२०८१ वैशाख १३ गते | 25th of April 2024

डिसी मेट्रो महापुराणमा अपार सामुदायिक सहभागिता (फोटो फिचर)

खुल्लामन्च
 प्रकाशित: २०७६ असार ११ गते ५:५४

भर्जिनिया – डीसी मेट्रो सप्ताहको आज तेश्रो दिन पहिले भन्दा अझ धेरै भक्तालुजनले खचाखच देखियो । १ बजेबाट पुराण बाचन सुरु भएर ८ बजे बेलुका समापन गरियो । आज सम्मको सहभागिता र दानलाई हेर्दा लगभग ७ लाख भन्दा बढि रकम सामुदायिक भवनका निर्माणार्थ उठिसकेको बुझिएको छ । अहिले सम्म २१२ घरले दान दिईसकेको साथै यो संख्या आउदो सनिबार सम्ममा १ हजार घर भन्दा धेरै पुग्ने अनुमान गरिएको छ ।

संस्थापक सदस्य बन्नको लागि चाहिने १ हजार दान दिनेहरुको संख्या ११२ पुगिसकेको छ भने ४ हजार दान दिएर बन्ने सस्थापक ट्रष्टीहरुको संख्या ६१ पुगेको छ । त्यसैगरि १२ हजार दान दिएर बन्नसकिने संस्थापक बेनिफेक्टर सदस्यहरुको संख्या १६ पुगेको छ । २० हजार दान दिएर बन्न पाउने संस्थापक प्लाटीनम सदस्यहरुको संख्या ६ पुगेको छ । साथै १ घर ४० हजार दान दिएर बन्न सकिने संस्थापक संरक्षक सदस्य बनिसकेको छ । कुनैपनि घर नछुटौ भन्ने उद्देश्यले उपलब्ध हुनसकेका ब्यक्तिहरुलाई फोन मार्फत पनि जानकारि दिदै आईरहेको बुझिएको छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *