक छेउछाउको खाली जग्गा आदि देखे भने मालपोत कार्यलयका कर्मचारीसग अबैध साठगाठ गरि ब्यक्तिका नाउँमा लालपुर्जा निकाल्न थाल्छन् ।

खोला खोल्सालाइ समेत पुरेर त्यो भन्दा माथिको जमिन बेचबिखन हुन थालेका छन अहिले उपत्यकामा र यो क्रम अझै भयावह रूपमा फ़ैलिदै छ। कार्वाही हुदैन तिन्लाइ किनभने तिन्ले राजनीति गर्ने नेताको, मन्त्रीको स्थानीय सरकारको आश्वासन पाएका छन। राजनैतिक आडमा हुने आपराधिक क्रियाकलाप चाहे जमिन माथी हुने बलात्कार होस वा महिला माथी हुने बलात्कार होस त्यस्ले न्याय पाउदैन । भुमाफियाले दिएको दानबाट जब एउटा राजनीति गर्ने नेता पालिन्छ अनि राज्य त्यस्ता आततायीको पयर छुन थाल्छन् । राजनीति अन्याय अत्याचार शोषण रहित समाज निर्माणका लागि हुनुपर्ने हो तर हाम्रोमा राजनीति भुमाफियालाइ, बलात्कारीलाइ ,भ्रष्टाचारीलाइ सुरक्षा र सम्बर्द्धन गर्न उपयोग भैरहेको छ । खोलालाई दायाँबायाँ सागुरो गरि पर्खाल लगायो अनि त्यसमाथि छड राखेर ढलान गर्यो अनि पछि खोलामाथी ढलान भएको जग्गामा घर बनायो महँगो मुल्यांकन गरि बेच्ने तिनै भुमाफिया हुन । जमीनमाथी अप्राकृतिक दोहन गर्नेलाई ज्यानमारा सरहको कैद र सजाय हुनुपर्छ र राज्यले यस्ता दलाललाई छानी छानी कार्वाही गर्नुपर्छ नत्र भने नेपालको कुनै पनि खाली जमिन बाकी रहने छैन ।

बदनाम मालपोत कार्यलय :
नेपालका सरकारी कार्यलयहरु मध्य सबैभन्दा अनुशासनहीनता मालपोत कार्यलयमा छ । त्याहा घुस भ्रष्टाचार र बेमानीको नदी बगिरहेको छ। त्याहा हाकिम भएर गएको एक बर्षमा एउटा कर्मचारीले आफ्नो जिन्दगीलाई मात्रै होइन दुई पुस्ता सम्मलाइ पुग्ने आम्दानी गर्छ । उनीहरूसग अरबौ पर्ने जमिनको सूचना र स्रोत छ । उनीहरूसग जग्गा दलाल छन । एउटा जमिन बर्षमा कम्तीमा चार पटक रजिस्ट्रेन पास हुन्छ । हरेक पटकको किनबेचमा यिन्ले घुस खान्छन । नापी बिभागसग यिन्को आन्तरिक मिलिमतो हुन्छ । नाप नक्सामा एकफिट जमिन तलमाथि थपघट गरिदियो भने यिन्लाइ लाखौ घुस मिल्छ । यिन्कै हातमा छ जमिनको असली र नक्कली लालपुर्जा । यिन्कै बोलिमा छ राज्यको नियम कानुन । यिन्ले रातो मसिले पुर्जामा सहि गरिदिएपछी गूठी रैकर हुन्छ रैकर गूठी हुन्छ। यिन्ले कति गरिबका जग्गा राताभरमा लुकाइदिन सक्छन। यिन्ले भुमि माफियासग मिलेर बिदेशमा बसेको नेपालीको जग्गा अरुलाइ बेचिदिन सक्छन ।

यिन्ले बालुवाटार मात्रै होइन बाग्मती बिष्णुमति इच्छुमति किनार कति आफन्तका नाउँमा गरेका छन ।
मानिसलाई दुख दिन र घुस खान यिनीहरू असाध्य च्याम्पियन छन । जमिन नभएको कुनै कर्मचारी मालपोतमा सरुवा पायो भने रातभरमा जमिनदार भैदिन्छ । म भन्छु कोहि पनि दुखी नेपाली मालपोत कार्यलय जानै नपरोस। सधैंको लागि जमिन किनबेच बन्द गरियोस । सम्पुर्ण जग्गाको स्वामित्व नेपाल सरकारको होस। धनी दिनदिनै धनी हुने गरीब झनै गरीब हुने परम्परा हिजो राणाकाल देखि पन्चायत हुँदै अहिलेको गणतन्त्रमा समेत त्यही परम्परा कायम छ ।

जनताले गणतन्त्रको अनुभुती कहिले गर्न पाउने ? गरीब कहिले धनी हुने? लाखौं बेरोजगारी युवाले देश छोडेर बिदेश पलायन भैरहने यो दुरावस्थाको अन्त कहिले हुने ?
जहाँ जहाँ सहर छ त्यही त्यही भुमाफिया छन । नदीहरु पुरेर नदिमाथी घर बन्न थालेका छन । पुर्खाले बनाइ छोडेर गएका चौतारी सत्तल पार्टीमा अहिले पार्टीप्यालेसहरु ठडिएका छन ।
पार्टी पौवा सत्तल मासिए । तिन्का स्थानमा नाइटो देखाएर केटीलाई नाङ्गो नचाउने नाइटक्लबहरु खोलिए । त्यही नाइटक्लबमा जग्गा दलालहरु नाङ्गो नर्तकीको नाइटोमा नोटका बिटा फ्याकेर बियर तानिरहेका हुन्छन् । सहरमा खुलेका अघोषित ९० प्रतिशत बेस्यालयमा जग्गा दलाली र भुमाफियाले भरिएको हुन्छ। उनीहरूसग पुलिस प्रशासन देखि स्थानीय राजनीतिक कार्यकर्ता समेत सामेल हुन्छन् । यिन्का कालो धन यसरी नै सकिन्छन ।

भुमिसुधार कार्यक्रम :
जतिसुकै नयाँ मन्त्रीको मुहार फेरिए पनि सुरुमा भुमिसुधार मन्त्रीको भनाइ एकैखालको हुन्छ कि भुमिब्यस्थापनमा क्रान्तिकारी परिवर्तन ल्याउने कुरा । आजसम्म बुझ्न सकियन कि भुमिमा ल्याउने क्रान्तिकारी परिवर्तनको भनेको केहो? जमिन बाझो राख्न बाद्द्य पार्दा के क्रान्तिकारी परिवर्तन आउँछ हो ? दिन प्रतिदिन गाउँका जमिनहरु बाझिदैछन । गाउँ बिस्तारै मरुभूमिकरण हुदैछ । सरकारले नै युवालाई बिदेश धपाउदै छ ।इपिएस सिस्टम सरकारको स्वार्थमा खोलिएको हो । लाखौ युवाहरूलाई कोरिया पठाउने काम भैरहेको छ । युवालाइ बिदेश पठाउने सयौं म्यानपावर कम्पनीहरुमा राजनैतिक नेताहरुका शेयर लगानी छ । अनि तिनै नेता भासण गर्छन युवा बिदेश जानू हुन्न स्वदेशमै केही गर्नुपर्छ ।

भुमिसुधारका नाउँमा जतिसुकै भाषण गरेपनि खोइ कस्ले दियो भुमिहिनलाइ जमिन आजसम्म ? केवल भाषणले मात्रै परिवर्तन आउने भए नेपाल आज स्वीजरल्यान्ड भैसक्थ्यो । २०२१ सालमा सुरु भएको भुमिसुधार कार्यक्रममा एउटा क्रान्तिकारी नारा थियो “जस्को जोत उस्को पोत” जमिन जस्ले कमाउछ उसैको हो । तर खै यो नाराले मुहुर्त रुप लिएको? जनता आजसम्म पनि हली गोठालोनै भएर बाच्न बिवस छन । नेपाल भनेको चारभन्ज्याङ्ग भित्रको उपत्यका कान्तिपुर सहर मात्रै होइन । सहि नेपाल हेर्न पुर्वको साब्लाखु र पश्चिमको लालझाडि देखतभुली जानुहोस थाहापाउनुहुन्छ केहो नेपाल भनेर । गाडीबाट खुट्टा निकालेर माटाेमा टेक्नुहोस थाहा हुन्च जमिनको स्पर्शबोध र धरतीको माया ।

भुउपयोग नीतिनिर्माता जमिनको बैज्ञानिक प्रबर्द्धन गर्नु आवश्यक हो तर खोइ आजसम्म बाझो रहेको जमिनको उर्वरतालाई कसैले चिनेन । सहरमा भुमाफियाले जमिन देख्नै नहुने गाउँमा बाझो जमिनको उपयोग नै नहुने ।

जमीनको द्वैध स्वामित्व :
अर्थ मन्त्रीज्यूले भुउपयोग निति र जग्गा जमीन भाडामा दिने ब्यावस्थापनको कुरा बजेट भासण मार्फत कुरा उठाउनु भएको छ । जमिनका कारण बन समेत अतिक्रमणमा परेको छ ।
जमिनमा अझैसम्म पनि द्वैध स्वामित्वको अन्त भएको छैन । कथनी र करणिमा जहिले पनि तादम्यता मिल्दैन । योजना अनुसार काम कहिले हुदैनन् । योजना त त्यस्तो बनाउ जस्लाइ सजिलोसँग पूरा गर्न सकियोस । योजनाको भारी जति गरुङ हुन्छ कार्वान्यनको पक्ष त्यति नै हलुको देखिएको छ । जमिनमा रहेको द्वैध स्वामित्वको फाइदा भुमाफियाले लिइरहेका छन । मोहि र तल्सिङ बिचको अन्तरकलहका कारण यस्को फाइदा लिने अन्त्तत भुमाफिया नै हुने गरेका छन । दुई जना मोहि र तल्सिङ बिचको मुद्दा मिलाइ दिन्छु मलाई यति जमिन बिना मुल्यमा दिनुपर्छ भन्दै प्रस्ताव पेस गर्छन भुमाफिया र अन्तत मोहि र तल्सिङ बाध्य हुन्छन । मालपोत कार्यलय, नापी र स्थानीयको मिलिभगतमा सरकारी जग्गा ब्यक्तिका नाउँमा दर्ता हुन्छन ।

[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *