२०८१ वैशाख १२ गते | 24th of April 2024

एनआरएनए अमेरिकाको आठौं साधारण सभाको तयारी पुरा

खुल्लामन्च
 प्रकाशित: २०७६ असार ९ गते २०:५७

शिकागो – एनआरएनए एनसिसि अमेरिकाको जुलाई ६ र ७ तारिख सिकागोमा हुन लागेको ८ औ साधारण सभा तथा नवनिर्वाचित पदाधिकारीहरुको सपथग्रहण कार्यक्रमको तयारी लगभग पुरा भएको छ । कार्यक्रम सफल बनाउन कार्यक्रमको कन्भेनर, कोकन्भेर, संयोजक लगायत सवै समितिका संयोजकहरु लगायत सदस्यहरु खटिरहेका छन । यस पटकको साधारण सभामा उपस्थित हुने सवै अतिथिहरुको लागी ५ तारिख बेलुका अमेरिकाभरिकै सवै च्याप्टरहरुको संयुक्त आयोजनामा अतिथिहरुका लागी च्याप्टर रात्रीभोज हुने भएको छ । उक्त रात्रीभोजको संयोजन केन्टाकी च्याप्टरको सभापति दिलु पराजुलीले गरिरहेका छन । कार्यक्रमका कन्भेनर राधा पौडेलका अनुसार जुलाई ६ तारिख विहान खाजापछि अतिथिहरुको स्वागतसंगै उदघाटन कार्यक्रम हुने भएको छ । त्यस्तै १२ बजेदेखि १ बजेसम्म दिवाभोज र त्यस लगतै विधान संसोधन र निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहणको कार्यक्रम हुने भएको छ । कन्भेनर पौडेलका अनुसार बेलुकी हुने सास्कृतिक कार्यक्रममा सबैलाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ । त्यस्तै ७ तारिखका दिन निर्वाचित नया कार्यसमितिहरु र च्याप्टरहरुको बैठकसंगै विभिन्न फोरमहरु हुने भएको छ ।

एनआरएनए अमेरिकाको ८ औ साधारण सभा तथा सपथ ग्रहण कार्यक्रम सफल बनाउन आयोजक समितिको हालैको निर्णय अनुसार विभिन्न तीन किसिमको दर्ता शुल्क निर्धारण गरिएको छ । नवनिर्वाचित मिडवेष्टका उपाध्याक्ष तथा कार्यक्रमको कोकन्भेनर बुद्धि सुवेदीले दिएको जानकारी अनुसार एनआरएनएका निर्वाचित, मनोनित लगायत सवै एनआरएनहरुको लागी १ सय डलर , मिडवेष्टको स्वयमसेवकको लागी ५० डलर र इलिनोइजको स्थानीय बासिन्दाहरुको लागी खाना बाहेकको १० डलर दर्ता तोकिएको छ । ‘ प्रवासमा रहेको हामी सवैको यो साझा सस्थाको यो महत्वपुर्ण कार्यक्रममा उपस्थित भई सहयोग पुर्‍याउन सवैलाई हार्दिक अनुरोध गर्दछु’ एनआरएनए अमेरिकाको अध्यक्ष डा केशव पौडेलले बताए ।

एनआरएनए अमेरिकाको विधान संसोधन हुने कार्यक्रम आफैमा महत्वपुर्ण भएको र नवनिर्वाचित पदाधिकारीहरुको सपथ र पदहस्तन्तरण हुने भएकोले पनि यो साधारण सभालाई हामी सवैले विशेष रुपमा लिएका छौ ‘ बोर्डका बरिष्ठ उपाध्याक्ष तथा नवनिर्वाचित अध्यक्ष सुनिल शाहले बताए । यो कार्यक्रमलाई लिएर नयाँ कार्यसमितिका लागि निर्वाचित पदाधिकारीहरु उत्साही देखिएका छन् । नवनिर्वाचित महासचिव पशुपति पाण्डेले दोस्रो दिनको कार्यक्रमपछि आफुहरुले आगामी दुई बर्षको खाका बनाउने बताए ।”सबै योजना बनाउन त सम्भव छैन तर एउटा रोड म्याप सबै बसेर कोर्नेछौँ ।” पाण्डेले नेप्लिज डायस्पोरासंग भने । उनका अनुसार यो कार्यक्रम आफैमा महत्वपुर्ण भएकोले कार्यक्रममा नेपाल सरकारको पुर्व उपप्रधानमन्त्रि विजय गच्छेदार, एनआरएनए आइसिसिका अध्यक्ष भवन भट्ट र उपाध्यक्ष कुल आचार्य लगायत अन्य एनआरएनएकर्मिहरुको उपस्थिति हुने भएको छ ।

‘ यो कार्यक्रममा हामीले सवैलाई निम्तो दिइसकेका छौ यदि कसैले नपाएको खण्डमा कृपया यसैलाई निम्तो ठानी सबैको उपस्थितिको लागी हुन हार्दिक आग्रह गर्दछु ‘ महासचिव तथा नवनिर्वाचित उपाध्याक्ष विआर लामाले बताए । सिकागोमा हुन लागेको यो महत्वपुर्ण कार्यक्रमको सम्पुर्ण तयारी पुरा हुनुको साथै होटलका कोठाहरु धमाधम बुकिङ भइरहेको जानकारी कार्यक्रमको होष्ट च्याप्टरका अध्यक्ष एवं नवनिर्वाचित बोर्ड अफ डाइरेक्टर सत्य चौधरीले बताए । ‘ हामी सवैको साझा कार्यक्रममा उपस्थित हुनका लागी सवैको सुविधाको लागी हामीले अनलाइनबाट कोठा बुकिङसंगै दर्ता प्रक्रिया शुरु गरिसकेकोले सवैलाई अनलाइनबाट दर्ता गर्नका लागी हामी हार्दिक अनुरोध गर्दछु’ । सिकागो च्याप्टरको होष्ट चौधरीले बताए । ‘ हामी बस्ने राज्यमा हुन लागेको यो ऐतिहासिक कार्यक्रममा तपाईहरु सबैलाई स्वागत गर्न हामी आतुर भइरहेका छौ’।

स्रोत : नेपालिज डायस्पोरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *