२०८१ वैशाख ७ गते | 19th of April 2024

जनसंपर्क समिति, अमेरिकाका सभापती विष्टलाई मातृशोक

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ २८ गते २२:१०

न्यूयोर्क – नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टलाई मातृशोक परेको छ । विष्टकी आमा कमलादेवी विष्टको आज निजी निवास धनगढीमा निधन भएको छ । उहाँ ९० वर्षकी हुनुहुन्थ्यो । आफ्ना जेठा छोरासंग बस्दै आउनु भएकी विष्टका चार छोरा र चार छोरी छन् । जसमध्ये कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहनु भएका विष्ट परिवारका साहिँलो छोरो हुनुहुन्छ । विष्टबाहेक अन्य सबै दाजुभाई र दिदीबहिनी नेपालमा नै हुनुहुन्छ । आमाको निधनको खबर लगत्तै विष्ट आज साँझ नै नेपाल जान लाग्नु भएको छ ।

नेता विष्ट आगामी शनिवार अमेरिकाका तीन शहर न्यूयोर्क,सन् फ्रान्सिस्को र टेक्सासको अस्टिनमा हुन लागेको कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रमको तयारीमा जुट्दै गरेको अवस्थामा मातृ वियोगमा पीडामा पर्नु भएको छ । जुन १५ को अमेरिकामा हुने यो जागरण कार्यक्रमपछि उहाँ जुन तेश्रो साता डेनमार्कमा हुने कांग्रेसको प्रशिक्षण कार्यक्रममा जाने तयारीमा हुनुहुन्थ्यो ग्लोबनेपालले जनाएको छ ।

खुल्लामन्च परिवार विष्टकी आमाको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गर्दछ । साथै पीडाको यो क्षण शोक सन्तप्त सबै विष्ट परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *