1

पत्रकार सुर्य थापालाई अमेरिकी राष्ट्रपतीको सर्भिस अवार्ड

108 पटक पढिएको

न्यूयोर्क – अमेरिकामा रहेका नेपाली पत्रकार सूर्य थापालाई अमेरिकी राष्ट्रपतीको सर्भिस अवार्ड प्रदान गरिएको छ । बिगत लामो समयदेखि अमेरिकामा रहेर नेपाली समुदायमा सकृय रहेर पत्रकारिता गरेका थापालाई समुदायका हितका लागि गरेको कार्यको हौसला स्वरुप सर्भिस अवार्ड प्रदान गरिएको जनाइएको छ । समुदायको हितका लागि काम गर्ने ब्यक्तीहरुलाई प्रोत्साहन स्वरुप प्रदान गरिने यो सर्भिस अवार्ड पत्रकार थापालाई शिकागोमा आईतबार भएको एक बिषेश कार्यक्रममा ईलोनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले प्रदान गरेका हुन् । अवार्डमा आफ्नो समुदायको हित हुंदै देशको हितका लागि काम गर्नेहरुलाई प्रदान गरिने यस अवार्डबाट तपाईलाई गोल्ड सर्भिस अवार्ड प्रदान गरिएको र आगामी दिनमा पनि थप सकृयताको शुभकामना गर्दछौं लेखिएको छ ।

अवार्ड प्रदान कार्यक्रममा एनआरएन अमेरिकाका नब निर्बाचित उपाध्यक्ष बुद्धि सुवेदी, शिकागो क्षेत्रका लागि पर्यटनदुत बाला घिमीरे, नेजाका महासचिव किरण मरहठ्ठा लगायतका ब्यक्तीहरुको उपस्थीती रहेको थियो । अवार्ड प्रदान गर्दै ईलिनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले पत्रकार थापाको उज्जवल भविश्यको कामना गर्दै समुदायको हितका लागि थप सकृय हुन शुभकामना दिएका थिए । जेशी ह्वाईट अमेरिकाको डेमोक्रेटिक पार्टिका बरिष्ठ नेता हुन् । नेपालको गुल्मीमा जन्मेका थापा नेपालमा रहंदा टेलिभिजन तथा बिभिन्न पत्रिका र एफएममा पत्रकारिता सकृय रहेका थिए । बिगत ९ बर्षदेखी अमेरिकामा रहेका पत्रकार थापा अमेरिकामा आए पछि ह्वाईट हिमाल टिभी हुंदै हाल कार्यक्रम यु स्टाट अगेन मार्पmत समुदायको हित र बिकासका कुराहरुलाई उठांउदै आएका छन् । प्रेसिडेन्स सर्भिस अवार्ड जस्तो महत्वपुर्ण अवार्ड प्रदान गरिएकोमा खुशी ब्यक्त गर्दै पत्रकार थापाले आफ्नो क्षेत्रबाट समुदायको हितका लागि काम गर्न थप हौसला मिलेको बताएका छन् । थापाले आफ्नो पत्रकारिता यात्रामा सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएका छन् ।

शिकागोमा नेजा महासचिव किरण मरहठ्ठाको पुस्तक ‘हु ईज् हु को शिकागो विमोचन कार्यक्रमको अवसरमा थापालाई उक्त सम्मान प्रदान गरिएको हो ।

तपाईको प्रतिक्रिया

डालस - चाडपर्व र तिथि उल्लेख भएका नेपालको पात्रो अमेरिकाको लागि उपयुक्त र सही नभएको धारणा.. ...

- बिपिन निरौला/लण्डन  करिब १४ हजार सदस्य मतदाता संख्या बनाएर विश्वकै ठुलो राष्ट्रिय समिति.. ...

विजय थापा/ न्यूयोर्क - गत अगस्त १७ शनिबारका दिन बिश्व कै सम्राट राज्य न्युयोर्कमा पहिलो पटक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...