२०८१ वैशाख १३ गते | 25th of April 2024

तिक्ततालाई निमिट्यान्न पार्दै संस्थागत सशक्ततालाई जिम्मेवार बनाउन साधारण सभा सफल हुनेछ : संयोजक पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७६ असार १९ गते १८:२६

लस एन्जलस – एनआरएनए अमेरिकाको साधारण सभा पर्सी शनिवार शिकागो शहरमा शुरु हुंदैछ । साधारण सभाको तयारी, एनआरएनकर्मी र शुभचिन्तकहरुको गुनासो, प्रमुख अतिथी विवाद र नव-निर्वाचित कार्यसमितिलाई बोकाईने भारी र वर्तमान कार्यसमितिको दुई बर्षे कार्यकालको बिदाईका बारेमा वर्तमान कार्यसमितीकी उपाध्यक्ष एवम यो साधारण सभाकी संयोजक राधा पौडेलसंग खुलामन्चले गरेको कुराकानी :

खुल्लामन्च : कस्तो प्रकारको तयारीले सम्पन्न आयोजना हुंदैछ, साधारण सभा ?
संयोजक पौडेल : साधारण सभा एनआरएनए, युएसएको विधानत: निर्देशित संस्थागत अनिवार्य वार्षिक प्रकृया त हो। त्यसमा पनि यो साधारण सभा निर्वाचन सम्पन्न हुने वित्तिकै हुने भएकोले यस्तो अझ वढी महत्व छ। नव निर्वाचित एनआरएनए एनसीसी वा च्याप्टरका निर्वाचित प्रतिनिधिहरूको सपथ ग्रहण, एनआरएनए आइसीसीका सदस्यहरूको निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र बितरण र केन्द्रको आसन्न निर्वाचनका लागि प्रतिनिधि पठाउने विषयमा विशेष छलफल हुनेछ । यसका अतिरिक्त विधानत: आवश्यक मस्यौदाहरू, न्यायिक सल्लाहाकार समिति, महिला सहभागिता वढाउन महिला सुरक्षित पद वा सल्लाहाकार वा टास्क फोर्सहरूको उचित व्यवस्थापन कसरी गर्न सकिन्छ । एनआरएनए केन्द्रसंग एनआरएनए, युएसएको संस्थागत संरचना र कार्यपध्दति वा निर्वाचन प्रणालीलाई परिस्कृत कसरी गराउन सकिन्छ आदि कुराहरूमा सो साधारण संभाले वृहत छलफल गरी महत्वपूर्ण निर्णय गर्ने छ भन्ने मेरो विश्वास रहेको छ।

खुल्लामन्च : साधारण सभाभित्र विशेष के हुंदैछ, यसपाली ?
संयोजक पौडेल : विशेष हुने भन्ने कुरा पहिले उल्लेख गरिसकेको छु । नवनिर्वाचित प्रतिनिधिहरूको सपथ ग्रहण, पद र जिन्मेवारीको हस्तान्तरण, अनुभवो आदान-प्रदान, एनआरएनए आसन्न निर्वाचनको लागि प्रतिनिधि छनौट गर्ने व्यवस्थापन, न्यायिक सल्लाहाकार समिति नै हुन्। महिला सहभागिता वढी भन्दा वढी कसरी गराउने, एनआरएनए, युएसए प्रति जनचासो र सहभागिता कसरी गराउन सकिन्छ सो विषय केन्द्रित छलफल र र कार्ययोजना वनाउन नयाँ कार्यसमितिलाई अभिप्रेरित गर्नु यस साधारण संभाको प्रमुख उदेश्य रहेको छ ।

खुल्लामन्च : भर्खरै सम्पन्न निर्वाचनमा हार बेहोरेका एनआरएनकर्मीहरु यो साधारण सभाप्रती त्यत्ती आकर्षित देखिएका छैनन । संस्थाप्रती चाख र चाह नभएकाहरु उपस्थित हुनै पर्ने गरी यो साधारण सभाको के रौनकता छ ?
संयोजक पौडेल : निर्वाचन मात्र एक प्रजातान्त्रिक अभ्यासको एउटा पाटो हो । हार र जीत भन्दा पनि सवैले एनआरएनए प्रतिको लगाव, प्रवासमा रहेर पनि मातृभूमि र प्रवासमा नै रहनुहुने नेपालका लागि केही गरिन सक्छु र गर्नु पर्दछ भन्ने दायित्ववोध लिएर नै यतिधेरै सहभागिता भएको हो र वहाँहरूले पनि भारी मत पाउनु भएको छ। धेरै मत पाउनेले पदीय ज़िम्मेवारी लिनु त पर्दछ नै तर कम मत ल्याउनेले पनि जिम्मेवारीवाट न त हट्न मिल्छ न त एनआरएनएको मूलधार वाट अलग रहन मिल्छ। सुधारकालागि सहभागिताको विशेष ज़रूरत पर्दछ। मैले धेरै साथीहरूसंग सम्पर्क गरिरहेको छु र यही मीडिया मार्फ़त पनि आग्रह गर्न चाहन्छु, एनआरएनए प्रवासमा वस्ने नेपालीहरूको एक मात्र साझा संस्था हो, हामी सवैको हो। सहभागिता, लल्लाह, सुझाव, वहस् र आवश्यक संसोधनले संस्था र समाजवाद सवल गराउन सकिन्छ सकृय, सहभागिता नहुँदा अपेक्षित उपलव्धी हासिल गर्न सकिने छैन। त्यसैले मलाई लाग्दैन जो अन्तरमन बाट यो अभियानमा लाग्नु भएको हो, उहाँहरुको सामाजिक भावनालाई 2,4 मतको अन्तरले फरक पार्न सक्छ ।यदि संस्थागत विषयमा केहि परिस्कृत र परिमार्जन गर्नु पर्ने भएमा वा प्रक्रियामा भएका कमी कमजोरीहरुको समीक्षा गर्नु परेमा यो नै एक मात्र अवसर भएकोले यो अवसरलाई उहाँहरुले छुटाउनु हुन्छ जस्तो मलाई लाग्दैन ।

खुल्लामन्च : हन्डरहरु झेल्दै दुई बर्षे कार्यकालको विरासत बिसाउंदैछ, तपाईंंहरुको कार्यसमितिले । कस्तो खाले भारी कसिदिनुभएको छ, नव-निर्वाचित कार्यसमितिलाई ?
संयोजक पौडेल : संस्थामा काम गर्दा भइपरिआउने परिस्थितिजन्य अप्ठ्याराहरू वा चुनौतिहरू हुन् वा फ़रक दृष्टिकोण हुन त्यसलाई सामना गर्न सक्नु पर्दछ। हरेक चुनौतिलाई अवसरको रूपमा लिन सक्नु पर्दछ। सहकार्य, सहमति, निस्पक्षता, न्यायसंगत र निर्भीक नेतृत्वले कुनै पनि कुराको सहज रूपमा सामना गर्न सकिन्छ भन्ने मेरो वुझाई रहेको छ। भारी वोकाइने भन्ने त सवाल आउन्न । सर्वप्रथम त हामीले यो सामाजिक कार्यमा सबै सामाजिक अभियन्ताहरुको उत्तिकै दायित्व रहन्छ भन्ने कुरा यो वुझ्नु ज़रूरी छ ।हरेक सामाजिक अभियन्ताको आफन्नो काम, परिवारिक ज़िम्मेवारी हुन्छ। समय व्यवस्थापन गरी केही समय, अनुभव , साधन वा स्रोत समाजमा दिन चाहनुहुने साथीहरूलाई पक्का पनि यो ज़िम्मेवारी वोध भएको हुनु पर्दछ। नव निर्वाचित कार्य समितिले च्याप्टर र केन्द्र संग समन्वय गरी प्रभावकारी काम गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ। दुई अवधिको कार्यकालले संस्थागत संरचना बलियो वनाएको छ । प्रवासी नेपाली विच एनआरएनए संस्थाको आफ्नो मौलिक पहिचान नेपाली समुदाय वीच वनाएको छ। धेरै स्टेटहरूमा एनआरएनए च्याप्टरहरूले स्टेटसंग मिलेर काम गर्ने परिपाटी समेत वनाएको छन्। चाप्टरको क्षमका वृध्दिमा नयाँ कार्यसमितिको विशेष ध्यान जाओस् जसले एनआरएनएको आधारशिला मजबुत गराउन सक्छ र जन समुदायको एनआरएनए प्रति आकर्षण बढ़ने छ।

खुल्लामन्च : कांग्रेस नेता बिजयकुमार गच्छदारलाई प्रमुख अतिथीको रुपमा निम्त्याएर विवादमा परिएको भान हुँदैंन ?
संयोजक पौडेल : प्रमुख अतिथि जसलाई वनाउँदा पनि सर्व सम्मत नहुन सक्दछ। माननीय विजय कुमार गच्छेदार पूर्व उप-प्रधान मन्त्री समेत हुनु भएको व्यक्तित्व हुनुहुन्छ। परराष्ट्र मन्त्रलयवाट कार्यकारिणीको अभिभारा समाल्रहनु भएका परराष्ट्र मन्त्रीज्युवाट समयमानै निर्णय नआएको परिस्थिति थियो। फेरि महामहिम राजदूत डा. अर्जुन कुमार कार्की पनि हामी साथ नै हुनुहुन्छ जसलाई नेपाल सरकारले कार्यकारिणी मन्त्री सरहको ज़िम्मेवारी नेपाल सरकारले दिइएको छ भन्ने मेरो वुझाई रहेको छ । यस अवस्थामा महामहिम राजदूत पनि प्रमुख अतिथि हुन सक्नु हुन्थ्यो। उप- प्रधान मन्त्री समेतको ज़िम्मेवारी लिनु हुने माननीय गच्छेदारलाई प्रमुख अतिथि वनाउने एनआरएनएको निर्णयलाई अन्यथा मान्नु पर्ने अवस्था देखिदैन। साथीहरूले यसलाई सहजरपमा लिनु हुनेछ भन्ने मेरो विश्वास रहेको छ।

संसद, कार्यकारिणी वा नेपाल सरकारका कुनैपनि जनप्रतिनिधिलाई काँग्रेस वा कम्निष्ट भनेर कित्ताकाट गर्ने हो भने एनआरएनए को अभियान कहिल्यै पनि लक्ष्यमा पुग्न सक्ने छैन सत्तापक्ष र पक्ष प्रतिपक्षको ज़िम्मेवारी र भूमिका आ-आफ्नो स्थानमा उत्तिकै महत्वपूर्ण रहन्छ। नेपालमा नेकपावाट विजयी जनप्रतिनिधिको सरकार छ तर सरकारले अल्पमतको पनि प्रतिनिधित्व गरिराखेको हुन्छ। संसदमाको निर्वाचनमा पार्टीको टिकट बाट जीत हार हुन्छ तर सम्पूर्णले आफ्नो दायित्व भने नेपाल र नेपालको हितमा वहन गरेका हुन्छन । कोही पनि नेतृत्व साधारण संभामा आमन्त्रित हुनुहुन्छ भने समग्रता हामी सवैको हित र एनआरएनए अभियानमा वहाँहरूको सहयोग र समर्थन जुटाउने अर्चना हो भन्ने मेरो दृष्टिकोण रहेको छ। यसलाई उदार ह्रदयले वुझौं। संयोगको रूपमा लिउँ। अवसरको रूपमा लिन सकौं। निषेधको दृष्टिकोण अवश्य होइन। म साथीहरूलाई यही भन्न चाहन्छु।

खुल्लामन्च : अन्तमा केहि भन्न चाहनुहुन्छ ?
संयोजक पौडेल : अमेरिकामा वसोवास गर्ने सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाइ दिदिबहिनीहरू , एनआरएनए युएसएको सदस्यता लिई आवद्धता जनाउनु हुने साथीहरू, सामाजिक अभियन्ता, बुद्दिजीबी, व्यापारी, व्यवसायी, वकील, पत्रकार, ज्युहरू सम्पूर्णमा मेरो र एनआरएनएको तर्फबाट हार्दिक अभिवादन । जुलाई ६ र ७, २०१९ मा हामी प्रवासमा बस्ने नेपाली हरुको आस्थाको गौरब एन आरएनए को साधारण सभा हुन गैरहेको कुरा पून: यहाहरलाई स्मरण गराउदै यो सभाको संयोजकको रूपमा सवैलाई आमन्त्रण गर्न चाहन्छु । विविधतामा एकता र विवाद वीच सहमति जुटाऊँदा , एनआरएनएलाई साझा संस्था वनाउन, आफ्नो स्वामित्व ग्रहण गर्न सवैको केही न केही दायीत्व रहेको हुन्छ। सकृय सहभागिता र सकारात्मक सोच र सुझावले मात्र सही गन्तव्यमा पुग्न सकिन्छ भन्ने कुरामा दुई मत हुने छैन। त्यसैले धेरै भन्दा धेरै को सहभागिता र संगठित आवाज़ र सुझावका लागि पनि अत्यधिक सहभागिता रहोस्। साथीहरू आउनुहोस्, सिकागोको साधारण सभालाई मौलिक र महत्व पूर्ण निर्णय सहित सफल वनाउन सहयोग गरिदिनुहोस भनी विनम्र अनुरोध गर्दछु ।

खुल्लमन्च : यहाँंको समयको लागि धन्यवाद । साधारण सभाको सफलताको कामना गर्दछौं ।
संयोजक पौडेल : यो अवसरका लागि धन्यवाद, खुल्लामन्चलाई ।

One thought on “तिक्ततालाई निमिट्यान्न पार्दै संस्थागत सशक्ततालाई जिम्मेवार बनाउन साधारण सभा सफल हुनेछ : संयोजक पौडेल

  1. Wow, fantastic blog structure! How lengthy have you ever been blogging for?
    you make blogging look easy. The whole look of your site is wonderful,
    let alone the content material! You can see similar here e-commerce

Leave a Reply

Your email address will not be published. Required fields are marked *