२०८१ वैशाख १३ गते | 25th of April 2024

शिकागो डायरी – एनआरएनए अमेरिका साधारण सभा

खुल्लामन्च
 प्रकाशित: २०७६ असार २९ गते ०:५८

गोकुल ढकाल 

खोरियाको सांध चैतमा जोत्दा एक इन्च पनि यताउती भयो भने त्यही निहुंलाई मन नपरेपछी आफ्नै ठुलो बाउ पनि शत्रु हुन्छन, कहिंलेकाही । एनआरएनए अमेरिकाको आठौं साधारण सभामा भाग लिन वा भात खान म पनि पुगें, यसपाली । जाम कि नजामको दुबिधामा अन्तिम घडीमा १७ घण्टा लगाएर हाजातले आजात बनाएर पुर्याएको घटना रोमान्चक छ । एनआरएनए सिकागो च्याप्टरले आयोजना गरेको स्वागत डिनरमा चिकनका फिला लुछ्न समयमै पुग्ने सपना त्यसका बाजे अमेरिकन जहाज सेवाले लठीबद्र पारीदियो । पौने एकबजे शिकागो बिमानास्थलमा असिन पसिन हुंदै चारवटा ठुला सुटकेश घिसार्दै आएका एनआरएनप्रेमी मणी नेपाली पनेरुलाई भेट भयो । होटेल पुर्याउने साधनको खोजीमा बिचरा पनेरुले शिकागो बिमानास्थल दुई फन्को लगाएछन । ‘के ल्याउनुभयो सर, यो भारी ?’ मैले सोधें । ‘हेल्प डेस्कको स्मारिका, पनेरुले जवाफ दिए । ‘यो बुढेसकालमा पनि केही नगरी रिटायर्ड भएर बस्न सक्नुहुन्न है’, मैले भनें । कुचुकुचु केही न केही गर्ने बानी लाग्यो मित्र । त्यसैले यो पनि छापें ।

ठुलोबा ठुलो कि ढुङ्गे सांध ?

जिन्दगीको सबैभन्दा ठुलो चिनारी, रगत । रगतको नाता ठुलो कि, हलो सार्दा झुक्किएर सरेको ढुङ्गे सांध ठुलो ? रगत सम्झिए बाउलाई दाजु ठुलो वा मलाई मेरो ठुलोबा ठुलो । पाखुराको बल, समाजमा हल्ला गर्ने हो भने ढुङ्गे सांध ठुलो । भुलबश वा नियतले सरे पनि ढुङ्गोको के दोष ? सारीने वा सारीएको तरिका ठुलो कुरो भो ।

यस्तै हो, एनआरएनए अमेरिका । शैलेश श्रेष्ठले दिनहुं लेख्ने बिषय हुनु, गौरीराज जोशीले सर्वश्रेष्ठ नेपाली बन्ने अवसर पाउनु, डा. केशब पौडेलले एनआरएन महासचिवको आकांक्षा पाल्नु, पद नपाएपछी यस्तो र उस्तो भन्नु वा पाए पाद्नु नपाए हग्नुजस्ता बिषय सबै एनआरएनएकै कारण भईरहेका हुन र छन । जनसम्पर्क समितिमा लाग्यो मन्त्री पद अनिश्चित । प्रवासी मन्चमा लागे प्रधानमन्त्री अनिश्चित । हुने आखिर कोही केहे होइन । कमल थापाहरुको ठेगाना नभाको देशमा जवर्जस्त एनआरएनए बसिबियांलो वा खशी बार्बिक्यूको साधन भएको छ ।

यसमा दुईटा समुह छ । एउटा समुह, एनआरनए अमेरिकाले अहिले स्वदेशमा परेको बाढी विपतमा उद्दारको सारा खर्छ गरे पनी, ‘ए, हिजो आएको सुनील साहले कहांबाट ल्यायो यो पैसा ? भन्ने छ भने अर्को स्वदेशको दु:खमा मल्हम लगाउन एनआरएनए अमेरिकाले देखाएको सदासयता कमसेकम सर्हानिय छ भन्नेको छ । अब ठुलोबाउ ठुलो कि ढुङ्गे सांध ठुलो ?

गच्छदारको उपस्थिती :
तामझामले सम्पन्न हुने एनआरएनए अमेरिकाको साधारण सभा नेपाली बानी झैं निर्धारित समयभन्दा ढिलो शुरु भयो । साधारण सभाको शुरुवातभन्दा अगाडी शुरु हुने कानुनी समितिको अन्तर्कृया कार्यक्रम चर्चित अधिवक्ता बासु फुलाराले शुरु गरे । खासै समस्या नदेखिएको कानुनी कार्यक्रमको लगत्तै शुरु भयो । एनआरएन अमेरिकाको आठौं साधारण सभाभित्र जसरी साहस गरेर कसैले बोलेनन, त्यहां । एक त बासु फुलारा आँफैंमा हरेक प्रश्नको ड्यासिङ्ग उत्तर दिने स्वभावले परिचित भएर कसैले बोलेनन वा कुनै कानुनी समस्या थिएन । सुपर लयर खगेन्द्र जिसी पनि त्यही भएकोले उनको पनि भाषण बाहेक प्रश्नोत्तर केही भएन । कहिले जिसी र फुलारा न्यूयोर्क जालान र बन्द शत्रमा लफडा गरौंला भन्ने मानसिकता बन्द शत्रमा देखियो ।

ॐ शान्तीको भ्रमणका लागि भारत हुंदै एनआरएनए अमेरिकाको कार्यक्रममा भाग लिन आएका बिजयकुमार गच्छदार सबैभन्दा बढी चर्चित बने । एनआरएनए अमेरिकाको आमन्त्रणलाई नटेरेका परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली किन आएनन । नेकपाका कार्यकर्ताहरुले नआउ भने या के भने सोधपुछ भएन । खाली गच्छदार किन आयो ? के गर्छ यो बुढोले ? यसले के जानेको छ, एनआरएनएको बारेमा ? भन्ने आवाज सुनिए ।

एनआरएनए अमेरिकाका निवर्तमान महासचिवले ज्ञवाली नआउनका कारणबारे बताउंदा पनि अहिलेसम्म खाली यो गच्छदार किन आको अमेरिका भन्ने मात्र अहिले पनि लेखीइरहिएका छन ।

कांग्रेसी नेताहरुको बाहुल्यता :
नेपाली कांग्रेसका उप-सभापती तथा अहिले नेकपाको बहुमतको सरकार भन्न सकिने चुनावका एक शक्ती बिजयकुमार गच्छदार, नेकपाका खम्बा बामदेव गौतमलाई हाराउने सांसद संजय गौतम, नेपाली कांग्रेसका बौद्धिक केन्द्रिय सदस्यद्वय गोबिन्द भट्टराई र कल्याण गुरुङ्ग, कांग्रेसको श्वास बचाएका तरुण दलका अध्यक्ष जितजंग बस्नेत, जनसंपर्क समितिका पुर्व संयोजक बिष्णु सुवेदीहरुको उपस्थितिले साधारण सभा कांग्रेसमय भएको भने हो ।

प्रवासी नेपाली मन्चका अध्यक्ष प्रभु थापा, पुर्व अध्यक्ष संजय थापा, एकधारका समर्थक बाला घिमिरे, गोकर्ण दाहाल, तिलक केसी, बिनोद तिवारी वा एबीसीडीहरुको उपस्थिती केवल एनआरएनए अमेरिकाको सदस्य मात्र भएर भएको थिएन । संस्थाको मायाको साथमा राजनैतीक महत्वाकांक्षा हरेक सदस्यलाई जहां पनि हुने गर्दछ । यतत्ते हो, भिषा दियो, भिषा थियो र आए ।

हेर्दा लाग्थ्यो यो नेजसको साधारण सभा नै हो । स्वतन्त्र भएर भन्नुपर्छ, एनएसटी देखी रिजवूड समाज, पशुपती फाउन्डेशनदेखी भर्जिनिया सामुदायिक केन्द्रमा जानेर नजानेर कांग्रेसीहरुकै बाहुल्यता छ । अमेरिकाका कार्यक्रममा कांग्रेसीहरु किन आए, कसरी जिते र के खाए भन्ने सवाल अझै पांच बर्ष निरर्थक छ ।

समावेशी नभएको आरोप :
मेरा अभिन्न मित्र तथा प्रवासी मन्च, अमेरिकाका अध्यक्ष प्रभु थापालाई प्रोटोकल्ली रेस्पेक्टका साथ मन्चमा बोल्न बोलाईयो । इन्डाईरेक्टल्ली ‘ज्ञवाली बस्ने ठाउंमा गच्छदार कसरी भए वा आईसिसी सल्लाहकार तथा एनआरएनए अमेरिकी चुनावका हाइकमान्ड खेलाडी हरिबोल भन्डारी त्यहीं हुंदाहुंदै भवन र कुमार किन आएनन भन्ने उहांको कथन उहांकै पार्टीका शक्तीशाली सदस्य राजदुत डा. अर्जुन कार्कीले हांसी-हांसी सुनिरहेका थिए । उनको आरोप थियो, समाबेशी भएन ।

एनआरएनए अमेरिकाका प्रभावशाली सदस्य संजय थापा वा तिलक केसी जसरी जितेका ६ जना गैर-कांग्रेसी सदस्यहरुले पनि चुनाव जितेको भान अध्यक्ष कमरेड थापालाई भएन । यो कुनै बैमनश्यता पालेर लेखिएको डायरी होइन । भवन र कुमारहरु आएको एनआरएनए कार्यक्रम मात्रै सफल हुने तर सल्लाहकार हरिबोल भन्डारीले आईसिसीको प्रतिनिधित्व नगएको भन्ने आरोप फेसबुके स्टाटस लेख्ने बाहना मात्र हुन । पोहोर भवनले कति नाचे, कति बोतल भांचे भन्ने पनि यही फुला परेका अंखाले देखेकै हुन । कुमार बिचरा अस्ती भर्खर आ’का । चुनावी प्रचारका लागे म्यान्मार पुगे, कति आउन अमेरिका ?

आईसिसीको वेवास्ता ?
एनआरएनए अमेरिकाका निवर्तमान सभापती डा. केशव पौडेल आगामी आईसीसी महासचिवका शक्तिशाली उम्मेदवार हुन । चारबर्षे कार्यकालमा हरेक हन्डरका सामना गरेका डा. पौडेलको जनसंपर्कले उनी महासचिवका शक्तिशाली उम्मेदवारको रुपमा भोली देखिनेछन । अमेरिकाज क्षेत्रका सबैभन्दा ठुला एनआरएनकर्मी तथा आरसी गौरीराज जोशी भोलीका सचिव पदका अर्का शक्तिशाली उम्मेदवार हुन ।

डिआरसी नविन शेरचन आरसीका उम्मेदवार हुन । आईसिसी सदस्य राजन त्रिपाठी र पुराना एनआरएनकर्मी डा. बिनोद शाह पै आरसीका उम्मेदवार हुन । एनआरएनए अमेरिकाका पुर्व उपाध्यक्ष आरसी पोखरेल र वर्तमान आईसिसी सदस्य बेदराज बस्नेत पनि डिआरसीका उम्मेदवार हुन । निवर्तमान उपाध्यक्षद्वय राधा पौडेल र उमा कार्की थापा महिला संयोजक पदकी उम्मेदवार हुन, लेखेर राख्नुहोला ।

एनआरएनमा जिवा लामिछाने र शेष घलेसंग होईन । यो अभियानका परिकल्पनाकार डा. उपेन्द्र महतोसंग कसैसंग सिधा उठबस छ र हुन्छ भने त्यो पात्र हो, एनआरएनए अमेरिकाका नव-निर्वाचित अध्यक्ष सुनील साह । आईसिसीसंग बलियो सम्बन्ध भएका हरिबोल भन्डारी, खगेन्द्र जिसी, बिष्णु सुवेदी, प्रमोद सिटौला, राजनराज त्रिपाठी, हेमराज भट्ट र कृष्णजिवी पन्तका पनि भोली आ-आफ्नै भूमिका हुनेछन ।

अत: भोली एनआरएन चलाऊने, महतो र लामिछानेलाई गलाउने क्षमता राख्ने एनआरएन अमेरिकालाई आईसिसीका पदाधिकारीहरु नपठाएर किन गल्ती वा उपेक्षा गर्‍यो, सोचनीय चाहीं छ ।

नव-निर्वाचित समितिको शपथ :
संख्यात्मक रुपमा काम पत्रकारहरुको उपस्थिती रहेको र आयोजक भएर पनि कम भूमिकामा देखिएको एनआरएनए शिकागो च्याप्टरकै आयोजनामा यो साधारण सभा चाहीं सम्पन्न भैसक्यो । साधारण सभा र शपथ समारोहको एकाबिहानै नेपाली जनसंपर्क समिति, अमेरिकाको अन्तर्कृया कार्यक्रम पनि सम्पन्न भएको यो साधारण सभामा बैधानिक रुपमा एनआरएनए अमेरिकाका नव-निर्वाचित कार्यसमितिले सपथ लिएको छ ।

आफ्नो चारबर्षे कार्यकाल पुरा गर्दै डा. केशव पौडेलको अवधीले आफ्नो विरासत सुनील साहको समितिलाई सुम्पेको छ । बहुतै चुनौतीपूर्ण यो भारी सालीन भरिया साहले कसरी बोक्छ, त्यो भोलीको दिनले देखाउने छ ।

हरिशरणको हरी :
‘कथा कालापानीको’ लिएर अमेरिका छिरेका चर्चित रेडियोकर्मी हरिशरण लामिछाने अमेरिकाको आकाश छोड्ने बित्तिकै ‘यो संस्था राजनैतिक झुन्ड हो’ भन्दै नेपाल झरेका छन । ठुलोवा होईन, हलोले सांधको ढुंगा सारेको बहानामा ठुलोबालाई शत्रु देख्नेहरुलाई मसला बनेको छ, लामिछानेको स्टाटस ।

कथा के भने, आफ्नो सिर्जना प्रदर्शन गराउन लामिछाने अमेरिका आए, धेरै शहरहरु चाहरे । दु:ख गरे बिचरा, दाजुले अमेरिकामा । एनआरएनए अमेरिकाको आठौं साधारण सभाका मिडिया संयोजक आङ्गछिरिङ्ग शेर्पा न्यूयोर्क उड्न होटेलको सटल चढ्दा लामिछाने ग्रेहाउन्ड बस खोज्न उबर खोज्दै थिए । सुका-सुका बच्चाउने प्रयास गरे, दाईले आफ्नो मेहनतले । एनआरएनए अमेरिकाले साधारण सभाको अवधीमा उनको सिर्जना प्रदर्शन गर्ने बाचान दिएको रहेको छ । सधैं ट्याक्क नौ बजेपछी समाचार भन्ने बानी परेका समयको हेक्का भएका उनलाई कार्यक्रमको सुस्तताले शायद नौ घण्टा कुरायो ।

उनको सिर्जना पदर्शन चाँही भयो । तर शायद बिहानको करिब ३ बजे देखाईएको उनको सिर्जनामा उपस्थित मुश्किलले तीन जना थिए होलान । यो भन्दा बढी एनआरएनए अमेरिकासंग कुन हिसाब-किताव वा असन्तुष्टी थियो, कि पात्र हरी जान्लान कि संयोजक राधा !

डा. पौडेलको हातमा बन्दशत्रको माईक :
उद्घाटन कार्यक्रमपछि बिधान संशोधनको चरणमा प्रवेश गरेको साधारण सभामा बिधान संशोधन समितिका संयोजक शिवराज पौडेल संशोधन प्रस्ताव र प्रश्नोत्तरका लागि मन्चमा उक्लिए । स्ववियूको चुनावमा अखिल बोल्नेबित्तिकै नेविसंघ र नेविसंघ बोल्नेबित्तिकै अखिलले हान्ने तयारी गरेजस्तै पुर्व नियोजित तरिकामा तम्तयार केही कार्यकर्ताहरु जुर्मुराए । सहि बिषयका लागि ईमान्दार र भद्र बहसभन्दा शिवराज बोल्नेबित्तिकै ‘यो डा. पौडेलको प्रतिनिधी हो, जे भनेपनि नो’ भन्ने हौवा स्थिती सिर्जना गरिएको थियो ।

करिब नौ बजे सकिनुपर्ने बन्दशत्रपछी सांस्कृतिक कार्यक्रम देखाउन तम्तयार संयोजक टेकराज पौडेलको टोलीका बाल कलाकारहरु बाहिर लखतरान देखिन्थे । भित्र भने शिवराज पौडेलले उठेका प्रश्न र प्रस्तुतीमा फितलो देखिन्थे । कानुनका बिद्धार्थी भद्र शिवराज पौडेलले निहुं खोजेनन । कार्यक्रममा प्रश्नोत्तरको सवाल-जवाफमा कोही महिलाको हातमा माईक पुग्यो । के सोध्या होला भन्ने कौतुहलता भयो । प्रखर ती महिलाले ‘साधारण सभाको यो लम्बेतान नौटंकी के हो ?’ भन्दै सबैको ध्यान तानिन । महिला रहिछन, सांस्कृतिक कार्यक्रमका संयोजक टेकराज पौडेलका समुहकी सहयोगी ।

महिलाको आवेश संगसंगै भिड शिवराज पौडेलको प्रश्नोत्तरको डिस्टर्भमा बित्यो । ‘केही भईदिए हुन्थ्यो’ वा ‘किन बोल्ड नभाकान होला यी पौडेल दाई । यी पौडेल थारा भाका चाँही सबै रामचन्द्र पौडेलजस्तै कुन कि क्याहो’ जस्तो लाग्यो । संयोगले ‘साथीहरु, सभ्यमित हुनुस्, यो सभाले यहाँहरुको हरेक प्रश्नको जवाफ यहाँं हुन्छ’ भन्दै अध्यक्ष डा. पौडेल मन्चमा पुगे ।

एअरएनए अमेरिकाका निवर्तमान महासचिव तथा वर्तमान उपाध्यक्ष बिआर लामा बोल्न कसैको चाकरी नगर्ने अभियान्तामा गनिन्छन । भिड र प्रश्नहरुको चटारो थेग्ने कोशिष गर्दा पनि ‘नियन्त्रण क्षमता’को अभाव देखेर डा. पौडेल मन्चमा छिरे । सांस्कृतिक कार्यक्रम गर्ने अवधी आँफैले घोषणा गरे । टेकराज पौडेलले हुन्छ भने । सांस्कृतिक कार्यक्रम पछी आँफैले संस्थाको बिधानमा उठेका हरेक प्रश्नहरुको जवाफ दिएर सभालाई टुंग्याए ।

शायद डा. पौडेलको यो दोस्रोपटक हो । आँफैले बिधान समितिको सभा सम्हालेको । संसारमा यस्ता कमै घटना हुन्छन कि, जहाँ सभाध्यक्षले भिडको चाहनानुरुप सभा नियन्त्रण गर्न तम्तयार होस् । अत: एउटा अध्यक्ष मन्चमा सभापती बनेर खादा लाउन मात्रै होईन । आफुले अध्यक्षता गरेको सभाको हरेक नियन्त्रणाको भागीदार बनोस, कमान्ड गरोस र भिड नियन्त्रण गरोस ।

प्रवक्ता पदमा अल्झन :
अहिले फकेबूकभरी एनआरएनए अमेरिकाको बिरोधमा लेखिएका भित्ते लेखनहरुले प्रश्रय पाएका छन । आफुले चाहेको पद नपाएपछी अरुका बारेमा गरिने बिषवमन सान्दर्भिक होईन । डा. पौडेल चार बर्ष अध्यक्ष भएपछी मेरा मित्र सुमन वस्तीले भनेजस्तै ‘के काशी जान्छन त ?’ भने जस्तै आईसीसीमा नलडे बिरामीको अप्रेशन मात्रै गर्छन त ? आरसी गौरीराज जोशी सचिव पदमा नलडे भास्टिकाको खात मात्रै पल्टाएर बस्छन त ? हरेक मान्छेलाई आ-आफ्न चाहना हुन्छन ।

त्यसरी नै साधारण सभाका सबै कार्यक्रम सकिएपश्चात भोलीपल्ट सबेरै उठेर कोट पाइन्ट लगाएर लब्बीमा झरेको त, राती नै सकिएका कार्यक्रमहरु नै अन्तिम रहेछन । थारुहरुले आयोजना गरेको बनभोजमा लाग्यौं, हामी । नेपाल तरुण दलका सभापती जितजंग बस्नेतसंगै । खसेको मासु स्वादले खाईयो। आफ्नो भान्छमा कमै मासु पाक्ने अभिन्नतम मित्र शम्भु दुवाडीलाई मिस गरियो । जितजंग दाई भन्दै थिए, ‘भाई शम्भुले कसरी खान्थ्यो होला, यो खसीको मासु । ब्रो आएन !’ शम्भु ब्रोलाई त्यहींबाट फोन गरियो । संयोगले नेजाका नेता निदेश अधिकारी र नेजाका निवर्तमान सभापती भोला आचार्य पनि रहेछन, लाईनमा । शम्भु मांशप्यारको कहानी चल्यो ।

त्यसो त हामी उता छाला लुछ्न लाग्यौं । यता एनआरएनए अमेरिकाको नव-निर्वाचित कार्यसमितिको प्रथम बैठक हुंदैथियो । सबैकुरा साधारण सभाले सकाईसकेको हुनाले त्यो बैठक औपचारिकतामा मात्र थियो भनौं । प्रथम बैठक न हो ।

प्रवक्ता को बने भन्ने ठुलो रेस थियो यसपाली । वर्तमान अध्यक्ष सुनिल साहका चुनावी अभियानका एक हस्ती, नेजसमा सबैभन्दा बढी मत ल्याएर जितेका केन्द्रिय सदस्य एवम तरुण दल अमेरिकाका अध्यक्ष ओम भट्टराई, साधारणसभाका मिडिया संयोजक आङ्गछिरिन्ङ शेर्पा, डा. राजनराज पन्त , निवर्तमान प्रवक्ता विनोद तिवारी, निवर्तमान महिला संयोजक ईन्दिरा त्रिपाठी र तोया दाहाल यो पदका आकांक्षी थिए । बैठकमा बहस चल्यो । बहुमत भएका अध्यक्ष साहले निर्णय गर्न सकेनन । चुनावमा आफुलाई अतुलनीय सहयोग गरेका ओम भट्टराईको नाम उल्लेख गर्न पनि सकेनन, नो भन्न पनि सकेनन ।

साहका चुनावी अभियानका प्रमुख हस्ती सिपी पौडेलको उपस्थितिका कारण पौडेलका सबैभन्दा नजिकका मित्र ओम भट्टराईको नाम प्रवक्ताको रुपमा नलिगे आफ्नो कार्यकालभर दु:ख बिसाउनुभन्दा ‘केही दिनमा सभापतीले निर्णय गर्ने’ भन्दै रोकियो ।

परिस्थितीले एनआरएनए अमेरिकामा शक्तिशाली भनेका सिपी अहिले बिपी बनेका छन । न उनको भनाई काटिन्छ न साटिन्छ । एनआरएनए अमेरिमा उदाएका सिपीका कारण ‘हाईकमान्डका एक नेता’ डा. यादब पन्डितले प्रस्ताव गरेका तोया दाहालको नाम पनि स्विकार्य भएन, बैठकलाई ।

यसले जनाउंछ, अब एनआरएनए अमेरिकामा भनिंदै आएको हाईकमान्डको होइन, सिपी पौडेलको केही चल्नेछ । कसले पाउंथे प्रवक्ता पद भन्ने आफ्नो ठाउंमा होल तर सिपी नभएको भए ओमको नाममा बैठक अडिने होईन : शेर्पा, दाहाल, त्रिपाठी वा तिवेरए हुनेथिए । असका बारेमा पछी लेखुम्ला । तर लफडा यही थियो ।

बालाको खटाई :
एनआरएनए अमेरिकाको आठौं साधारण सभाको कन्भेनर राधा पौडेल भएपनि लाग्थ्यो त्यो सम्मेलनको जिम्मेवारी बाला घिमिरेले लिएका छन । सबैका हृदयका प्यारा घिमिरेको यो सभामा निरन्तर उपस्थितीबारे मैले उनलाई सोधेको थिएं । ‘मेरो पनि संस्था हो, बाबु एनआरएनए । शुक्रबार सबै आगन्तुकहरुलाई भेट्छु । शनिवार साथीहरुसंगैं लन्च लिएर म बाल्टिमोर उड्छु । टिकट लिईसकें ।’ मैले सोचें, वा दाई तिम्रो मन । बाला घिमिरे तिनै मान्छे हुन जसले अस्तित्व सकीईसकेको एएनए, उनले नै स्थापना गरेको आन्मा र अर्को खोई के संस्थालाई मिलाएर प्रथमपटक संयुक्त समेलन गरेका थिए ।

यो लेख्दै गर्दा बाला घिमिरेको नाममा उनको रेस्टुरेन्टमा म:मसंग चार प्याग दारु पिएको ‘तलब’ लेखेक्को सोच्छन, यहाँका धुपौरेहरु । बाला घिमिरे कस्तो पात्र हुन त्यो नेका केस कल्याण गुरुङ्गलाई सोध । गोबिन्द भट्टराई, जितजंग बस्नेत र टीका चौधरीलाई सिध । जो बालाको राजनैतीक आस्थाको बिपरित ध्रुवको प्रतिनिधित्व गर्छन् । उमा कार्की थापा र डा. केशव पौडेललाई सोध । गौरीराज जोशीलाई सोध अनी हरिबोल भन्डारीलाई सोध । नपत्याए बासु फुलारालाई सोध ।

शुक्रवार राती दारु खान पुनुपर्ने म सकिन, हाजातले आजात-आजित बनाएर । शिकागो पुगेपछी बालादाईलाई त भेट्न पाए हुन्थ्यो । बुढा फेरी सवेरै बाल्टिमोर जाने भन्याछन भनेर म धुईपत्ता लगाएर खोज्न थालें । प्रिय ब्रदर शिव मल्ललाई सोधें ‘ बाला दाईलाई देख्नुभो ?’ तनहुंको त्यो मझौला हात देखाउंदै मल्ल भाईले भने ‘हेर्नुन तपाईंका बाला दाई ।’ ‘हो नि त मेरै हो बाला दाई, बुढा’ मैले उत्तर दिए शिवजीलाई । दाई राजदुतलाई फुलका गुच्छाले स्वागत गर्दै थिए, साथमा पाहुनालाई ।

गाडीभरी फुलका गुच्छा । को कति बेला आउंको तालिका । कसलाई प्यार दिनपर्छको सद्भाव । एनआरएने अमेरिकाको आठौं साधारण सभाका सभापती डा. पौडेल, आरसी जोशी र कन्भेनर पौडेललाई सोध्नु, कोही खटेको थियो अशिम प्यार्ले भने, त्यो नाम हो, बाला घिमिरे । को कन्भेनर वा को को-कन्भेनर सब छायांमा, सब बालाको मायामा ।

भर्खरै चुनाव हारेर पनि आफ्नो आस्थाको संस्थाले आँफै संयोजक भएर पहिले गरेको कार्यक्रममा नगई काटेको टिकट स्थगन गरेर एनआरएनए अमेरिका संस्थाको लाड्प्यारमा स्खलित हुने बाला घिमिरेको खटाईबारे के भनौं ?

भात बांडिरहेका थिए । मटन थपिरहेका थिए । पाहुना बिदाई गरिरहेका थिए । त्यसै दिन आउनेलाई नमस्कार होईन फुलका गुच्छा दिईरहेका थिए, बाला । वा बाला ! वा बाला दाई !

अतिथी सत्कारमा गत बर्ष सान्-फ्रान्सिस्कोको सम्मेलन भब्य थियो । खादा पाएर होईन , शैलीको कुरा । तर यसपटक सिर्फ बाला खटे । अरु को-कन्भेनरहरुलाई थाहै छैन, को आए, को गए ।

ह्यारी भन्डारीका चर्का कुरा :
आफुलाई सेक्रेट सर्भिसले आफ्नो सुरक्षाको वाच गर्ने बताउंने ह्यारी भन्डारीले वक्ताको रुपमा करिब २५ मिनेट समय लिए । आजित भएर वा भर्खरै सुनेर हो प्रमुख अतिथी गच्छ्दारले हरी उर्फ ह्यारी भन्डारीलाई वाक्यैपिच्छे डा. भन्डारी भने । नेपाली राजनीतिमा खिस्याउन जाने नेता मध्यका एक गच्छदारले किन ह्यारीलाई डा. भने उनी नै जानुन तर ऐतिहासिक सफलता हासिल गरेपनि ‘मै हुँं’ भन्ने ह्यारीको भाषण शैलीलाई केहीले ताले पड्काए । तर एउटा शुभचिन्तक (लाउन त पत्रकारको बिल्ला लगाएको थिएं) को नाताले जुन आवेगमा भन्डारीले भाषण गर्छन्, त्यसलाई सुधार्न सहभागीहरुको आवाज मैले उल्लेख गर्ने साहस गरें ।

सम्भन्धले मेरा अत्यन्तै नजिक माननीय मिस्टर भन्डारीले आफ्नो कार्यब्यस्तता जनाउने शैली तर दुई चार दिन त्यतै बरालिने ‘सेक्रेट सर्भिसका वाचिङ्ग पर्सन’ तरिका सबैजसो मैले पनि पचाईन । तपाईं ईतिहास हो । तेन्जिङ्ग नोर्गेको रेकर्ड तोड्ने धेरै शेर्पाहरुको नाम उनको भन्दा बढी लिईन्छ । तर पथप्रदर्शक नोर्गे नै हो । तपाईं नोर्गे बन्नुस ह्यारीजी । सिर्फ रेकर्डधारी होईन । हामी तपाईं कमसेकम उप-राष्ट्रपती भएको देख्न चाहन्छौं ।

अन्तमा :
यो डायरी हो । शायरी होईन । एनआरएनए अमेरिकाको पहिलो बैठकमै लेखिएको ‘नोट अफ डिसेन्ट’, बच्चाहरुले पाएको दु:ख, टास्क फोर्सहरुको गठन, सद्भावको अभाव, सुमन वस्ती, गोबिन्द श्रेष्ठ, ललन डिसी, सत्य चौधरी र मिन दर्लामी, लालप्रसाद काफ्ले  र सुरेन्द्र चौधरीहरुका खटाईको सम्मान खदा ओढाएर वा केही गरेर नव-निर्वाचित अध्यक्ष सुनील साहको समुहले गर्ला । हामीले त भात खायौं, देख्या लेख्यौं । भाते भन्नुस् वा चाकरी, कुरा यिनै हुन ।

अस्तु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *