1

डालसमा बालबालिकाहरुका लागि आध्यात्मिक शिविर शुरु

38 पटक पढिएको

डालास – नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र ( एनसीएससी ) र नेपाली समाज टेक्सस को संयुक्त आयोजनामा हिजो, सोमबार, देखि नेपाली बालबालिकाका लागी आध्यात्मिक शिविर सुरु भएको छ। बालबालिकाका लागि अध्यात्म, नेपाली संस्कार, संस्कृति, सभ्यता, मूल्य मान्यताका साथै सनातन धर्म र पूर्वीय दर्शनका बारेमा जानकारी गराउने एवं नेपालसँग परिचित गराउने उद्देश्यले आयोजित आध्यात्मिक तथा सॉंस्कृतिक शिविरमा उत्साहजनक सहभागिता रहेको आयोजकहरूले बताएका छन्। ९ दिन सम्म सञ्चालन हुने उक्त शिविरमा हाल सम्म १ सय पचास बालबालिका भर्ना भएका छन् ।

शिविर सञ्चालनका लागी आयोजकहरूले नेपाल बाट नै हिन्दु धर्म तथा आध्यात्मकाबारेमा गहिरो अध्यन भएका र नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा बालबालिकाहरूलाई प्रशिक्षण दिन सक्ने क्षमता भएका गुरु डाक्टर चिन्तामणि योगीलाई ल्याइएको छ। डालसमा विगत १० वर्ष देखि आध्यात्मिक शिविर सञ्चालन गर्दै आएका डाक्टर योगी विश्वका विभिन्न मुलुकहरूमा आध्यात्मिक शिविर, प्रवचन तथा प्रशिक्षण दिने गरेका छन्।

तपाईको प्रतिक्रिया

डालस - चाडपर्व र तिथि उल्लेख भएका नेपालको पात्रो अमेरिकाको लागि उपयुक्त र सही नभएको धारणा.. ...

- बिपिन निरौला/लण्डन  करिब १४ हजार सदस्य मतदाता संख्या बनाएर विश्वकै ठुलो राष्ट्रिय समिति.. ...

विजय थापा/ न्यूयोर्क - गत अगस्त १७ शनिबारका दिन बिश्व कै सम्राट राज्य न्युयोर्कमा पहिलो पटक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...