२०८१ वैशाख ८ गते | 20th of April 2024

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को कार्यवाहक अध्यक्षमा न्यौपाने

खुल्लामन्च
 प्रकाशित: २०७६ असार ३१ गते २१:५४

अमेरिका – नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आइतबार बसेको बैठकले कार्यवाहक अध्यक्षमा विकास राज न्यौपानेलाई सर्वसम्मत रुपमा चयन गरेको छ । नेजाका अध्यक्ष सुदीप पन्तले घरायसी तथा पारिवारिक कारण दर्शाउँदै शुक्रबार दिनुभएको राजिनामालाई स्विकृत गर्दै बैठकले वरिष्ठ उपाध्यक्ष न्यौपानेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ । नेजाको विधानको धारा ५.१.३ बमोजिम उपाध्यक्ष न्यौपानेलाई बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । बैठकले एक वर्षको अवधिमा पु¥याएको योगदानको लागि पन्तलाई धन्यवाद ज्ञापन पनि गरेको छ ।

सन् २०१८ को जुलाईमा वासिङटन राज्यको सियाटलमा भएको नेजाको १२ औं साधारण सभाले पन्तको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो । नेजाको बैठकले संस्थाको गतिविधिमा कुनै पनि प्रकारको अवरोध नआउने र अझै तीब्र रुपमा गतिविधि अघि बढाउने विषयमा समेत छलफल भएको थियो । बैठकमा नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल लगायत सल्लाहकारहरु तारा बराल, आङछिरिङ शेर्पा, गौतम दाहाल र भोला आचार्यको समेत उपस्थिती थियो । अमेरिका र क्यानडामा रहेका नेपालीमुलका पत्रकारहरुको साझा संस्था नेजा सन् २००७ मा स्थापना भएको हो । यसले अमेरिका र क्यानडामा रहेका नेपाली समुदायको आवाजलाई संसारभरिका नेपाली माझ पुर्याउनुका साथै सामुदायिक गतिविधिमा समेत सकृय सहयोग गर्दै आएको छ । बैठकले न्यौपानेको नेतृत्वमा संस्थालाई अझै उचाईमा लैजाने प्रतिवद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *