२०८१ वैशाख ८ गते | 20th of April 2024

नेपाली फुटबलका कप्तान महर्जनको जर्सी अमेरिकाको क्यालिफोर्निया राज्यका सिनेटरको कार्यालयमा

खुल्लामन्च
 प्रकाशित: २०७६ असार २६ गते १९:५२

लस एन्जलस – चौथो नेपलिज अमेरिकन कन्भेन्सन लस एन्जलसको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान बिराज महर्जनद्वारा क्यालिफोर्निया राज्यका सिनेटर बब आर्चुलेटालाई नेपाली राष्ट्रिय फुटबल टिमको आफ्नो जर्सी हस्तान्तरण गरे । सगरमाथा र शान्तीका प्रतिक बुद्ध जन्मेको मुलुकका फुटबल कप्तानले सात समुद्र पारी आएर आफ्नो जर्सी उपहार दिंदा सिनेटर बब आर्चुलेटाले खुशी ब्यक्त गर्दै आफु पनि खेलाडी रहेको र नेपलिज अमेरिकन कन्भेन्सनले आफ्न हरेक आयोजनाहरुमा युवा र खेलकुदलाई मध्यनजर गर्दै काम गरेको हुंदा आफु हर्षित भएको बताए ।

सिनेटर आर्चुलेटाले नेपाली राष्ट्रिय टोलीका कप्तान बिराज महर्जनद्वारा आफुलाई उपहार स्वरुप दिईएको नेपाली फुटबलको जर्सी क्यालिफोर्निया राज्यको राजधानी सेक्रेमेंटोस्थित आफ्नो कार्यालयमा सजाएर राख्ने प्रतिबद्दता ब्यक्त गरे । नेपाल र नेपाली राष्ट्रिय फुटबल टीमको जर्सी क्यालिफोर्निया राज्यको राजाधानीमा सजिदिंदा हामी सबै नेपालीलाई गौरव महशुस भएको कप्तान बिराज महर्जनले बताए । कप्तान महर्जन चौथो नेपलीज अमेरिकन कन्भेन्सनको ब्रान्ड एम्बेसेडरका रुपमा दोस्रो पटक यस् सम्मेलनमा सहभागी हुन लस एन्जलस आएका हुन ।

चौथो नेपालीज अमेरिकन कन्भेन्सन पर्यटनदुत रामेश्वर भन्डारीको संयोजन, कपिल अधिकारीको सभापतित्व, अमेरिकाका लागि पुर्व नेपाली राजदुत डा. शंकर शर्माको प्रमुख आथित्यता र महावाणिज्यदुत ॠषि ढकालको बिशेष आथित्यतामा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *